कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडाैं | बैशाख ६, २०८१
बर्दिया निवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले रामनवमीका दिन काठमाडौँको चक्रपथमा म्याराथन पूरा गरेका छन् ।
बुधवार 'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा दौडेर पूरा गरेका थिए ।
कलङ्कीबाट बिहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै कलङ्कीमा समापन भएको थियो ।
लायन्स क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक-३२५ का डिस्ट्रिक गभर्नर लायन शम्भुबहादुर थापाले म्याराथन शुरु गराएका थिए ।
उक्त कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी कलङ्की वृत्तका प्रहरी नायव निरीक्षक यमबहादुर थापाले सुरक्षा लगायत अन्य संयोजन गरिदिएका थिए ।
म्याराथन शुरु हुनुभन्दा अगाडि आयोजक क्लबका अध्यक्ष लायन ताराप्रसाद मैनालीले यो कार्यक्रम आयोजना गरिनुको उद्देश्यको बारेमा स्पष्ट पारेका थिए ।
धावक विश्वकर्माले नियमति व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देशसमेत बाँडेका थिए ।
म्याराथन सम्पन्न भएपश्चात गभर्नर लायन थापाले धावकलाई साहसीपूर्ण कदमको प्रशंसा गर्दै माला लगाई बधाइ तथा शुभकामना दिए ।
आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने कुरा आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले जानकारी गराए ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...