कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
बुटवल | बैशाख २०, २०८१
लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पाका तीनैजना प्रत्यक्ष निर्वाचित सांसद मन्त्री तथा मुख्यमन्त्री बन्ने गज्जबको संयोग जुरेको छ ।
प्रतिनिधिसभातर्फ एउटै मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट जितेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अर्थमन्त्री छन् ।
प्रदेशसभातर्फ रोल्पा १ (१) बाट निर्वाचित जोखबहादुर महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री र रोल्पा १ (२) बाट निर्वाचित दीपेन्द्रकुमार पुन मगर लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बनेका छन् । तीनैजना माओवादी सांसद हुन् ।
दीपेन्द्र माओवादीबाट प्रदेशसभामा टिकट नपाएपछि स्वतन्त्र उठेर निर्वाचित भएपछि माओवादीमै फर्किएका थिए । मन्त्री बनाउने शर्तमा उनलाई पार्टीमा फर्काइएको थियो ।
एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा मुख्यमन्त्रीसहित २ मन्त्री बनेपछि जिल्लाको विकास हुने र आफूहरूको जीवनस्तर उकासिने आस रोल्पालीले गरेका छन् । माओवादी रोल्पाका अध्यक्ष रेशम पुनले बिरलै जुर्ने यस्तो संयोग यो पटक रोल्पामा जुरेकाले जनअपेक्ष धेरै रहेको बताए ।
‘जिल्लामा गर्नुपर्ने धेरै काम छन्,’ रेशमले लोकान्तरसँग भने, ‘पहिलो कुरा शहीदको सपना पूरा गर्नुपर्ने छ । दोस्रो, यहाँका जनताको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउन आवश्यक छ । त्यस्तै, जिल्लामा पर्ने गौरवको आयोजना शहीद मार्ग लामो समयदेखि अपूरो छ । सिमिचौर–थवाङ सडक कालोपत्रे गर्नुपर्नेछ । सुलिचौर गाम हुँदै बाग्लुङ जोड्ने सडक अब सबै नेता पावरफूल तहमा पुगेपछि बन्ने आस रोल्पालीले गरेका छन् ।’
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति तथा रोल्पाका नेता अम्मरसिंह पुनले जिल्लाको विकास गर्नका लागि तीनै मन्त्रीलाई शुभकामना दिए ।
‘यसअघि पनि रोल्पाले मुख्यमन्त्री र अर्थमन्त्री पाएको हो,’ पुनले भने, ‘विकासको हिसाबले लुम्बिनी प्रदेशमै रोल्पा पछाडि छ । खासै काम भएका छैनन् । अहिले सबै निर्वाचित सांसद मन्त्री बन्नुभएको छ । अब रोल्पाको समृद्धिका लागि काम गर्नुपर्छ । मदन भण्डारी लोकमार्गको काम पूरा गर्नु आवश्यक छ । शिक्षा र स्वास्थ्यमा काम गर्नु छ । कृषियोग्य जमिन उपयोग गर्दै बसाइँसराइ रोक्ने योजना ल्याए जिल्लामा राम्रो हुने थियो ।’
वि.सं.२०६४ सालमा रोल्पाबाट निर्वाचित भएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री समेत भएका थिए । २०६४ मै रोल्पाबाट निर्वाचित महिला नेत्री जयपुरी घर्ती पनि मन्त्री बनेकी थिइन् ।
रोल्पाकै कृष्णबहादुर महरा पटक–पटक मन्त्री हुँदै सभामुखसम्म बने । रोल्पाकी ओनसरी घर्ती उपसभामुख हुँदै सभामुख बनिन् । रोल्पाकै अर्का माओवादी नेता नन्दबहादुर पुन दुईपटक उपराष्ट्रपति बने ।
यसअघि वि.सं. २०७८ मा पनि रोल्पाले मुख्यमन्त्री पाएको थियो । माओवादी केन्द्रका कुलप्रसाद केसी लुम्बिनी प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका थिए ।
नेकपा एमाले रोल्पाका अध्यक्ष अमृत बुढाले विगतमा पनि रोल्पाले अर्थमन्त्री, मुख्यमन्त्रीदेखि प्रधानमन्त्री र सभामुखसम्म पाएको बताउँदै काम हुन्छ भन्ने जनविश्वास गुम्दै गएको बताए ।
‘विगतमा पनि अपेक्षा धेरै गरिएको थियो,’ बुढाले लोकान्तरसँग भने, ‘अस्पताल र सडकको स्तरोन्नति पहिलो आवश्यकता हो । अब तीनैजना मन्त्रीले यसतर्फ ध्यान दिएर काम गरे राम्रो होला । होइन भने, जनताले अब विश्वास गर्ने छैनन् ।’
रोल्पा तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धको उद्गम थलो पनि हो । २०५२ देखि २०६३ सम्म रोल्पाका गाउँमा सरकारी उपस्थिति शून्यप्रायः थियो ।
रोल्पा वि.सं. २०१८ मा प्यूठान, सल्यान र रुकुमबाट चोइटिएर बनेको जिल्ला हो । जनयुद्धको बेला सबैभन्दा बढी क्षति रोल्पाले व्यहोरेको थियो ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...