कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
विराटनगर | बैशाख २४, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्तीमैत्री पदयात्राका क्रममा खानामा मात्रै १० लाख बढी रकम खर्च भएको पाइएको छ । गत फागुन ९ देखि १५ गतेसम्म मुख्यमन्त्री कार्कीले झापा, मोरङ, इलाम, सुनसरी र उदयपुरलगायत जिल्लामा हात्तीमैत्री पदयात्रा गरेका थिए ।
पदयात्राका क्रममा दैनिक २९० जनालाई खाना खुवाइएको प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले संदीय समितिलाई बुझाएको विवरणमा उल्लेख छ । प्रतिव्यक्ति पाँच सयका दरले २९० जनालाई खाना खुवाउँदा सात दिनमा १० लाख १५ हजार खर्च भएको मन्त्रालयले प्रदेशको लेखा समितिलाई बुझाएको जवाफमा उल्लेख छ । अनुमानभन्दा धेरै खर्च भएपछि प्रदेश सरकारले अझैंसम्म भुक्तानीसमेत गरेको छैन । ‘हामीले दैनिक ८० देखि ८५ जनाको स्टमेट गरेका थियौं,’ मन्त्रालयका सचिव विशाल घिमिरेले भने, ‘तर, अनुमानभन्दा धेरै खर्च भएकाले भुक्तानी गरेका छैनौं ।’
पदयात्राका क्रममा प्रचार प्रसारका लागि टोपी छाप्न मात्रै मन्त्रालयले एक लाख रुपैयाँ खर्च गरेको पाइएको छ । प्रचार प्रसारमूलक टोपी छपाइ तथा खरिद शीर्षकमा मन्त्रालयले १ लाख खर्च गरेको हो ।
ढुवानी शीर्षकमा मन्त्रालयले १ लाख ४ हजार खर्च गरेको छ । पक्की सडकमा खाद्यान्न तथा टेन्ट ढुवानी शीर्षकमा २४० किलो मिटरको ४६ हजार ३ सय रुपैयाँ खर्च गरेको छ । २४० मिटर कच्ची सडकमा भने ५८ हजार १ सय रुपैयाँ खर्चेको छ ।
टेन्ट म्याट्रेक्स ढुवानीका लागि पिकअप भाडा शीर्षकमा ८० हजार खर्चिएको मन्त्रालयले जनाएको छ । ‘मास्टरपलान’अनुसार नै कार्यक्रम गरिएको सचिव घिमिरेले बताए । प्रकृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि हात्ती मैत्री पदयात्रा २०८० नारा दिएर कार्यक्रम गरिएको थियो । चालु आवमा वन्यजन्तु वासस्थान संरक्षण गर्ने उद्देश्यले ४० लाख बजेट विनियोजन गरिएको थियो ।
हात्तीमैत्री पैदल यात्राको विषयलाई लिएर प्रदेश सभाको सार्वजनिक लेखा समितिले समेत प्रश्न उठाएको थियो । दुईपटक पत्र पठाएपछि मात्रै समितिलाई मन्त्रालयले जवाफ दिएको हो । कोशी प्रदेश सभाको सार्वजनिक लेखा समितिले तोकेको समयभित्र पर्यटन, वन तथा वातावरण मन्त्रालयले जवाफ नदिई आलटाल गरेको थियो । ५ लाख ५० हजार पेस्की निकालिएको र ९९ हजार ८९२ रुपैयाँ मात्रै भुक्तानी गरिएको समितिलाई पठाइएको जवाफमा उल्लेख छ ।
गएको फागुन ९ देखि १७ गतेसम्म मुख्यमन्त्री केदार कार्कीले गरेको हात्तीमैत्री पदयात्राबारे पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पाँच बुँदे प्रश्न सोधेर लेखा समितिले लिखित जवाफ मागेको थियो । दोस्रोपटक पत्र पठाएपछि लिखित जवाफ मन्त्रालयले पठाएको समितिले जनाएको छ । ‘लिखित जवाफ त आएको छ,’ एक कर्मचारीले भने, ‘तर त्यो जवाफ चित्तबुझ्दो छैन । अब बैठक बसेर समितिले चासो देखाउँछ होला ।’
लेखा समितिले उक्त कार्यक्रममा कुन शीर्षकबाट कति रकम खर्च गरियो भन्ने प्रश्न उठाएको थियो । समितिले कार्यक्रममा रकम खर्च गर्दा के कस्ता कानुनी र लेखाका प्रक्रिया अवलम्बन गरियो ? कार्यक्रममा प्रदेश सञ्चित कोषबाट खर्च गर्दा भविष्यमा बेरुजु नहुने आधार के-के छन् ? र कार्यक्रमबाट हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि ठोस र मूर्त रूपमा के परिणाम प्राप्त हुने उद्देश्य राखिएको थियो तथा पूरा हुने आधार के के छन् ? भनेर सोधेको थियो ।
मुख्यमन्त्री कार्कीको टोलीले झापादेखि उदयपुरसम्म २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वन क्षेत्र हुँदै २४३ किलोमिटर पैदल यात्रा गरेका थिए । टोलीमा कार्कीसहित निर्वतमान पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती, मन्त्रालयका सचिव विशाल घिमिरे, हात्ती विज्ञहरूसहित दैनिक २ सय जना भन्दा बढी सहभागी थिए । पदयात्राले मानव हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको जनाइएको थियो ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...