मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
काठमाडाैं | बैशाख २२, २०८१
टी–ट्वान्टी शृङ्खलाको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार वेस्ट इन्डिज ‘ए’ले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
खेलको अठारौं ओभरमा कुशल मल्लले ५ बलमै २२ रन हानेपछि नेपाललाई विजयी बन्न सहज भएको हो । सो ओभरमा मल्लले ४ चौका र १ छक्का प्रहार गरे । उनले १८ बलमा ३ चौका र ३ छक्काको मद्दतमा अविजित ३७ रन बनाए ।
त्यस्तै आसिफ शेखले ५१ रनको योगदान दिए । उनले ३५ बलमा दुई चौका र चार छक्का हाने । अनिल शाहले ४५ बलमा चार चौका र चार छक्कासहित ५८ रन बनाए । कुशल भुर्तेलले १३ र दीपेन्द्रसिंह ऐरीले ५ रन बनाए ।
यसअघि वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे ।
यस्तै रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा पाँच चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले ३/३ तथा अविनाश बोहराले १ विकेट लिएका थिए ।
टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो ।
त्यसपछिको दोस्रो खेलमा नेपाल १० रन, तेस्रो खेलमा ७६ रन र चौथो खेलमा २८ रनले पराजित भएको थियो ।
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो । जितसँगै केकेआर अंक तालिका...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ । सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...