×

NMB BANK
NIC ASIA

पैसा दिएरै हाम्रो पछाडि मान्छे खटाइयो : श्रममन्त्री अर्याल

काठमाडाैं | चैत २४, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पैसा दिएर रास्वपा र यसका नेताका पछाडि कर्मचारी खटाइएको दाबी गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले पैसा खर्च गरेर रास्वपाको पछाडि मान्छे लगाइएको दाबी गरेका हुन् । 

Muktinath Bank

‘हाम्रो निलो झण्डा हेरिन्छ अनि हाम्रो पछाडि लगाइन्छ । तर हाम्रोबारे अध्ययन गरिँदैन । रकम दिएर र कर्मचारी बनाएर हाम्रोपछि लाग्न लगाइएको छ । उहाँहरूलाई विनम्रतापूर्वक अनुरोध छ, तपाईंहरूको जिन्दगी बर्बाद पार्न तपाईंहरूलाई किनिएको छ, नकिनिुसुस्’ उनले भने, ‘यो देश बनाउने तपाईं र हामीले हो । जसले तपाईंहरूलाई किनेको छ, हाम्रो पछाडि लाग्नलाई पैसा दिएर हाम्रो पछाडि लगाएका छन् तिनीहरूले यो देश चुसिसके । त्यसकारण हामीहरू आएका हौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछाडि लगाउनुको सट्टा सिधा आएर भेट्न पनि उनले चुनौती दिए । ‘हाम्रो पछाडि लाग्नुभन्दा अगाडि एकपटक हामीलाई भेट्नुस् न । हामीलाई सोध्नुस् न । हामीले गल्ती गरेका छौं कि छैनौं एकपटक बुझ्दिनुस् न । किनकी तपाईंहरूको जीवनप्रति पनि हामीलाई चिन्ता छ ’ उनले भने, ‘जसलाई रकमै दिएर हाम्रो पछाडि लगाइएको छ उनीहरूलाई तपाईंप्रति चिन्ता छैन । उनीहरूलाई आफूप्रति, आफ्नो राजनीतिक जीवनप्रति चिन्ता छ । आफ्नो कुर्सीप्रति चिन्ता छ । तपाईंको परिवारप्रति चिन्ता छैन । तपाईंको आफन्त आज विदेशमा मरिरहेको छ तर, उनीहरूप्रति चिन्ता छैन । बा र आमाले उपचार नपाउँदा पनि त्यसको चिन्ता छैन ।’


Advertisment
Nabil box
Kumari

वास्तविकता नबुझी भुलभुलैयमा दुई/चार पैसा दिएर पछाडि लगाइएको उनको दाबी छ । ‘तपाईंहरूलाई भूलभुलैयामा पारिएको छ । दुई/चार पैसा दिएर यिनीहरूको पछि लाग, यिनीहरूको संलग्नता छ सोध, बुझ भनेर मेरो घरमा, मेरो व्यवसायमा पठाइएको छ’ उनले भनेका छन्, ‘म राजनीतिमा लागेका दुई वर्ष मात्र मात्रै भयो । त्योभन्दा अगाडि पनि मेरो जीवन थियो ।’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x