मंसिर ८, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
काठमाडाैं | बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणको गम्भीर लापरबाहीका कारण विद्युतीय सवारी चार्जिङ स्टेसन बन्द हुँदा सेवाग्राहीले दुख पाएका छन् ।
मधेस प्रदेशअन्तर्गत सिराहाको लहानमा प्राधिकरणले स्थापना गरेका चार्जिङ स्टेसन सोमवार बिहानदेखि चल्न सकेका छैनन् ।
आफ्नो गाडी चार्ज गर्न नसकेपछि लहानमै अड्केका अरुण कुमार सुवेदीले आफूसँग कुनै पनि उपाय नभएको भन्दै गुनासो गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, 'आज बिहानदेखि लहानका सबै ईभी चार्जिङ स्टेसन बन्द छन् । पोहोर दशैँमा पनि यही समस्या थियो । सेवाग्राही प्रतिको यो संवेदनहीनता र नेपाल विद्युत प्राधिकरणको अव्यवस्थाले दुख लागेको छ । लहान अफिसले केही रेस्पोन्स गरेन ।'
उनले आफूसँग भएको ईभीको कम्पनीमाथि पनि आक्रोश पोखेका छन् । गाडी बेच्ने तर चार्ज गर्ने स्टेसन नबनाउने उनको आरोप छ ।
यसबारे नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूले प्राविधिक समस्या भएकाले छिट्टै समाधान हुने बताउँछन् ।
'केही प्राविधिक समस्या देखिएको हो,' प्राधिकरणका एक कर्मचारीले लोकान्तरसँग भने, 'छिट्टै समाधान गर्ने प्रयत्न गरिरहेका छौं ।'
सिराहाको लहान क्षेत्रमा ३ वटा चार्जिङ स्टेसन छन् । विद्युतको भोल्टेज तलमाथि भइरहने भएकाले यी स्टेसन स्टेबल नभएको सेवाग्राहीले पटक-पटक गुनासो गर्ने गरेका छन् ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...