×

NIC ASIA

बार्सिलोना पराजित भएसँगै रियललाई ला लिगा उपाधि

काठमाडाैं | बैशाख २३, २०८१

Prabhu Bank
NTC
Premier Steels

बार्सिलोनाको पराजित भएसँगै रियल म्याड्रिडले २०२३–२४ सिजनको स्पेनिस शीर्ष डिभिजन लिग ला लिगाको उपाधि जितेको छ । शनिबार राति बार्सिलोना जिरोनाविरुद्ध ४–२ ले पराजित भएसँगै रियलले चार खेलअगावै लिग उपाधि जितेको हो ।

Muktinath Bank

घरेलु टोली जिरोनाविरुद्ध बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएपनि हार बेहोर्न पुग्यो । खेलको तेस्रो मिनेटमा नै आन्द्रेयास क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर यो अग्रता धेरैबेर टिक्न सकेन । चौथो मिनेटमा नै आर्टेम डोभबिकले जिरोनाका लागि बराबरी गोल फर्काए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत रोबर्ट लेवान्डोस्कीले बार्सिलोनालाई पुनः अग्रता दिलाए । तर दोस्रो हाफमा बार्सिलोनाले तीन गोल खाना पुग्यो ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication

६५औं मिनेटमा क्रिस्टियन पोर्टुले जिरोनाका लागि पुनः बराबरी गोल गरे । ६७औं मिनेटमा लिने मिगेल गुटिएरेजले गोल गर्दै जिरोनालाई अग्रता दिलाए । ७५औं मिनेटमा पोर्टुले जिरोनाका लागि चौथो गोल गरे ।

लिग विजेता रियलको ३४ खेलमा ८७ अंक रहेको छ । जिरोना

दोस्रो स्थानमा छ । उसले ७४ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको बार्सिलोनाको ७३ अंक छ । 

रियलले शनिबार नै भएको खेलमा काडिजविरुद्ध ३–० को जित हासिल गरेको थियो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले एक–एक गोल गरे ।

रियलको यो कीर्तिमानी ३६ पटक स्पेनिस लिग उपाधि हो । बार्सिलोनाको भने २७ पटक उपाधि जितेको छ । यस्तै एट्लेटिको म्याड्रिडले ११ पटक उपाधि हात पारेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

x