मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडाैं | बैशाख ८, २०८१
चिकित्सा शिक्षा सुधारका लागि भन्दै आन्दोलन गरिरहेका डा गोविन्द केसीले शिक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
शनिवार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजना गर्दै डा केसीले स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्ने सरकारी निकाय र शिक्षण संस्थानमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न गठित समितिको उक्त प्रतिवेदन कार्यान्वयनको माग राखेका हुन् ।
छानबिन समितिले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र केपी शर्मा ओलीलगायत प्रमुख दलका नेताहरू नै संलग्न रहेको उल्लेख गर्दै प्रतिवेदनको सुझावअनुसार तुरुन्त दोषीहरूउपर कारबाही गर्न माग गरेका हुन् ।
‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले करिब ७ वर्षअघि बुझाएको, भ्रष्टाचारमा संलग्न पदाधिकारीहरू र सजायबारे सुझावसहितको रिपोर्ट हालै मन्त्रालयले सार्वजनिक गरेको छ । दोषीहरूमा देउवा, ओली र प्रचण्डलगायत प्रमुख दलका नेता, पदाधिकारी र कार्यकर्ताहरू छन्,’ डा केसीद्धारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ, ‘रिपोर्ट बुझाएलगत्तै त्यसलाई सार्वजनिक गरेर दोषीहरूमाथि कारबाही गर्न शुरूमा देउवा र त्यसपछि ओली सरकारलाई आग्रह गरेका थियौं र सत्याग्रहसहितको दबाब दिएका थियौं तर सुनुवाइ भएन । अब प्रतिवेदन सार्वजनिक भइसकेको अवस्थामा त्यसका सुझावअनुसार तुरुन्त दोषीहरूउपर कारबाही गर्न माग गर्दछौं,’
त्यस्तै, डा केसीले मुलुकमा गुणस्तरहीन शिक्षा र दिगो रोजगारीको अभाव भएका कारण १२ कक्षा उत्तीर्ण भएलगत्तै प्रत्येक वर्ष दशाैँ हजार युवा विदेशिइरहेको बताउँदै यसको कारण नै मुख्य दलको नेतृत्व रहेको आरोप लगाएका छन् ।
सर्वोच्च अदालतले मापदण्ड पनि नपुगेको र प्रक्रिया पनि नपुर्याएको मेडिकल व्यापारीको अस्पताललाई सम्बन्धन दिनु भन्ने आदेश चिकित्सा शिक्षा ऐन र अन्य प्रचलित कानूनहरूको विपरीत भएको केसीको दाबी छ ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...