×

NMB BANK
NIC ASIA

कोशीमा एमाले-माओवादीको संकल्प प्रस्ताव, मुख्यमन्त्री कार्कीलाई दिए २ विकल्प

विराटनगर | बैशाख ३, २०८१

NTC
Premier Steels

कोशी प्रदेश सरकारविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् ।

Muktinath Bank

उनीहरूले सोमवार प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्तावमा मुख्यमन्त्री केदार कार्कीले यही वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने माग गरिएको छ । विश्वासको नलिए राजीनामा गर्नुपर्ने एमाले-माओवादीको माग छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजीनामा र विश्वासको मत नलिए मन्त्रिपरिषद्‌का कुनै पनि निर्णय कार्यान्वयन गर्न बाध्य नहुने उनीहरूले दर्ता गरेको संकल्प प्रस्तावमा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा नियमावली २०७४ (पहिलो शंसोधन) समेतको नियम ४७ को उपनियम १ बमोजिमका सर्तका अधीनमा रहेर सोही नियमावलीको नियम ७० को उपनियम १ को खण्ड (ग) बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको हो ।

Vianet communication

नियमावलीको नियम ७१ बमोजिम संकल्प प्रस्तावको सूचना प्रदेशसभामा दिएको छ ।

प्रस्तावकमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र समर्थकमा निवर्तमान वन वातावरण तथा पर्यटन मन्त्री समेत रहेका माओवादी केन्द्रका सांसद गणेश उप्रेती र एमालेका सांसद किशोरचन्द्र दुलाल प्रस्तावक रहेका छन् ।

यि दुई दलले सरकारलाई दिएको समर्थन र विश्वासको मतसमेत प्रदेशसभाका ५२ जनाले फिर्ता लिइसकेका छन् ।​

उनीहरूले विश्वासको मत तथा राजीनामा नदिएको खण्डमा प्रदेश प्रमुखले बर्खास्त गर्नेसम्मको चेतावनी दिएका छन् ।

वैकल्पिक सरकार बनाउन बाटो खुल्ला नगरे प्रमुख सचिव तथा सचिवहरूले मुख्यमन्त्री र मन्त्रीहरूको निर्णय मान्न बाध्य नहुने पनि उल्लेख गरेका छन् ।

बहुमत सदस्यको विश्वास गुमाइसकेको सरकारका मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त नगरुञ्जेल दीर्घकालिन असर पर्ने प्रकृतिका नीतिगत तथा कार्यक्रम निर्णय एवं गैरबजेटरी शीर्षकमा खर्च गर्ने कार्य नगर्न नगराउन मुख्यमन्त्री, मन्त्रीहरू, प्रमुख सचिव र प्रदेश सरकारका सचिवहरूलाई निर्देशन दिने पनि संकल्प प्रस्तावमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x