×

NMB BANK
NIC ASIA

एमालेको कार्यक्रममा देउवाको जोड– महत्वपूर्ण विषयमा मुख्य दलबीच सहकार्य जरुरी छ

काठमाडाैं | बैशाख १०, २०८१

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पनि प्रमुख दलबीच निरन्तर सहकार्यको जरुरी रहेको बताएका छन् । 

Muktinath Bank

सत्तारुढ दल नेकपा (एमाले)ले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसर पारेर सोमवार गादावरीमा मनाएको हीरक महोत्सवलाई सम्बोधन गर्दै देउवाले महत्वपूर्ण विषयमा सहकार्य गर्दै आएकोले फेरि पनि सहकार्यको पक्षमा कांग्रेस रहेको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कांग्रेस र एमाले दुवै पार्टी नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । महत्वपूर्ण एजेन्डामा सहकार्य भएको लामो इतिहास छ । ४६ साल, ६२÷६३ सालको आन्दोलन, संविधान निर्माण र यसको कार्यान्वयन हाम्रो सहमतिको उदाहरण छ,’ उनले भने, ‘कांग्रेसले महत्वपूर्ण विषयमा विद्यमान दलबीच संवाद र सहकार्यको नीति लिएका छौं । हामी यसको निरन्तरताको पक्षमा छौं । फेरि पनि यस्तो सहकर्याको जरुरी छ ।’ 


Advertisment
Nabil box
Kumari

संविधान कार्यान्वयका लागि पनि मिलेर जानुपर्नेमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले जोड दिए ।

Vianet communication

संविधानको रक्षा र सुदुढीकरणका लागि प्रमुख दलबीच न्यूनतम सहमति आवश्यक रहेको उनको भनाइ थियो । संसद्लाई राष्ट्रको हितमा काम गर्ने बनाउन पनि मुख्य दल मिल्नुपर्ने उनले बताए ।

देउवाले सँगै रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x