×

NMB BANK
NIC ASIA

इजरायलमाथि इरानको हमला

अमेरिकी राष्ट्रपतिको दाबी– हाम्रो सहयोगमा इजरायलले इरानको आक्रमण विफल पार्‍यो

काठमाडाैं | बैशाख २, २०८१

NTC
Premier Steels

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको सेनाको सहयोगमा इजरायलले इरानको आक्रमणलाई विफल पारेको दाबी गरेका छन् ।

Muktinath Bank

आइतवार बिहान देशको राष्ट्रिय सुरक्षा टोलीका सदस्यहरूसँगको छलफलपछि विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो अवसरमा राष्ट्रपति बाइडेनले अमेरिकी सेनाको प्रशंसा गर्दै धन्यवादसमेत दिए ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

'इजरायललाई हाम्रो सेनाले मद्दत गरेका कारण इजरायलले इरानका लगभग सबै ड्रोन र मिसाइल खसाल्न सफल भएको छ,’ उनले भनेका छन् ।

राष्ट्रपति बाइडेनले इरानले गरेको आक्रमणको कडा निन्दासमेत गरेका छन् ।

आक्रमणको खबर पाएलगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग टेलिफोन वार्ता गरेका थिए ।

इरानले शनिवार राति इजरायलका तेल अभिभ र जेरुसेलममा २०० बढी ड्रोन र मिसाइलमार्फत् आक्रमण गरेको छ ।

इरानले इजरायलमा गरेको आक्रमणबाट दक्षिणी क्षेत्रको एक सैन्य शिविरमा सामान्य क्षति भएको इजरेली सेनाले जनाएको छ ।

एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक १० वर्षीया बालिका घाइते भएको जनाएको छ ।

धेरैजसो हमलालाई आफ्नो ‘एरो’ हवाई प्रतिरक्षा प्रणाली र उक्त क्षेत्रमा रहेका आफ्ना रणनीतिक साझेदारसँगको साथमा इजरायली भूमि पार गर्नु अगावै निस्तेज पारिएको इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले जनाएको छ ।

 गत अप्रिल १ मा इजरायलले सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गरेको थियो । सो आक्रमणबाट सैन्य कमान्डरसहित सात जनाको मृत्यु भएको थियो । सो क्रममा इरानको कुद्स फोर्सका कमान्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमीलगायत मारिएका थिए । 

 त्यसको बदलामा इरानले इजरायललाई आक्रमण गर्ने धम्की दिएको थियो । सोहीअनरुप शनिवार राति स्थानीय समयअनुसार १ः४५ बजे इरानले इजरायलमा आक्रमण गरेको हो ।

गत वर्षको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेयता मध्यपूर्वमा तनाब छ । गाजामा युद्ध जारी छ । यसमा इरान पनि संग्लग्न भएसँगै यसले झनै उग्ररुप लिने संकेत देखिएको छ ।  

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले इरानले इजरायलमाथि गरेको आक्रमणको आक्रमणको निन्दा गर्दै विश्वले अर्को युद्ध सहन नसक्ने चेतावनी दिएका छन् ।

उनले शनिवार राति वक्तव्य जारी गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल पनि गरेका छन् ।

‘म विनाशकारी युद्धको खतराबारे चिन्तित छु । म सबै पक्षलाई मध्यपूर्वमा धेरै मोर्चाहरूमा ठूलो सैन्य टकराव निम्त्याउन सक्ने कुनै पनि कार्यबाट बच्न अधिकतम संयम अपनाउन आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘मैले बारम्बार जोड दिएको छु कि न त मध्यपूर्व न त विश्वले अर्को युद्ध सहन सक्छ ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x