×

NMB BANK
NIC ASIA

अफगान भूकम्पको ६ महिना बित्यो, अझै २४ हजारभन्दा बढी परिवार घरबारविहीन

काठमाडाैं | चैत २७, २०८०

NTC
Premier Steels

काबुल– संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयले भूकम्पबाट प्रभावित २४ हजार आठ सय हेराती परिवार अस्थायी आश्रयमा बसिरहेको घोषणा गरेको खामा प्रेसले जनाएको छ । त्यहाँ सन् २०२३ अक्टोबर ७ मा छ दशमलव तीन रेक्टर स्केलकोे विनाशकारी भूकम्प गएको थियो ।  

Muktinath Bank

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोष्टमा संयुक्त राष्ट्र–सम्बद्ध सङ्गठनले हेरातका प्रकोप प्रभावित परिवारहरूलाई बिर्सन नहुने जनाउँदै आधारभूत सुविधाका साथ सहयोग गर्नु पर्नेमा जोड दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त राष्टसङ्घको कार्यालयलाई उद्धृत गर्दै खामा प्रेसले रिपोर्ट हेरातमा भूकम्पले दुई लाख ७५ हजार मानिसलाई असर गरेको र ४० हजार घर ध्वस्त भएको बताएको छ । 


Advertisment
Nabil box
Kumari

संयुक्त राष्ट्रङ्घको मानवीय सहायता समन्वय कार्यालयअनुसार यस प्रान्तमा मानवीय गतिविधिहरू जारी छन । हेरातमा विनाशकारी भूकम्पमा बालबालिका तथा महिलासहित सयौँ मानिसले ज्यान गुमाएका थिए । 

Vianet communication

कार्यालयका अनुसार भूकम्पको गम्भीर प्रकोपबाट बचेका मानिसलाई भूकम्पको ६ महिनापछि पनि सहयोगको निरन्तर आवश्यकता छ । यद्यपि तालिबानको नियन्त्रणका कारण अन्तर्राष्ट्रिय निकायहरू सक्रियरूपमा सहयोग गर्न असमर्थ भएको खामा प्रेसले रिपोर्ट गरेको छ ।

यसअघि रेडक्रस समितिले भूकम्प पीडितका लागि हेरातमा सुरक्षित र न्यानो आवासको आवश्यकतामा जोड दिएको थियो । तथापि हेरातका स्थानीयवासीहरूले तालिबान र संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले हेरातमा भूकम्प पीडितहरूलाई अन्य राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले दिएको सहायताको बारेमा पर्याप्त रिपोर्ट नगरेको दाबी गरेका छन् ।   
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x