×

NMB BANK
NIC ASIA

बाँध फुटेपछि रुसमा चार हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियो

काठमाडाैं | चैत २४, २०८०

NTC
Premier Steels

रुसले कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि आएको बाढीका कारण ओरेनबर्ग क्षेत्रबाट चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको शनिबार बताएको छ । 

Muktinath Bank

कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन् । ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुसले सन् २०१४ मा निर्माण गरिएको बाँध फुट्नुमा ‘लापरवाही र निर्माण सुरक्षा नियमहरूको उल्लङ्घन’ का लागि आपराधिक मामिला खोलेको छ । ओरेनबर्ग क्षेत्रीय गभर्नर डेनिस पास्लरले विशेषज्ञहरूले बाँध ‘अलग अलग वजनका लागि’ बनाइएको र वर्षाको स्तर ‘असाधारण’ रहेको आकलन गरेको बताए । 


Advertisment
Nabil box
Kumari

अधिकारीहरूले ओरेनबर्गमा युराल नदीमा खतरनाक जलस्तरको चेतावनी दिँदै सम्पूर्ण क्षेत्रमा स्थिति कठिन भएको बताएका छन् । पाँच लाख जनसङ्ख्या भएको सहरका मेयर सर्गेई सालमिनले बाढीग्रस्त क्षेत्रबाट निकाल्ने आदेशलाई अस्वीकार गर्ने मानिसलाई अधिकारीहरूले जबरजस्ती बाहिर निकाल्ने बताए ।  

Vianet communication

उनले युराल नदीको जलस्तर आठ सय ५५ सेन्टिमिटरसम्म बढेको र अझ बढ्ने बताए । उनका अनुसार सहरका धेरै जिल्ला र वरपरका गाउँहरू प्रभावित हुने सम्भावना छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x