×

NMB BANK
NIC ASIA

बेनीमा पर्यटक सूचना केन्द्र सञ्चालन

म्याग्दी | बैशाख १, २०८१

NTC
Premier Steels

म्याग्दी भित्रिने पर्यटकहरूलाई जिल्लाका धार्मिक, पर्यटकीय स्थलको बारेमा जानकारी गराउने उद्देश्यले बेनीमा आजदेखि पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ ।

Muktinath Bank

म्याग्दी उद्योग वाणिज्य सङ्घ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डले बेनपा–८ काली पुल बसपार्कमा सञ्चालन गरेको केन्द्रको नव वर्ष २०८१ को अवसर पारेर आज जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले जिल्लाको प्रमुख नाका काली पुल बसपार्कमा स्थापना भएको सूचना केन्द्रमा जिल्लाका धार्मिक, पर्यटकीयस्थल, कला, संस्कृतिसम्बन्धी जानकारीमूलक तस्वीर तथा दृश्य सामग्री राखिएको बताए ।


Advertisment
Nabil box
Kumari

'म्याग्दी भ्रमण वर्षका अवसरमा २०७५ मा स्थापना भएको सूचना केन्द्र कोरोना महामारी फैलिएपछि विसं २०७७ देखि बन्द भएको थियो', उनले भने, '३ वर्षपछि पुनः सञ्चालनमा ल्याइएको सूचना केन्द्रमा एक जना कर्मचारी राखेका छौं ।'

Vianet communication

सूचना केन्द्र रहेको भवनमा स्थानीय उत्पादनहरूको बिक्री कक्षसहितको कोसेली घर पनि छिट्टै सञ्चालनको तयारी गरेको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए ।

म्याग्दीका छ वटा स्थानीय तहका पर्यटकीय, धार्मिक स्थलका साथै जनजीवन, संस्कृति, रहनसहन झल्कने तस्बिर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खान बस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ ।

सूचना केन्द्रका संयोजक समेत रहेका शाक्यका अनुसार कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण, समन्वय गर्नेछन् । स्थानीय तह र निजी क्षेत्रको समन्वयमा सूचना केन्द्रलाई दीर्घकालीन हिसाबले सञ्चालन गर्नुपर्ने जिसस प्रमुख थापाले बताए ।

सूचना केन्द्र स्थापनाका लागि तत्कालीन जिविस र बेनी नगरपालिकाले रु २५ लाख बढी बजेट खर्चेर भवन बनाएका थिए । नेपाल पर्यटन बोर्डले पर्यटकीय क्षेत्रको फ्रेमसहित फोटाहरू, मोना हङकङले ५१ इन्चको भिडियो डिस्प्ले स्क्रिन राखेको छ ।

उद्योग वाणिज्य सङ्घ, जेसिजलगायत सङ्घ, संस्थाले म्याग्दीका पर्यटकीय क्षेत्रका नक्सा, गाइड बुक र ब्रोसर राखेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव नारायण जिसीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x