×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

रविको बचाउमा उत्रिन एमाले–माओवादीलाई सकस, रास्वपाभित्र उकुसमुकुस

काठमाडाैं | बैशाख ५, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगीमा पटकपटक नाम मुछिए पनि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कुनै प्रष्ट आधार प्रमाणबिनै आरोप लगाइएको भन्दै बचाउमा उत्रिँदै आएका सत्तारुढ दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई उनको प्रतिरक्षामा उत्रिन सकस पर्ने देखिएको छ । 

Muktinath Bank

लामिछानेविरुद्ध सर्वसाधारण नागरिकको रकम हिनामिना प्रकरणमा यसअघि पनि प्रष्ट आधारसहित उजुरी परेको थियो । चेक, सेयर लगतसहितका प्रमाण पनि मिडियामार्फत पटकपटक सार्वजनिक भएका थिए । तरपनि उनै लामिछानेलाई स्वार्थ बाझिने गृह मन्त्रालयको बागडोर सम्हाल्न दिइयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछाने स्वार्थ बाझिने गरी गृहमन्त्री भएको भन्दै पटकपटक सहकारी प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको माग पनि गरिरह्यो । तर लामिछाने आफैंले भन्दा पनि सरकारमा रहेका एमाले र माओवादीका नेता उनको बचाउमा उत्रिरहे ।


Advertisment
Nabil box
Kumari

तर सर्वसाधारणको उजुरीपछि गृह मन्त्रालयअन्तर्गतकै प्रहरी प्रशासनले रवि लामिछानेले प्रक्रिया नै नपुर्याइ गैरकानूनी रुपमा बुटवलस्थित सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ लिएको प्रतिवेदन सरकारी वकिललाई बुझाएको पाइएको छ । 

Vianet communication
Laxmi Bank

सरकारी वकिल कार्यालयले रुपन्देहीस्थित जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा लामिछानेले प्रक्रिया नै पूरा नगरी सुप्रिम सहकारीबाट गोर्खा मिडियाको नाममा २ करोड लिएको विषय उल्लेख छ ।
००००
एकपछि अर्को गर्दै पार्टी सभापति समेत रहेका गृहमन्त्री लामिछाने सहकारी ठगीसम्बन्धी विवादमा फसेपछि सो पार्टीभित्रै उकुसमुकुसको अवस्था सिर्जना भएको छ । रास्वपाका एक नेताले सभापति विवादमा तानिँदा पार्टीमाथि नै विश्वासको संकटको जोखिम बढेको बताए । ती नेताले भने, ‘अहिले केही बोल्न सकिने अवस्था छैन । तर पार्टीमाथिको जनभरोसामा जोखिम बढ्ने देखिन्छ ।’ पार्टीका नेताहरु रविको विषयमा जसरी प्रश्न उठेको छ त्यसबारे उनीहरु नबोली उकुसमुकुसको अवस्था छन् । 
००००
सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगी प्रकरणमा पक्राउ परेका तीन जनाको बयान सकिएको छ ।

पक्राउ गरेका सहकारीका अध्यक्ष ओम गुरुङ, सहकारीका पूर्वसचिव दीपेश पुन र सहकारीको भैरहवा व्यवस्थापक दुर्गा चापागाईँको बयान सकिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिए ।
००००
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक जीबी (गीतेन्द्रबाबु) राईले गरेका बदमासी ठेक्का लिन नसक्ने भन्दै आक्रोश पोखेका छन् ।

राईले ल्याएको लगानीको आम्दानीको स्रोत हेर्ने अधिकारी आफू नभएको स्पष्ट पार्दै उनले सहकारी प्रकरणमा आफू निर्दोष भएको सामाजिक सञ्जालमार्फत् स्पष्ट पारेका छन् ।

मधेश प्रदेशमा प्रतिपक्षी दलहरूले प्रदेशसभाको बैठक बहिस्कार गर्नका बीच मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएका छन् ।
मुख्यमन्त्री यादवले राखेको प्रस्ताव बहुमतले पारित भएको घोषणा मंगलवार साँझ सभामुख रामचन्द्र मण्डलले गरेका छन् । यादवले सदनमा उपस्थित ६१ जनाकै मत पाएका हुन् ।
००००
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पु¥याएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पु¥याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।
००००
इलाम– २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उपनिर्वाचनमा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनका लागि विभिन्न तीन निर्णय गरेको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै आयोगले आचारसंहिता विपरीतको कुनै कार्य भए–गरेमा तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई अख्तियारी दिएको हो ।
००००
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गर्दै फेरि दाबी पेस गर्नका लागि थप २ दिएको समय दिएका छन् । 

मुख्यमन्त्रीमा दाबी गर्दै परेका दुवै निवेदन अस्वीकृत गर्दै स्पष्ट दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले थप दुई दिन समय दिएका हुन्। 
प्रदेश प्रमुख मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुई प्रदेश सभा सदस्यले आइतवार छुट्टाछुट्टै रुपमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति लागि दाबी पेस गरेका थिए । नयाँ सहमतिअनुसार सुदूरपश्चिममा एकीकृत समाजवादीले नेतृत्व पाउने बताइएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव ५१ मा सीमित भएको छ । कारोबार भएका कुल १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।
००००
शिक्षामन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा लागेका शिक्षकहरूमाथि कारवाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगको सहयोग मागेकी छन् ।
मंगलवार उनले आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेटेर राजनीतिक दलमा आबद्ध शिक्षकको पहिचानका लागि आयोगले सहयोग गर्ने अपेक्षा गरिन् ।
००००
संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतीले अनुमोदन गरेको छ ।
समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतीले अनुमोदन गरेको बताए ।
००००
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताका लागि मोडालिटी तयार गर्ने निर्णय भएको छ ।
दुई पार्टीको एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न गठित कार्यदलको मंगलवार बसेको बैठकले दुवैतर्फ एकता प्रक्रियालाई अगाडि बढाउन मोडालिटी तयार गर्ने निर्णय गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x