मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
पाेखरा | बैशाख १०, २०८१
लमजुङ- काम गर्दा असहज हुने, भारी बोक्दा अप्ठ्यारो । लमजुङकी ६२ वर्षीया सानमाया घलेलाई । बेलाबेला तल्लो पेट दुख्ने भइरहन्थ्यो । जनचेतनाको अभाव र भौगोलिक विकटताले सानमाया लामो समय पीडा सहेर बसिन् । तर, एकदिन पीडा असह्य भएपछि उपचारका लागि लमजुङबाट पोखरा झरिन् । उपचारका क्रममा थाहा भयो– पाठेघरमा घाउ भइसकेको रहेछ । उपचारपछि फर्किएकी सानमाया अहिले थोरै ठीक छिन् । तर, अहिलेपनि बेलाबेला पेट दुख्ने गरेको उनी बताउँछिन् । ‘घाउ भएको पालिएपनि काम गर्दा कहिलेकाहीँ दुख्छ,’ उनले भनिन् ।
सानमायालाई बेलाबेला अस्पताल धाइरहनुपर्छ । उनलाई बुढ्यौलीसँगै लाग्ने रोगले छोएको छ । त्यसैले पनि हो अस्पताल झरिरहनुपरेको । तर, बाटो देख्दा उनलाई उपचार गर्न पनि नजाउँ लाग्छ । त्यसो त जिल्लाकै विकट मानिन्छ दूधपोखरी गाउँपालिका । त्यसमा पनि वडा नम्बर २ पालिकाबाट पर छ । जिल्ला सदरमुकाम झर्न एकदिन नै लाग्छ । तीन घण्टामा आइने स्वास्थ्यचौकीमा आवश्यक पर्ने सबै उपचार मिल्दैन ।
आवश्यक स्वास्थ्यका जनशक्ति, पूर्वाधार विकासको अभाव त छ नै । यातायातको बढी असुविधा छ । घरभन्दा तल बाटो पुगेको छ । तर, चाहिएको बेला गाडी पाइँदैन । जीप हो चल्ने । त्यो पनि भनेको बेला पाइँदैन
वडा नं २ को विचौर स्वास्थ्य चौकी बलेडाँडाबाट पर पर्छ । विचौरको स्वास्थ्य चौकीभन्दा गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेक स्वास्थ्य चौकीमा अलि सुविधासम्पन्न छ ।
सदरमुकाम जान एकदिन लाग्छ । भच्चेक एकदिनमा पुगेर फर्किन सकिन्छ । त्यसैले बलेडाँडाका स्थानीय आधारभूत उपचारका लागि गोरखाको भच्चेक स्वास्थ्य चौकी पुग्छन् । सानमाया पनि उतै जाने गर्छिन् । ‘हिँड्न सक्नेलाई भच्चेक जान सजिलो छ । यसर्थ हिँड्न सक्ने त्यहाँ जान्छन् । यहाँको भन्दा त्यहाँको उपचार राम्रो छ । मैले पनि त्यहाँ गएर चेक गरेको छु । त्यहाँ भिडियो एक्से पनि गरिदिन्छ,’ उनले भनिन् ।
त्यसो त यातायात असुविधाका कारण भच्चेक पनि पैदल नै हिँडेर पुग्नुपर्छ । दैनिक रुपमा बस चल्दैनन् । सहज पहुँच नभएपनि उपचार गराउन पुग्छन् स्थानीय । तर, आकस्मिक अवस्था आएमा स्थानीयलाई सकस छ । यातायातको सुविधा नहुँदा ज्यान नै दाउमा राख्नुपरेको छ । वडा नं २ को बलेडाँडा, भुल्मीचोकका स्थानीयले भोग्नुपरेको समस्या हो यो ।
आकस्मिक उपचार आवश्यक परेमा पैदल नै हो स्वास्थ्यचौकी पुग्ने । भुल्मीचोकका स्थानीयले दुई घण्टा र बलेडाँडाकालाई तीन घण्टा पैदल यात्रा गर्नुपर्छ । गाउँमा आजभोलि युवा छैनन् । यसले गर्दा बिरामी बोक्न मान्छे नपाइने अर्की स्थानीय सन्तमाया तामाङको दु:खेसो छ । एम्बुलेन्सको सुविधा पनि नभएको र गाडी आक्कलझुक्कल मात्र आउने उनी बताउँछिन् ।
‘बिरामी भइयो भने बोक्ने मान्छे नपाएर हस्पिटल जान गाह्रो हुन्छ । गाउँमा बूढाबूढी र केटाकेटी मात्रै छन् । तिनीहरूले बोक्न सक्दैनन् । गाडी पाउँदैन,’ उनले समस्या सुनाइन्, ‘पहिला–पहिला विचौरमा एम्बुलेन्स ल्याइन्थ्यो, अहिले त खै देखिँदैन । न गाडी पाइन्छ, न बोकेर लाने मान्छे !’
अझ यस्तो अवस्थामा आकस्मिक घटना र गर्भवतीलाई अप्ठ्यारो पर्ने गरेको सन्तमायाको भनाइ छ । सुत्केरी व्यथा लागेपछि अधिकांश गर्भवतीलाई हिँडाएर नै स्वास्थ्य चौकी पुर्याउने गरेको उनले सुनाइन् । यद्यपि थप उपचार आवश्यक परे सक्नेले ‘रिजर्भ’ गरेर सदरमुकाम झार्ने गरेका छन् ।
स्वास्थ्य चौकीमा समेत भनेको बेला आवश्यक उपचार मिल्दैन । आवश्यक स्वास्थ्य उपकरण वा औषधिको अभाव भएको बताउँछिन् भुल्मीचोककी स्थानीय माया गुरुङ ।
‘सिकिस्तै बिरामी भइयो भने जानै नसक्ने अवस्था छ । न बोकेर लान मिल्ने न गाडी जाने,’ उनले भनिन्, ‘पहिलेको पुरानो स्वास्थ्य चौकीमा खासै सुविधा छैन । अहिले नयाँ बन्दैछ, त्यसमा हुन्छ कि भन्ने अलि–अलि आशा छ । विचौर स्वास्थ्य चौकीमा त कोही बेला सिटामोल पनि नआउने अवस्था छ।’
१२ करोड बनेको अस्पताल सञ्चालनमा अनिश्चिता
यो दुर्दशा मायाले उल्लेख गरेको ‘पुरानो’ विचौरको स्वास्थ्य चौकीको हो । विचौरस्थित अल्काचौरमा १५ शय्याको अस्पताल निर्माणको अन्तिम चरणमा छ । निर्माणधीन अस्पतालले स्थानीयमा थोरै आशा भने जगाएको छ । तर, निर्माणको अन्तिमा चरणमा रहेको यो अस्पताल सञ्चालनबारे टुंगो छैन । अस्पताल सञ्चालन हुनेमा स्वयं गाउँपालिका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ नै संशयमा छन् ।
‘करिब–करिब सम्पन्न भयो । सञ्चालनमा आउन त त्यस्तै हो । अब यो डाक्टर छैन । त्यत्रो १५ शय्या हस्पिटल त बन्यो, तर यहाँ दरबन्दीहरू नै छैन । दरबन्दी पालिकाले राख्न सक्ने भएन । माथिबाट पठाइँदैन,’ उनले भने ।
दरबन्दी नभएपछि विचौरको स्वास्थ्यचौकी अस्पतालमा सार्ने योजनामा पालिका रहेको उनले सुनाए । यो बाहेक अन्य विकल्प नरहेको उनको भनाइ छ । स्वास्थ्यको पूर्वाधार अभाव अर्को यातायातको असुविधा । पालिकाले यातायातको समस्या समाधान गर्न लागिपरेको सुनाए ।
‘ढलानको कारणले बाटो रोकिएको छ । चार–पाँच दिन भयो अहिले गाडी विचौर पुगेको छ । गाउँपालिकाको सोच बाह्रै महिना गाडी चलाउने भन्ने छ । सकुञ्जेल गर्ने हो । भर्खर–भर्खर खोलेको बाटो भएकाले गाह्रो–गाह्रै छ,’उनले थपे ।
विकट गाउँपालिका भएका कारणपनि पालिकाको आवश्यकता थुप्रै रहेको उनी सुनाउँछन् । त्यसैले पनि प्राथमिकतामा परेका योजनामध्ये पनि छनाेट भएर काम अघि बढिरहेको उनको भनाइ छ ।
सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो । २०७७ सालमा सरकारले ल्याएको यो महत्वाकांक्षी योजनामा अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति व्यवस्थापनका लागि मापदण्ड समेत बनाइएको थियो । पाँच शय्या, १०, शय्या र १५ शय्या अस्पताल व्यवस्थापनका लागि जनशक्ति तोकिएको थियो ।
१५ शय्याको अस्पताल व्यवस्थापनका लागि तीनजना मेडिकल अफिसर र २७ स्वास्थ्यकर्मी खटिने मापदण्ड बनेको थियो । तर, अहिले जनशक्तिपूर्ति गर्ने दरबन्दी नहुँदा अस्पताल सञ्चालन विषय नै अन्योल छ । एकैपटक देशैभर शिलान्यास भएका स्थानीय तहका अधिकांश अस्पताल अहिले अलपत्र छन् । अल्काचौरको १२ करोड ९० लाख ४९ हजार ३६९ रुपैयाँमा सम्झौता भएको थियो ।
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...