पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
काठमाडाैं | बैशाख ८, २०८१
नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले विचारधारा, अर्थ राजनीतिक कार्यदिशा नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विकल्प हुन नसक्ने टिप्पणी गरेका छन् । ललितपुरको गोदावरीमा शनिवार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले यस्ता स्वार्थ समूह विकल्प बन्नै नसक्ने दाबी गरेका हुन् ।
‘पपुलिस्ट कुरा गर्नेले असन्तुष्टिको उजागर मात्रै गर्न सक्छन्, तर समाधान दिन सक्दैनन् । समाधान दिने विचार, कार्यक्रम र दृष्टिकोण भएकाले हो,’ उनले भने, ‘विचार, दर्शन र सही अर्थ राजनीतिक कार्यदिशा नभएकाहरू स्वार्थ समूह हुन् । यिनीहरूले स्वार्थभन्दा अरु हेर्दैनन् । यिनीहरू वैकल्पिक शक्ति पनि हुन सक्दैनन् ।’
एमालेबाट बाहिरिएका माधवकुमार नेपालतिर संकेत गर्दै ओलीले नेकपा (एकीकृत समाजवादी) जनताबाटै अस्वीकृत भएको बताए ।
‘कम्युनिस्ट आन्दोलन विभाजित गर्ने र वर्तमान सरकार ढाल्दै पुँजीपति वर्गको नेतृत्वमा नयाँ सरकार बनाउन खोज्ने दक्षिणपन्थी अवसरवाद नै कमजोर हुन पुगेको छ । हाम्रा पार्टीकाविरुद्धमा प्रयोग गर्न खोजिएको प्रयोग अन्ततः जनमतबाटै अस्वीकृत हुँदै पराजित हुन पुगेको छ ।’
ओलीले आफ्नो संसद् विघटनको कदमलाई प्रगिगमनको संज्ञा दिइएपनि यस्तो भाष्य झुटमा सीमित भएको दाबी पनि गरे ।
नेपाली कांग्रेसको जनाधार खस्किएको भन्दै ओलीले अब एमाले नै बलियो शक्तिको रुपमा स्थापित भएर जाने बताए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...