माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
काठमाडाैं | चैत २३, २०८०
पार्टीमा सभापति शेरबहादुर देउवाको बलियो पकड भए पनि २१ फागुनमा गठबन्धन टुटेयता नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला थप सक्रिय भएका छन् ।
यसअघि कोशीमा एमालेसँग मिलेर केदार कार्कीलाई मुख्यमन्त्री बनाउँदा शेखरले जोखिम लिएरै विद्रोही भूमिका निभाएका थिए । फेरि पनि आफ्नो राजनीतिक स्पेस खोजी गर्नका लागि शेखरले सम्भव हुने सबै विकल्पमा सक्रियता अगाडि बढाइरहेको उनी निकट स्रोत बताउँछ ।
शेखर १५ औं महाधिवेशनमा सभापतिको दाबेदारीलाई बलियो पार्न चाहन्छन् । यसैले सभापति रक्षात्मक भएको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नेदेखि संसदीय दलको नेता बन्न प्रयास गर्नेसम्मको योजनामा उनी देखिन्छन् ।
देउवालाई काउन्टर दिनेगरी १४ औं महाधिवेशनदेखि नै समूहका नेता बन्दै आएका शेखरले पछिल्लो समय एमाले अध्यक्षसँग संवाद गरिरहेका छन् ।
कांग्रेस सत्ताबाट बाहिरिनेबित्तिकैदेखि राजनीतिक स्थायित्वका लागि भन्दै शेखरले दुई ठूला दल कांग्रेस र एमाले मिल्नुपर्ने तर्क गर्दै आएका छन् ।
‘संविधान संशोधनबाट संवैधानिक जटिलता परिमार्जन नगरेसम्म नेपालमा स्थायी सरकार नबन्ने भयो । सधैँ राजनीतिभित्रै अल्झनुपर्ने भयो, विकास निर्माण नहुने भयो भन्ने शेखर दाइको प्रस्टै कुरा छ,’ शेखरका स्वकीय सचिव दिनेश थपलियाले लोकान्तरसँग भने, ‘यसैले कांग्रेस र एमाले मिलेर संविधान संशोधन र मुलुकलाई स्थायित्व दिनुपर्छ भनेर दाइले एमालेसँग संवाद गरिरहनुभएको छ । प्रत्यक्षभन्दा पनि विभिन्न सूत्रमार्फत यसबारे कुराकानी भइरहेको बुझेका छौं । आवश्यक पर्दा भेट पनि हुन्छ ।’
राजनीतिक स्थायित्वको कुरा गर्ने, यो प्रयत्नमा आफूलाई केन्द्रमा राख्ने र सम्भव भए आफू हावी हुँदै जाने रणनीतिमा शेखर छन् । यता पुरानो प्रतिस्पर्धी कांग्रेसमा विग्रहको पर्खाइमा ओली छन् ।
यसैले शेखर आफैं संवाद गर्न आउँदा कोशीमा जस्तैगरी कांग्रेसलाई विग्रहतिर लैजान सकिन्छ कि भनेर ओलीले मौका हेरिरहेको नेताहरू बताउँछन् ।
एमाले र माओवादीबीचको समीकरणमा खटपट आउन सक्ने आकलनका साथ संसदीय दलको नेताका लागि संख्या पुर्याउन शेखरले गृहकार्य गर्दै आएका छन् ।
‘संसदीय दलको नेता परिवर्तन हल्ला गरेर मात्र हुँदैन । अहिलेसम्म हाम्रो संख्या पुगेको छैन । तर, हामी संख्या पुर्याउने गृहकार्यबाट पछाडि हटेका छैनौं,’ शेखर समूहका एक नेता भन्छन्, ‘गठबन्धन टुटेपछि एमालेसँग पनि संवाद गर्ने र दलको नेताको लागि संख्या पुर्याउन प्रयत्न गरिरहने तयारी छ ।’
गत मंसिरको अन्तिम साता शेखरले समूहको भेला डाकेका थिए । शेखरसँग लामो समयदेखि असन्तुष्ट बन्दै आए पनि महामन्त्री गगन आफैंले कोइरालालाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए ।
‘संसदीय दलको चुनावमा कसले भोट हाले/हालेनन् भनेर समीक्षा गर्दै जाउँला । यो अर्कै पाटो भयो । तर, हामी १५ औं महाधिवेशन सयममै अर्थात् २०८२ भित्रै गर्ने हो भने संसदीय दलको नेता परिवर्तन गर्न आवश्यक छ,’ गगनले भेलामा भनेका थिए, ‘यसैले शेखर कोइरालालाई संसदीय दलको नेता बनाउने गरी लागौं । दलको नेता परिवर्तन गरेर नयाँ प्रधानमन्त्री बनाउन सकिएमात्रै २०८२ सालमा १५ औं महाधिवेशन सुनिश्चित हुन्छ । नत्र सभापतिले ८४ वैशाखमा पनि महाधिवेशन गर्नु हुँदैन ।’
थापाको यो अभिव्यक्ति आफूलाई थप सहज भएको शेखरको ठम्याइ छ । महाधिवेशनपछि उतारचढावपूर्ण सम्बन्धमा रहँदै आएका थापाले यस्तो भनेपछि शेखर झन् दलको नेताको लागि गृहकार्यमा जुटेकोहरू बताउँछन्, किनकि निकै प्रयत्नपछि मात्रै गगन पनि सहभागी भएर समूहको भेला गर्ने स्थितिसम्म उनीहरू पुगेका थिए । यसैले दलको नेता परिवर्तनका लागि गगनको समेत साथ र सहयोग हुने निष्कर्ष यो समूहको छ ।
शेखर समूहका नेता डा. गोविन्दराज पोखरेल शेखर र गगनले योजना बनाउँदा दलको नेता परिवर्तन गर्न असम्भव नरहेको बताउँछन् ।
‘पहाडमा टोपी लगाउने र तराईमा धोती लगाउने सबैले अब कांग्रेसमा नेतृत्व परिवर्तन चाहेका छन् । यसैले पार्टीको नेतृत्व परिवर्तन नगरी अब कांग्रेस र देश बलियो बन्दैन,’ पोखरेलले लोकान्तरसँग भने, ‘पारिवारिक विरासतमा विश्वास नगर्ने, गुटबन्दी नगर्ने, पुरानो नयाँ पुस्तालाई जोड्न सक्ने भएकाले एकपटक शेखर कोइराला र त्यसपछि गगन थापाको पुस्तामा पार्टी नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ । उहाँहरू दुईजनाले योजना बनाउँदा दलको नेता परिवर्तन सम्भव छ ।’
सभापति देउवा पटकपटक परीक्षण भइसकेको भन्दै पोखरेलले अब सहमतिमा शेखरलाई दलको नेता बनाउँदा उपयुक्त हुने बताए ।
‘सभापतिले पटक–पटक अवसर पाएकाले उहाँको अब परीक्षण हुन केही बाँकी छैन । यसैले शेखरलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बनाएर जानुपर्छ’, पोखरेल भन्छन्, ‘नभए संसदीय प्रक्रियाअनुसार दलको नेता परिवर्तन गर्नुपर्छ ।’
कांग्रेसले दलको नेता परिवर्तन गर्दा सरकारको नेतृत्वमा पनि दाबी पुग्ने उनी बताउँछन् ।
‘कांग्रेसले शेखरलाई दलको नेता बनाउने हो भने सरकारको नेतृत्वका लागि पनि हाम्रो दाबेदारी बढ्छ’, पोखरेल भन्छन्, ‘होइन यो तत्काल सम्भव छैन भने पनि अब कांग्रेस र एमालेको सरकार वा कांग्रेसको नेतृत्वमा प्रजातान्त्रिक दलको सरकार गठन गर्नुपर्छ ।’
यस्तो छ अंकगणित
२०७९ को चुनावपछि अघिल्लो वर्षको पुस ६ गते भएको संसदीय दलको चुनावमा देउवाले गगनलाई सहजै पराजित गरेका थिए ।
८९ सांसदमा देउवाले ६४ र गगनले २५ जनाको मत पाएका थिए । शेखर समूहका सांसद ३२ देखि ३४ जना रहे पनि तीमध्ये केहीले गगनलाई भोट दिएनन् ।
अहिले ८८ सांसद रहेको कांग्रेसमा ४५ सांसदको संख्या कटाएमात्रै बहुमत पुग्छ । शेखर समूहमा ३३ जना सांसद रहेको मान्दा पनि अझै १२ सांसदको संख्या जुटाउन सके मात्रै शेखर वा यो समूहको अर्को नेता संसदीय दलको नेता बन्न सक्छन् ।
शेखरको आँखा खाँणतिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो बचाउमा नउत्रिएको भन्दै बालकृष्ण खाँण सभापति देउवासँग असन्तुष्ट रहँदै आएका छन् ।
उनले खुलेर देउवाविरुद्ध आक्रोश व्यक्त गरेका छैनन्, तर बचाउन सक्ने स्थिति हुँदा पनि मुद्दा लगाइएको भन्दै खाँण देउवासँग असन्तुष्ट देखिन्छन् । यसैले केही सांसदलाई प्रभावित पार्न सक्ने खाँणलाई विश्वासमा लिन शेखर लागिपरेको उनीनिकट स्रोत बताउँछ ।
खाँण जेलमा बसेका बेला पटक–पटक भेट्न जाने मात्रै होइन, उनको गृहजिल्ला रूपन्देहीका धेरै कार्यक्रममा शेखरले सक्रियतापूर्वक भाग लिँदै आएका छन् ।
‘एउटै पार्टी भएपछि नेतासँग कुराकानी हुनु नौलो विषय रहेन । बालकृष्ण खाँणसँग शेखर दाइको भेट भइरहेको छ,’ शेखरनिकट स्रोतले भन्यो, ‘संसदीय दलमा बहुमत पुर्याउने प्रयत्नमा भइरहेको नियमित भेटमा कुराकानी राम्रै भइरहेको छ ।’
देउवालाई दलको नेतामा हराउन आवश्यक हुनेमध्ये कम्तीमा १० मत खाँणसँग रहेको बुझाइ शेखरको देखिन्छ । खाँणलाई विश्वासमा लिन सक्दा उनीनिकटका रामहरि खतिवडा, उदयशमशेर राणा, मञ्जु खाँण, रुपा विक, शान्ति विक, दिनेश यादव, कान्तिका सेजुवाल लगायतलाई आफ्नो पक्षमा पार्न सक्ने हिसाब शेखर समूहको देखिन्छ ।
अहिले देउवातिर रहेका यी सांसदलाई तान्न सके संसदीय दलको नेतामा सहजै जित्न सकिने ठम्याइ शेखरको रहेको नेताहरू बताउँछन् । दलको नेता परिर्वतन हुने स्थितिमा संस्थापनका अझै धेरै नेता तान्न सकिने पनि सो समूहको दाबी छ । खाँण र उनीपक्षीय नेतालाई आफूतिर तान्न सके १५ औं महाधिवेशनमा सभापतिमा पुनः दाबेदारी बलियो हुने विश्वासमा समेत शेखर देखिन्छन् ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...