माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
काठमाडाैं | चैत २२, २०८०
सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसका युवा नेताहरू वारपारकै लडाईंमा लागेका छन् ।
देशभरका शहरमा सर्वसाधारणले बचत गरेको अर्बौं रकम ठगिएकोमा करोडभन्दा बढी रकम हिनामिनामा लामिछाने पनि जोडिएको भन्दै उनीमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललगायत वारपारकै लडाईंमा उत्रिएका हुन् ।
सहकारी ठगीविरुद्ध छानबिन समिति गठनको माग पार्टीले संस्थागत रूपमै गरिसकेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नै संसदीय छानबिन समिति गठनको विषयलाई संस्थागत रूपमा उठाएका थिए । तर, पनि संस्थापनका नेताहरू समिति गठनको मागमा केही लचक हुने कि भन्नेतिर पुग्दा गगन, विश्व र प्रदीपहरूले यो विषयलाई थप सशक्त बनाउँदै लगेका छन् ।
कतिपय राजनीतिक विषय र इस्युमा यी तीन नेताबीच समान मत बनेको छैन । तर सर्वसाधारणले आफ्नो गाँस कटाएर जम्मा गरेको बचत ठगी भएको भन्दै निष्पक्ष छानबिनको विषयमा भने उनीहरू एकै ठाउँमा उभिएका हुन् । यसअघि नै गगन र प्रदीपले सहकारीको सदस्य नभएका रविले करोडभन्दा बढी रकम लिनु कानूनविपरीत भएको बताउँदै आएका थिए । थापाले केही दिनअगाडि चर्चित र लोकप्रिय भनेर रविलाई उन्मुक्ति दिइए खर्बौं रुपैयाँ छाड्नुपर्ने चिन्ता व्यक्त गरेका थिए ।
‘करोड रुपैयाँ हो भैहाल्यो, ठूलो मान्छे हो, यसलाई छाड्दिऊँ भन्ने हो भने करोड होइन, अरब होइन, खरब छाड्नुपर्छ,’ गगनले संसद्मा भनेका थिए ।
त्यसपछि लामिछानेले गगनकै क्षेत्र काठमाडौं ४ मा बहस गर्न तयार रहेको खुला चुनौती दिए ।
'आफूमाथि लागेको आरोपका विषयमा छानबिनका लागि तयार छु' भन्नुको साटो सामाजिक सञ्जालमा लेखेर सर्वसाधारणलाई उराल्ने काम गरेको भन्दै कांग्रेसका युवा नेताहरू झन् आक्रोशित बन्न पुगेका हुन् ।
रविविरुद्ध विश्वप्रकाश शर्माले बुधबार प्रतिनिधिसभा बैठकमा झन् आक्रामक अभिव्यक्ति दिए ।
‘पुराना दलको कुनै नेताले आरोप लाग्दा यस्तो चुनौती दिएका थिएनन्, उहाँ (रवि)ले बहस गर्ने ठाउँ खोज्नुभएको छ,’ शर्माले भने, ‘सिंहदरबारभित्र बन्ने संसदीय छानबिन समितिको कार्यालयमा बहस गर्न आउनुस् ।’
रवि र जीबीमाथि ‘युनिटीका सम्बन्धमा भएको फैसलाको नजिर र कानून आकर्षित हुने समेत शर्माले बताएका छन् । गोरखा मिडिया नेटवर्कमा जीबीपछि रवि दोस्रो जिम्मेवारीमा रहँदा ५ वटा शहरका ५० हजार सर्वसाधारणको ८० करोड लगानी भएको र यो अपचलन भएको विषयमा गम्भीर अनुसन्धान हुनुपर्ने उनले बताए ।
‘सहकारी ठगी प्रकरणमा रवि लामिछाने जोडिएको विषयमा संसदीय छानबिन समितिको माग कांग्रेसले एकमतले गरेको हो । रमेश लेखकले संसदीय दलको चिफ ह्वीपका रूपमा यो कुरालाई संस्थागतरूपमै उठाउनुभएको हो,’ राजनीतिक विश्लेषक शंकर तिवारीले लोकान्तरसँग भने, ‘पार्टीले विषय प्रवेश गराएपछि यही क्रममा गगन, विश्व, प्रदीपहरू बोलेका छन्, यसमा संस्थापन र अरूको एउटै लाइन छ ।’
पार्टी ब्याक हुने भए विश्वप्रकाशको बुधबारको अभिव्यक्ति आउँदैनथ्यो भन्ने उनको तर्क छ ।
‘हिजो विश्वप्रकाशजीले छानबिन समितिका लागि अल्टिमेटम दिनुले कांग्रेस समिति गठनको मागमा एकढिक्का छ भन्ने देखाउँछ,’ तिवारी भन्छन्, ‘भ्रष्टाचार भनेको गुटको कुरा होइन, यो त नागरिक ठगिएको देशकै महत्त्वपूर्ण मुद्दा हो ।’
शर्माले कुनै प्रमाण नै नभएको ७० करोड टेलिफोन संवादपछि गोकुल बाँस्कोटाले राजीनामा दिएको प्रसंग बुधबार संसद् बैठकमा प्रस्तुत गरेका थिए ।
‘प्रश्न ८० करोड रुपैयाँ गोरखा मिडियामा गएको रकमको हो । ८० करोडभन्दा कसैले ७० करोड सम्झेको होला । ७० करोड त केवल कसैले टेलिफोनमा बोल्दै गर्दा आएको कुरा थियो, डकुमेन्टमा थिएन, दर्ता थिएन, प्रमाण थिएन, फोनमा बोलेको आधारमा राजीनामा गर्ने मन्त्रीजी सांसद यहीँ बसिरहनुभएको छ’, महामन्त्री शर्माले भने, ‘म राजीनामा माग्न उभिएको छैन । ८० करोड र तत्कालीन ७० करोडबीचको हिसाब देश दुनियाँले खोज्नुपर्छ कि पर्दैन ? ८० करोडका सन्दर्भमा राजीनामा होइन, संसदीय छानबिनको माग गर्न चाहन्छु ।’
रास्वपाका केही नेताले दुईपटक जितेका रविलाई यस्तो आरोप लगाउने भनेर दिएको अभिव्यक्ति हास्यास्पद रहेको तिवारी बताउँछन् ।
‘संसदीय व्यवस्थामा स्वार्थको द्वन्द्व बाझिने विषय आउनेबित्तिकै विगतका संसदीय समितिका नजिर पनि हेर्नुपर्छ । नयाँ राजनीतिमा विश्वास जगाउँछु भन्ने रवि लामिछानेहरूका लागि त यो झन् बढी जरुरी छ,’ तिवारी भन्छन्, ‘५० हजार नागरिकको अर्बौं रुपैयाँ ठगिएको विषय सामान्य होइन । कोही व्यक्ति पारदर्शी छ भने जस्तोसुकै समिति गठन गरे पनि आत्तिनुपर्दैन । कांग्रेसले रविलाई थप चोखिने अवसर दिएको हो । रविले यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’
गगन, विश्व र प्रदीप मात्रै होइन, शून्य र विशेष समयमा बोल्ने अधिकांश कांग्रेस सांसदले पार्टीको संस्थागत पहलमा उठाएको संसदीय छानबिन समितिको मागलाई इस्यु बनाएका छन् । पार्टीले उठाएको इस्युमा महामन्त्रीहरूले पछि नहट्ने अडान लिएपछि सभापति देउवालाई उनीहरूको बग रोक्न कठिन हुने देखिएको छ ।
कांग्रेस ब्याक हुन्छ कि भन्ने भएरै महामन्त्री शर्माले बुधबार पार्टीको लाइन संसद्मा बोलेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दाबी गरे । ‘महामन्त्रीहरूको वेग रोकिँदैन भन्ने उहाँहरूको निरन्तरको अभिव्यक्ति र अडानले पनि देखाउँछन् । यो मागमा सबै समूहका सांसद खरो उत्रिनुभएको छ,’ उनी भन्छन्, ‘संसदीय व्यवस्थामा पार्टीले समय दिएर महामन्त्रीलाई बोल्न लगाउँछ भने यही आधिकारिक लाइन हो । यसैले अब ब्याक हुँदा पार्टीलाई क्षति हुन्छ ।’
कांग्रेस सांसद उदयशमशेर राणा सहकारी ठगीमा स्वार्थ बाझिने गरी गृहमन्त्री भएका रवि लामिछानेविरुद्ध बोल्ने तर संसद् नै अवरुद्ध नगर्ने पार्टी नीति भएको बताउँछन् ।
‘संसदीय छानबिन समितिको विषय उठाउँदै संसद् बैठक नै रोक्दा गलत म्यासेज जाने भयो । पार्टी निकटका बुद्धिजीवीहरूले पनि संसद् अवरुद्ध नगर्न सुझाव दिनुभएको छ,’ राणा भन्छन्, ‘बरु हामी प्रत्येकपल्ट कुरा उठाउने र गृहमन्त्रीलाई संसद्मा बोल्न नदिने रणनीतिमा छौं । यसको मतलब छानबिन समितिको मागबाट पछाडि फर्किने मान्यता होइन ।’
तर, रविले रिसइवी साँधेर दुःख दिनसक्ने भन्दै केही नेताले छानबिन समितिको अडानबाट कांग्रेस ब्याक हुनुपर्ने सुझाव पनि देउवालाई दिइरहेका कांग्रेसकै नेताहरू बताउँछन् ।
पछिल्लो समय रविको रास्वपाले आक्रामक जनसमर्थन बटुलेपछि गगन र रविलाई प्रतिस्पर्धी मान्ने पनि छन् । तर, तिवारी यो विषयलाई ठाडै नकार्छन् ।
‘यो रवि र गगनको प्रतिस्पर्धाको विषय होइन, सहकारीपीडित ठगिएको विषय हो,’ तिवारी भन्छन्, ‘नागरिक र संसद्मा उठेका प्रश्नको जवाफ जोसुकैले पनि रीतपूर्वक दिनुपर्छ । कानूनको शासन र राज्यको सम्प्रभुता स्थापित गर्ने विषय सामान्य होइन ।’
कांग्रेसका एक केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा निवर्तमान मन्त्रीहरूले छानबिन समिति गठनको मागका विषयमा नबोल्दा केही संशय भए पनि पार्टी अब पछाडि फर्किन सक्ने अवस्थामा नरहेको बताउँछन् ।
‘सभापति, उपसभापतिहरू र निवर्तमान मन्त्रीहरूले छानबिन समितिको विषयमा नबोल्दा केही संशय अवश्य देखियो । यही बेला राज्यव्यवस्था समितिमा रवि लामिछानेलाई बोलाएर कुरा राख्न दिनुले पनि केही सन्देह उत्पन्न गराएकै हो,’ केन्द्रीय सदस्य भन्छन्, ‘तर, प्रतिपक्षी पार्टीका महामन्त्रीले निरन्तर बोल्नुभएको, संसद्मा सांसदहरूले निरन्तर सहकारी ठगीको विषयमा बोल्नुभएकाले अब पार्टी ब्याक हुने होइन, झन् आक्रामक रूपमा प्रस्तुत हुने आधार बनेको छ ।’
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...