पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
इंग्लिस प्रिमियर लिग फूटबलमा म्यानचेस्टर युनाइटेड तुलनात्मक सानो टोली एफ सी बर्नमाउथसँगको हारबाट जोगिएको छ । युनाइटेडले एक गोललले पछि परेको अवस्था उल्टाएर बर्नमाउथसँग २–२ गोलको पुनरागमन बराबरी गर्दै हार टारेको हो । यससँगै युनाइटेडले लिगमा तालिकामा एक अंक थपेको छ ।
शनिवार राति बर्नमाउथले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता लिएको थियो । उसका डोमोनिक सोलांकेले मार्कोस सेन्सीको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । ३१ औं मिनेटमा युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । तर ३६ औं मिनेटमा जस्टिन कुलभर्टले गोल गरेपछि बर्नमाउथले फेरि २–१ को अग्रता बनाएको थियो ।
एक गोलले पछि परेको युनाइटेडले दोस्रो हाफमा पेनाल्टीमार्फत बराबरी गरेको हो । ६५ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई २–२ को अवस्थामा ल्याएका थिए । त्यसपछि थप गोल नभएपछि दुवै टोलीले एक–एक अंक जोडेका छन् ।
युनाइटेड ३२ खेलबाट ५० अंकका साथ तालिकाको सातौं स्थानमा रहँदा बर्नमाउथ समान खेलबाट ४२ अंकका साथ १२ औं स्थानमा छ । जारी सिजनमा म्यानचेस्टर सिटी ७३ अंकका साथ शीर्ष स्थानमा छ ।
यस्तै आर्सनल र लिभरपुल एक खेल कम खेल्दै समान ७१ अंकका साथ तालिकाको दोस्रो र तेस्रो स्थानमा छन् ।
प्रिमियर लिगअन्तर्गत आइतवार तीनवटा खेल हुनेछन् । नेपाली समयअनुसार पौने ७ बजे लिभरपुल र क्रिष्टल प्यालेस तथा वेस्टह्याम र फुलह्यामबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, सवा ९ बजे आर्सनल र एस्टन भिल्ला भिड्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...