×

NMB BANK
NIC ASIA

रूपन्देहीमा बढ्दो औद्योगीकरण

ठूला उद्योगको रोजाइमा भैरहवा–परासी कोरिडोर : केही वर्षयता नै खर्ब बराबर लगानी

बुटवल | चैत २६, २०८०

NTC
Premier Steels

काठमाडौंका शत्रुघन ढकाल (एसपी) एक वर्षसम्म उद्योग खोल्न देशका विभिन्न जिल्ला पुगे । वीरगञ्ज, चितवन र विराटनगरमा जग्गा तथा उद्योग खोल्ने उपयुक्त वातावरण खोजे, तर भेटेनन् ।

Muktinath Bank

अन्ततः उनले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १५ शुक्रौलीमा साढे २ बिघा जग्गा किनेर १ अर्ब रूपैयाँको लगानीमा ब्रजेश्वरी इन्डस्ट्रिज सञ्चालनमा ल्याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुलाकी सडक खण्डमा पर्ने उद्योगले डाइपर उत्पादन गरी भारतसहित तेस्रो मुलुकमा समेत निर्यात गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

‘सहज सडक, सस्तो जग्गा, नजिकै एयरपोर्ट र नजिकको नाकाले गर्दा मेरो रोजाइ भैरहवा–परासी सडक खण्ड पर्‍यो,’ ढकाल भन्छन्, ‘कामदार पनि स्थानीय धेरै छन् । अहिले आएर सही ठाउँ रोजेको महसुस भएको छ ।’ 

Vianet communication

यही ‘कोरिडोर’ अन्तर्गत रूपन्देहीको रोहिणी गाउँपालिका– ४ छिपागढमा केडिया अर्गनाइजेसनले हालै सिसा उद्योग सञ्चालनमा ल्याएको छ ।

अर्गनाइजेसन अन्तर्गतको वृज सेफ्टी ग्लास उद्योगले अत्याधुनिक उपकरण जडान गरेर ५० करोडको लगानीमा स्थापित ग्लास उत्पादन गर्दै आएको छ ।

कारखानाबाट १२ हजार वर्ग फिट सिसा उत्पादन गर्दै आएको अर्गनाइजेसनका प्रबन्ध निर्देशक उत्सव केडियाले बताए । भैरहवा–परासी औद्योगिक मार्ग बनेपछि आफूले पनि यही क्षेत्रलाई सुरक्षित मानेर लगानी गरेको केडिया बताउँछन् ।

null

एक वर्षअघि रूपन्देहीको धकधईमा २ अर्ब रूपैयाँको लगानीमा सिद्धार्थ ग्रुपले टीएमटी फलामे छड उत्पादन गर्ने श्री स्टील उद्योग सञ्चालनमा ल्याएको छ ।  ग्रुपका निर्देशका राजेश अग्रवालसहितको टीमले १० विगाहा क्षेत्रफल जग्गामा सञ्चालन गरेको उद्योगबाट दैनिक ९०० मेट्रिकटन छड उत्पादन हुन्छ । लगत्तै सोही कोरिडोरमा २ अर्ब लगानीमै शिद्धिलक्ष्मी स्टील उद्योग सञ्चालनमा आएको छ ।

नवलपरासीको भूमहीदेखि भैरहवा जोड्ने हुलाकी सडकका दायाँबाया अहिले ठूला उद्योग भरिँदै गएका छन् । भैरहवा–परासी दुरी २२ किलोमिटर छ । भारतबाट ल्याउनुपर्ने कच्चा पद्धार्थ ल्याउन नाका सहज छ, जसले गर्दा उद्योगी/व्यवसायीको लगानीको पहिलो रोजाइ रूपन्देही बनेको हो ।

‘पछिल्लो पाँच वर्षयता ठूला उद्योगको लगानी यही खण्डले आकर्षित गरेको छ । अझै नयाँ उद्योग थपिने क्रम पनि जारी छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघ (भैरहवा)का अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले लोकान्तरसँग भने । 

भैरहवा–लुम्बिनी कोरिडोरमा लुम्बिनी गुरूयोजना अनुसार १६ किलोमिटर वरपर उद्योग स्थापना गर्न नपाइने भएपछि अहिले उद्योगहरू भैरहवा–धकधई–परासी सडकखण्ड, बुटवल–भैरहवा सडकखण्ड र बेलबास–बेथरी सडकखण्डमा विस्तार हुन थालेका छन् । भारतीय नाकाबन्दीपछि भैरहवा–भूमही, भैरहवा–बुटवल कोरिडोरमा ठूलो संख्यामा उद्योग खुलिसकेका छन् । भैरहवा र आसपासमा ८ वटा डन्डी उद्योग सञ्चालनमा छन् । यही क्षेत्रमा अर्घाखाँची, सर्वोत्तम र पाल्पा सिमेन्ट सञ्चालनमा छन् । यी उद्योगले बेलहिया हुँदै सिमेन्ट भारत निर्यात गरिरहेका छन् । 

एक दशक अघिसम्म वीरगञ्ज र विराटनगरको तुलनामा भैरहवा आसपासतिर जग्गाको भाउ सस्तो थियो, तर अहिले बढ्दो छ । बढ्नुको कारण औद्योगीकरण पनि हो ।

पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र शाहूले रूपन्देहीको भैरहवा हुँदै परासी ठूलो औद्योगिक हब बन्ने दिशामा अघि बढेको बताए । 

‘रूपन्देहीमा मात्रै उत्पादन उद्योगमा १ खर्बभन्दा बढी लगानी छ,’ शाहूले भने, ‘भारतीय नाकाबन्दीमा वीरगञ्ज, विराटनगरलगायत भन्सार नाका हुँदा पनि भैरहवामा समस्या आएन । त्यसैले भैरहवा क्षेत्रले लगानीकर्ताको विश्वास आर्जन गर्न सफल भएको छ । भैरहवाको भारतसँग राम्रो ‘कनेक्टिभिटी’ छ । भारतको नौतुन्ना ८ किलोमिटर दूरीमा छ, जहाँ रेल कुद्छन् । भारतको गोरखपुर पनि ८० किलोमिटर दूरीमा छ, त्यहाँ रेल र अन्तर्राष्ट्रिय एयरपोर्ट छ ।’

‘हुलाकी सडकलाई विस्तार र व्यवस्थित गरी भैरहवादेखि धकधई, परासी हुँदै महेन्द्र राजमार्गस्थित भूमहीसम्म जोडेर पक्की बनाइएपछि यस क्षेत्रको दिन फेरिन थालेको हो,’ अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले थपे ।

उनले अगाडि भने, ‘हुलाकी सडकको विस्तार र विकासले सडक वरपरका गाउँ तथा क्षेत्रको मुहारै फेरिदियो । यस क्षेत्र छोटो समयमै नयाँ औद्योगिक कोरिडोरका रूपमा स्थापित भयो । यो क्षेत्रमा मजदुर र उद्योगीको सम्बन्ध पनि सुमधुर छ । स्थानीय मजदुरले प्राथमिकता पनि पाएका छन् ।’  

उद्योग व्यवसाय गर्न खोज्नेहरूको चाप यस क्षेत्रमा बाक्लिँदै जान थालेको छ । करोडदेखि अर्बौं लगानीसम्मका दर्जनौं उद्योग स्थापित भएर सञ्चालनमा आएका छन् । सडकदेखि डेढ–दुई किमी दाँयाबायाँ भित्रसम्म पनि उद्योग खुल्ने क्रम जारी छ । उद्योग स्थापनाका लागि जग्गा खरिद गरेर कम्पाउन्डले घेरी राखिएका स्थल दर्जनौं भेटिन्छन् । सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल भैरहवा–लुम्बिनीतर्फ बढ्दो शहरीकरणले उद्योगीहरू परासी रोडतिर केन्द्रित भएको बताउँछन् ।

null

‘भैरहवा–बुटवल क्षेत्रमा बढ्दो शहरीकरणले जग्गाको अभाव छ,’ अग्रवाल भन्छन्, ‘केही भित्रतर्फ जाँदा १५ किमीको हवाई दुरीको मापदण्ड भएपछि मैले पनि यस क्षेत्रमै उद्योग स्थापना गरेको हुँ ।’

उनका अनुसार, यो कोरिडोरमा उद्योग स्थापनाका लागि जग्गा उपलब्धता सहज र मूल्य पनि अन्यत्रभन्दा सस्तो छ । धमाधम उद्योग खुल्न थालेपछि भैरहवा–भूमही खण्डमा पनि जग्गाको भाउ पनि बढ्दो छ ।

एक दशक अघिसम्म वीरगञ्ज र विराटनगरको तुलनामा भैरहवा आसपासतिर जग्गाको भाउ सस्तो थियो, तर अहिले बढ्दो छ । बढ्नुको कारण औद्योगीकरण पनि हो । बेलहियामा एकीकृत जाँचचौकी (आईसीपी) निर्माणको काम पनि धमाधम भइरहेको छ । 

लुम्बिनी, भैरहवा तथा बुटवल क्षेत्रमा पर्यटन तथा औद्योगिक पूर्वाधारको तीव्र विकाससँगै रूपन्देही आर्थिक तथा समृद्ध शहरको रूपमा विकसित भइरहेको छ । 

भैरहवा, लुम्बिनी र बुटवलमा स्तरीय होटल निर्माण भइरहेका छन् । भैरहवा, लुम्बिनी क्षेत्रमा मात्र आगामी तीन वर्षमा वैदेशिक लगानीसहितका आधा दर्जन पाँचतारे होटल सञ्चालन हुने क्रममा छन् । भैरहवामै विशेष आर्थिक क्षेत्र सेज स्थापना भए पनि उद्योगी आकर्षित नहुँदा अलपत्र जस्तै बनेको छ । सेजबाट उत्पादित वस्तुमध्ये ६० प्रतिशत अनिवार्य निर्यात गर्नुपर्ने प्रावधान छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x