×

NMB BANK
NIC ASIA

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ कारागार चलान, कसलाई कति धरौटी​ ?​

बुटवल | बैशाख ७, २०८१

NTC
Premier Steels

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये ६ जनालाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

Muktinath Bank

रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिनीका अनुसार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहित ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले सहकारीका अध्यक्षबाहेक ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।


Advertisment
Nabil box
Kumari

सूचना अधिकारी मरासिनीका अनुसार पुनलाई ४ लाख, नवीन अछामीलाई १४ लाख, सहकारीका सचिव दुर्गा चापागाईलाई १८ लाख, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार, नीता थापा मगरलाई दुई लाख र रोशनी गुरुङलाई २ लाख धरौटीमा छाड्न आदेश गरिएको छ ।

Vianet communication

सहकारीको करिब १ अर्ब रुपैयाँ अपचलन भएको बचतकर्ताको उजुरीको आधारमा प्रहरीले अनुसन्धान गर्दा २८ जनालाई प्रतिवादी बनाएको थियो ।

गोर्खा मिडिया नेटवर्कका गितेन्द्र राई (जीबी)सहित बाँकी १९ जना प्रतिवादीको म्याद जारी हुने मरासिनीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रवि लामिछानेले पनि सहकारीको रकम दुरुपयोग गरेको देखिए पनि उनलाई प्रहरीले प्रतिवादी बनाएको थिएन ।

सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ भने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x