×

NMB BANK
NIC ASIA

बुझ्न नसकिने सम्झौता

अस्पतालमा अनौठो ठेक्का : १ रुपैयाँमा ओटी टेबलदेखि एप्रोनसम्म, सिरिञ्जलाई १० पैसा !

काठमाडाैं | चैत २७, २०८०

NTC
Premier Steels
Marvel

ओटी (अप्रेसन थिएटर) ड्रेसिङ टेबल १ रुपैयाँमा पाइन्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, सरकारी निकायले नै यसलाई १ रुपैयाँमा खरिद गरेको छ ।

Muktinath Bank

नेपाली बजारमा त्यत्तिको टेबलको मूल्य न्यूनतम् १५/२० हजार पर्ने जानकारहरू बताउँछन् । तर, न्यू संकल्प इन्टरप्राइजेजले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई १ रुपैयाँमा ओटी ड्रेसिङ टेबल आपूर्ति गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो मात्र हैन, एक्सरे चेस्ट स्ट्यान्ड पनि १ रुपैयाँमै आपूर्ति गरिएको छ ।


Advertisment
Nabil box
Kumari

सर्जिकल सिजरलाई बजारमा कम्तीमा २५० देखि ५५० रुपैयाँ पर्ने गरेको छ । तर, उक्त आपूर्तिकर्ताले शुक्रराज अस्पताललाई १ रुपैयाँमै आपूर्ति गरेको पाइएको छ ।

Vianet communication
Laxmi Bank

चिकित्सकले लगाउने एप्रोन कोटको मूल्य पनि ५ सयदेखि १ हजार रुपैयाँ पर्छ, तर उक्त कम्पनीले १ रुपैयाँमै उपलब्ध गराएको छ ।

अस्पतालको बेड सीट पनि एक रुपैयाँमै आपूर्ति गरिएको छ ।

null

सिरिन्जको मूल्य बजारमा कम्तीमा ५ देखि १० रुपैयाँ पर्छ, तर उक्त आपूर्तिकर्ताले १० पैसा देखि ४० पैसासम्ममा सिरिन्ज उपलब्ध गराएको छ ।

गज पिसको मूल्य प्रतिपिस ९ देखि १० रुपैयाँ पर्छ, कटन रोलको २ सयदेखि २५० रुपैयाँ पर्छ, तर सो आपूर्तिकर्ताले १ रुपैयाँकै दरमा आपूर्ति गरेको पाइएको छ ।

माथि उल्लेख गरिएकाबाहेक सर्जिकल मास्क, एक्जानिमेसन ग्लोब्स, सर्जिकल ग्लोब्स, विभिन्न साइजका सिरिन्ज, बार कोड स्टिकर, स्यानिटाइजरसहित १२१ प्रकारका सर्जिकल आइटम १ रुपैयाँ वा सोभन्दा कम दरमा आपूर्ति गरिएको छ ।

सामान्यतया सरकारी अस्पतालमा औषधि, सर्जिकल उपकरणलगायतका सामग्री आपूर्ति गर्दा बजारको प्रचलित भाउभन्दा बढी दरमा किन्ने गरेको पाइन्छ । तर, यहाँ ठीक उल्टो भएको छ । हरेक आइटम १ रुपैयाँको दरमा आपूर्ति गरिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले विभिन्न परिणाममा १२१ प्रकारका सर्जिकल आइटम खरिद गर्नका लागि २०८० साउन २६ गते सूचना प्रकाशन गरेको थियो । ती सामग्री खरिदका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

आठ आपूर्तिकर्ताले बोलपत्र प्रस्ताव पेश गरेका थिए । श्री बासुकी मेडिसिन सप्लायर्सले १ करोड २० लाख ४० हजार ३०२ रुपैयाँ प्रस्ताव गरेको थियो भने क्रिमोनी इन्टरनेशनल ताहाचलले ६८ लाख ६१ हजार ७३३ रुपैयाँ प्रस्ताव गरेको थियो ।

त्यसैगरी सुप्रिम ट्रेडिङ्सले ५६ लाख ८ हजार रुपैयाँ, आरवाई ट्रेडर्स प्रालिले ५२ लाख १३ हजार ९६४ रुपैयाँ, केबलेश्वर मेडिसेल्स प्रालिले ४८ लाख ६२ हजार ७३४ रुपैयाँ प्रस्ताव गरेको थियो ।

त्यसैगरी न्यू पाथिभरा सर्जिकल हाउस प्रालिले ५ लाख ६१ हजार १६१ रुपैयाँ र न्यू संकल्प इन्टरप्राइजेजले ५ लाख १८ हजार ८३१ रुपैयाँ प्रस्ताव गरेका थिए ।

सबैभन्दा कम रकम प्रस्ताव गर्ने न्यू संकल्पले ठेक्का पाएको थियो । २०८० असोज १२ गते अस्पताल र इन्टरप्राइजेजबीच सम्झौता भएको थियो ।

टेन्डर हात पारेको न्यू संकल्प इन्टरप्राइजेजका सञ्चालक राजन गौतमले आफूहरूले कबोल गरेकै मूल्यमा सामान उपलब्ध गराइरहेको बताए ।

'सामान दिइरहेकै छौं । अलिकति घाटा भयो, त्यस्तै हो । कुनै खराब नियत छैन । बजारमा चलिरहेकै आइटम दिएका छौं,' उनले थपे, 'मिल्छ कि भनेर हालेको हो, घाटा लग्यो । ७० प्रतिशत सामान दिइसकेको छु । ३० प्रतिशत मात्र दिन बाँकी छ ।'

ठ्याक्कै कति घाटा लाग्यो भन्ने प्रश्नमा उनले हिसाब गर्न बाँकी रहेको बताए ।

'सर्जिकल आइटम १ रुपैयाँमा आपूर्ति गर्ने भनेर अन्त कतै ठेक्का हालेको छैन,' उनले थपे, 'तर, मेडिसिनतर्फ अन्त पनि १ रुपैयाँमा दिइरहेको छु । खोज्नुस् न तपाईं ।'

null

आफूहरूको पेसामा यस्तो हुने गरेको उनको भनाइ छ ।

घाटा  हुने निश्चित हुँदाहुँदै कुन स्वार्थले ठेक्का हालेको भन्ने उनले खुलाएनन् ।

तर, अस्पतालका कर्मचारी भने अन्य कम्पनीलाई ठेक्कामा छिर्न नदिने घाटामा सम्झौता गरेको हुनसक्ने बताउँछन् ।

'घाटा भएपनि होस्, तर प्रतिस्पर्धीलाई ठेक्का लिन दिन्नँ भन्ने उद्देश्यका साथ त्यसरी ठेक्का लिएको होजस्तो लाग्छ,' अस्पतालका ती कर्मचारीले भने ।

उनले ठेक्का सम्झौता गरे पनि हालसम्म सम्झौताबमोजिम सबै सामान आपूर्ति गरिसकेका छैनन् । अहिलेसम्म झन्डै ५० प्रतिशत सामान स्टोरमा दाखिला भइसकेको स्टोरका कर्मचारी राजन आचार्यले बताए ।

'सबै सामान आपूर्ति भइसकेको छैन । लगभग ५० प्रतिशत जति सामान आपूर्ति भएको छ,' आचार्यले लोकान्तरसँग भने, 'अत्यावश्यक सामग्रीहरू आपूर्तिकर्ताले आपूर्ति गरिसकेको छ । बाँकी माग गर्दै आएका छौं ।'

यसरी सस्तोमा ठेक्का लिँदा आधा सामान दिने र आधा आपूर्ति नै नगरे पनि बिल बनाएर भुक्तानी लिने गरेको पाइएकाले त्यस्तो पनि हुन सक्ने उक्त अस्पतालकै अर्का कर्मचारीले आशंका गरे । 'केही समान दिएर आपूर्ति नगरेका सामानको पनि बिल बनाएर भुक्तानी लिएको हुनसक्छ,' उनले भने ।

माग गरिएको जस्तो गुणस्तर नभएर गुणस्तरहीन सामान आपूर्ति गरिएको हुन सक्ने पनि उनको आशंका छ । यस विषयमा अख्तियारले छानबिन गर्नुपर्ने उनले बताए ।

अस्पतालका प्रमुख डा. युवानिधि बसौला भने आफू आउनुअघि नै उक्त टेन्डर सम्झौता भएको बताउँछन् ।

'यसरी प्रतिआइटम १ रुपैयाँमा आपूर्ति गर्ने भनेर अन्य अस्पतालमा पनि ठेक्का पर्ने गर्छ,' उनले लोकान्तरसँग भने, 'म कान्ति बाल अस्पतालमा हुँदा त्यहाँ पनि यस्तै ठेक्का परेको थियो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x