कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडाैं | बैशाख ६, २०८१
रक्सीले मातेको सुरमा धकेलाधकेल हुँदा भीडबाट खसेर गोरखाको शहीद लखन गाउँपालिका–३ का १८ वर्षीय अमन गुरुङको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।
तनहुँस्थित आबुखैरेनी गाउँपालिका–३ आबुँगाउँ स्वामी चौतारा भन्ने ठाउँमा बुधवार साँझ अमनसहित सात जना बसेर मादक पदार्थ पिएका थिए ।
सोही क्रममा भनाभन हुँदा धकेलाधकेल भएको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिलराज बोहराका अनुसार स्थानीय पुरानो कोट जङ्गलको भीरबाट अमन खसेका थिए ।
'सबै चीनजानकै साथीहरू सँगै बसेर मदिरा सेवन गरेका रहेछन्, त्यतिकैमा भनाभन भएछ, धकेल्ने क्रममा अमन भीरबाट खसेका थिए’, उनले भने ।
अमनको हत्या भएको भन्दै पीडितका परिवारले प्रहरीमा उजुरी दिएपछि सात जना अनुसन्धानका लागि पक्राउ गरिएको बोहराले बताए ।
पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका– ३ का रोहित घले, आशिष काराखेती, बलराम श्रेष्ठ, सागर श्रेष्ठ, कुशल गुरुङ , गोरखाका सन्तोष गुरुङ र एक जना नाबालक छन् ।
अमनको एक सय १० फिट तल चन्दनी खोल्सा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
एसपी बोहराले भने, 'सातै जना मिलेर अमनको हत्या गर्ने योजनासहित धकेलेर मारेको होइन, रक्सी खाएको सुरमा धकेलाधकेल हुँदा उनी भीरबाट खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । थप अनुसन्धान जारी छ ।’
परिवारले हत्या नै भएको भनेर प्रहरीमा जाहेरी दिएकाले कर्तव्य ज्यान मुद्दामै अनुसन्धान भइरहेको उनले बताए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...