×

NMB BANK
NIC ASIA

विशाल योगफल बनाएको हैदराबादले निकाल्यो दिल्लीमाथि फराकिलो जीत

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको फराकिलो जीत निकालेको छ ।  

Muktinath Bank

दिल्लीस्थित अरुण जेट्ली रंगशालामा शनिवार टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २६६ रनको विशाल योगफल बनायो । यो क्रिकेट इतिहासकै चौथो ठूलो योगफल खडा गरेको थियो । आईपीएल इतिहासमा पहिलो धेरै रन बनाउने टोली पनि हैदराबाद नै बनेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो क्रममा हैदराबादमा ब्याटरहरूले विष्फोटक ब्याटिङ गरेका थिए । हैदराबादका लागि ओपनर द्वय ट्राभिस हेड र अभिषेक शर्माले विष्फोटक शुरूवात गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

यसैले हैदराबादले पावर प्लेको ६ ओभरमा नै १२५ रन बनाएको थियो । 

Vianet communication

null

३२ बलको सामना गरेका हेडले  ११ चौका र ६ छक्कासहित सर्वाधिक ८९ रनको पारि खेले । यस्तै १२ बलको सामना गरेका शर्माले २ चौका र ६ छक्का प्रहार गर्दै ४६ रन बनाए । 

यसैगरी शहवाज अहमदले नटआउट ५९ रन, नीतिश रेड्डीले ३७ रनको योगदान गरे ।

दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक ४ विकेट, मुकेश कुमार र अक्षर पटेलले समान १ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ गरेको दिल्ली भने १९.१ ओभरमा अलआउट भयो । विशाल रनको लक्ष्य पछ्याएको दिल्लीले १९९ रन मात्र बनायो । 

दिल्लीका लागि जाक फ्रेजर–मक्गर्कले सर्वाधिक अर्धशतकी पारी खेल्दै ६५ रन बनाए ।  

हैदरावादको लागि थांगासु नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मयंक मार्कण्डे र नितिश रेड्डीले पनि समान २–२ विकेट हात पारे ।

जीतसँगै हैदराबाद ७ खेलमा ५ जीतसहित १० अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ भने दिल्ली सातौं स्थानमा छ ।

आईपीएलमा आइतवार २ खेल हुँदैछन् । दिउँसो पौने ४ मा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर तथा बेलुका पौने ८ बजे पञ्जाब किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x