माघ ३, २०८०
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
विराटनगर | जेठ १२, २०८१
सरकारी कागजात कीर्ते गरेको आरोपमा मोरङको रङ्गेली नगरपालिका ४ का वडाअध्यक्षसहित १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
वडाध्यक्ष अभदेश मण्डलसहित १३ जनाविरुद्ध सरकारी कागज–छापलगायतको दुरुपयोग गरेको मुद्दामा मोरङ जिल्ला अदालतबाट जेठ ९ गते पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष, मालपोत कार्यालयका कर्मचारीसहित १३ जना मिलेर रङ्गेली ४ आमतोलामा रहेको करिब ३ करोड पर्ने जग्गा र उद्योग एकलौटी बनाउन खोजेको आरोप छ ।
स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको जग्गा र उद्योग उनका जेठी श्रीमतीलाई थाहा नै नदिइ कान्छी श्रीमतीको नाममा ल्याउन रङ्गेली ४ का वडाअध्यक्ष मण्डल आर्थिक चलखेलको लोभमा परेको पाइएको छ ।
वडाअध्यक्षको अवैध कामलाई रङ्गेली नगरपालिकाकी उपप्रमुख (उपमेयर) झुमा पराजुली निरौलाका श्रीमान् गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रङ्गेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जनाले साथ दिएका थिए ।
रामप्रसाद साहको नाममा साविक गाविस रङ्गेली वडा नं ८ को नक्सा सिट नं १७८०७१८ को किता नं. १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा रहेको छ । सोही जग्गामा बजरङ चिउरा उद्योग र घर छ । अहिले यो प्रतिधुर १० लाखदेखि १२ लाखसम्ममा खरिद–बिक्री भइरहेको जग्गा हो । घर र उद्योग बाहेक मात्र जग्गाको मूल्यमात्रै करिब तीन करोड पर्ने स्थानीय बताउँछन् ।
रामप्रसादको ८ वैशाख २०७९ मा मृत्यु भएको थियो । उनका दुई जना श्रीमती छन् । जेठी श्रीमती कलावतीदेवी र कान्छी कौशिलादेवी हुन् । जेठीपट्टीका वीरेन्द्रकुमार र कान्छीपट्टीका राजकिशोर छोरा छन् । उनीहरू छुट्टिएर बसेका छन् ।
रामप्रसादको निधन भएपछि कान्छीपट्टी छोरा राजकिशोरले बाबुको १३ औं दिनमा मृत्यु दर्ता गरेका थिए । बाबुको मृत्यु भएपछि काजक्रिया सकिएकै दिन एकलौटी रुपमा आफूले मात्रै अंश लिने उद्देश्यले २०७९ वैशाख २१ मा वडा कार्यालयमा गएर मृत्यु दर्ता गरेका थिए । त्यसपछि जेठीपट्टीका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ दिएर अंश दिएको देखाएर कान्छीपट्टीका छोरा राजकिशोरले बाबुको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउन सर्जमिन मुचुल्का बनाएका थिए । राजकिशोरले ५ फागुन २०७९ मा एकल अंशियार देखाएर सर्जमिन मुचुल्का उठाए । उक्त सर्जमिन मुचुल्कामा उपप्रमुखका श्रीमान् गणेश निरौला, विनोदकुमार मण्डल, अनिल मण्डल, दिनेश मण्डल, अजयप्रसाद साह, धीरजकुमार मण्डल र प्रमानन्द मण्डलले हस्ताक्षर गरिदिए ।
त्यसपछि १७ साउन २०८० मा राजकिशोरको मन्जुरीमा उनकी आमा कौशिलादेवी साहको नाममा मृत्यु भएका बाबु रामप्रसादको जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रङ्गेलीलाई वडाअध्यक्ष अभदेशकुमार मण्डलले सिफारिस बनाइदिएको पाइएको छ । वडाले दिएको उक्त सिफारिसका आधरमा मालपोत कार्यालय रङ्गेलीले १८ साउन २०८० मा कौशिलादेवी साहको नाममा जग्गा नामसारी गरेको देखिन आएको छ ।
वडाअध्यक्षसहित १३ जनाविरुद्ध सरकारी कागजपत्र कीर्ते गरेको मुद्दामा उजुरी दर्ता भएपछि अनुसन्धान शुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि वडाअध्यक्षसहित १३ जना अहिले फरार छन् । उनीहरूको खोजी कार्यमा प्रहरी परिचालन भएको बताइएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...
कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...
अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...