कात्तिक २१, २०८०
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
काठमाडाैं | बैशाख १५, २०८१
टी–२० क्रिकेटमा दबदबा र सनसनी मच्चाउँदै आएको टेस्ट टोली वेस्ट इन्डिजको ‘ए’ टीमविरुद्ध घरेलु टोली नेपालले शनिवार सनसनीपूर्ण जीत दर्ता गरेको छ । टी–२० विश्वकपअघि ५ खेलको श्रृंखलाका लागि नेपाल आएको वेस्ट इन्डिज ‘ए’माथि नेपालले शानदार ४ विकेटको जीत हासिल गरेको हो । कुनै समय असम्भव जस्तो देखिएको २०५ रनको लक्ष्य पछ्याएको नेपाल २ बल बाँकी छँदै अन्ततः जीतसम्म पुग्न सफल भयो ।
विश्वकप, आईपीएलसहितका विश्वका उत्कृष्ट कप, लिग, टेस्ट र वान डेका महत्वपूर्ण प्रतियोगिता र खेल खेलिसकेका सहभागी टोलीलाई नेपालले पराजित गरेको हो । बलियो टोलीविरुद्ध जीत निकाल्दा कप्तान रोहित पौडेलले सनसनीपूर्ण शतक मात्रै प्रहार गरेनन् । टीमलाई जीत दिलाउन एकल नायकको भूमिकासमेत पूरा गरे । अन्ततः टस जितेर पहिले फिल्डिङ रोज्दै रोहितले गरेको अलराउन्ड प्रदर्शनमा महत्वपूर्ण जीत दर्ता गर्न नेपाल सफल भयो ।
कुनै समय १० ओभरमा ८२ रन बनाए पनि कप्तान रोहितको सुझबुझपूर्ण ब्याटिङ र शतकका मद्दतमा नेपालको जीत सम्भव भएको हो । ४७ बलमा ५ छक्का र १० चौकाको मद्दतमा शतक प्रहार गरेका रोहितले थप १२ रन बनाए । त्यस क्रममा एउटा छक्का पनि थपेका थिए । रोहितले ५४ बलमा ११२ रनको महत्वपूर्ण इनिङ्स खेल्दा नेपालको जीतको आधार बनेको हो ।
उनी १८.५ ओभरमा आउट हुँदा नेपाल १९२ रन जोड्दा ६ विकेट गुमाएको स्थितिमा थियो । रोहितलगत्तै आएका प्रतिश जीसीले १९ औं ओभरको अन्तिम बलमा चौका प्रहार गरेपछि नेपाल जीतसम्म पुग्ने स्थिति देखियो । किनकि ४ विकेट पनि बाँकी र ६ बलमा ९ रन बनाउन कठिन थिएन ।
२० ओभरको पहिलो बलमा गुल्सन झाले १ रन लिए । दोस्रो बलमा प्रतिशतले पनि १ रन लिएर गुल्सनलाई स्ट्राइक दिए । त्यसपछि तेस्रो र चौथो बलमा गुल्सनले लगातार २ चौका हानेपछि नेपालले बलियो टोलीविरुद्ध सनसनीपूर्ण जीत हासिल गरेको हो । १६, १७ र १९ औं ओभर प्रत्येकमा १५ माथिको रन बनाएपछि नेपालले असम्भव देखिँदै गएको खेललाई आफ्नो नियन्त्रणमा ल्याउँदै जीतसम्म पुगेको हो । १६ औ ओभरमा १७, १७ औं ओभरमा १९ र १९ औं ओभरमा १५ रन बनेपछि नेपाललाई जीतसम्म पुग्न कठिन भएन । यी ३ ओभरमा रोहित एक्लैले ३७ रन एक्लै जोेडेका थिए ।
ब्याटिङमा मात्रै होइन नेपालको लागि बलिङ र फिल्डिङमा समेत रोहितले उत्कृष्ट भूमिका निभाए । २६ बलमा ४७ रन बनाएका अलिक अथान्जलाई रोहितले नै ललित राजवंशीबाट क्याचआउट गराएका थिए । त्यस्तै, ५ बलमा १३ रन बनाए आन्द्रे फ्लेचरलाई रोहित र अनिल साह मिलेर रनआउट गरे ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेल र कुशल मल्लले १६-१६ रन बनाए । यस्तै कमलसिंह ऐरी, रोहित पौडेल, दीपेन्द्र र अविनाश बोहराले समान १–१ विकेट लिए । अन्तिम ओभरमा दीपेन्द्रले ४ रनमात्रै दिएर १ विकेट लिएपछि वेस्ट इन्डिज ठूलो स्कोर बनाउनबाट चुकेको थियो । अविनाशले ४ ओभरमा २८ रन दिएर एक विकेट लिएर किफायती बलिङ गरे ।
पावर प्लेको ६ ओभरमा वेस्ट इन्डिज ७७-२ को बलियो स्थितिमा थियो । तर त्यसपछि भने नेपाली बलर विस्तारै खेलमा फर्किन पुगे । नेपालसँग पराजित भएपछि वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले नेपाली कप्तान रोहितको खुलेर प्रशंसा गरे । चेजले नेपालविरुद्ध सबैभन्दा बढी ७४ रनको योगदान दिए ।
खेल जितेपछि रोहित आफैंले पनि ‘टुडे वाज माइ डे’ भनेका थिए ।
प्लेयर अफ द म्याच कप्तान रोहितले जित्दा ‘सट अफ द डे’ लगातार २ चौका प्रहार गरेर खेल जिताउने गुल्सन झाले पाए । नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो खेल आइतवार कीर्तिपुरको मैदानमै खेल्नेछ ।
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...