×

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचन तालिका सार्वजनिक, तातियो माहोल

काठमाडाैं | जेठ २५, २०८१

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले आगामी निर्वाचन २०२४–०२६ का लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । गुणराज लुइटेल संयोजक रहेको अनेसास निर्वाचन समिति २०२४–०२६ ले नतिजा सार्वजनिक गरेको हो ।

निर्वाचन तालिका सार्वजनिक गर्नुअगावै विभिन्न पदका लागि विभिन्न दावेदारहरूले उम्मेदवारी घोषणा गरिसकेका छन् । 


Advertisment

अहिले अनेसास निर्वाचन २०२४–०२६ का लागि अध्यक्ष पदमा वर्तमान महासचिव विमला निरौलाले र वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले घोषणा गरेका छन् । यसअघि लालगोपाल सुवेदीले पनि अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेका थिए । यद्यपि उनले आफूले अध्यक्ष नभई वरिष्ठ उपाध्यक्षका लागि चुनावमा उत्रने जानकारी उनकै फेसबुकमार्फत् जानकारी गराएका छन् ।


Advertisment

उम्मेदवारी घोषणासँगै आजीवन सदस्यहरूले बधाई शुभकामना व्यक्त गरेका छन् । 

अनेसासको पाँचओटा उपाध्यक्षमा महत्वपूर्ण रूपमा हेरिने अमेरिका उपाध्यक्षका लागि वोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्त र वर्तमान केन्द्रीय कार्यसमितिका सदस्य सुदीपभद्रले उम्मेदवारी घोषणा गरेका छन् । 

त्यस्तै एसिया उपाध्यक्षका लागि कोरियाका प्रमोद सारंग, जापानबाट दिनेशराज ज्ञवाली र नेपालबाट सरिता अर्यालले उम्मेदवार घोषणा गरेका छन् ।

त्यस्तै युरोपबाट उपाध्यक्षका लागि डिल्ली अम्माइले उम्मेदवारी घोषणा गरेका छन् भने ओसियानाबाट प्रत्यक्ष रुपमा घोषण भइनसकेको जानकारी रहेको छ ।

अनेसासको महासचिव पदका लागि कोलोराडो च्याप्टरका अध्यक्ष राजु सिटौला र निवर्तमान अनेसास कोषाध्यक्ष निलुकृष्ण गिरीले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै सचिव पदका लागि युरोपका एनबी अन्जान र  अनेसास केन्द्रीय सदस्य तारा अधिकारीले उम्मेदवारी घोषणा गरेकी छन् । सदस्य पदका लागि हालसम्म उम्मेदवारी घोषणा भएको जानकारी प्राप्त भएको  छैन ।

यस्तो छ निर्वाचन तालिका
मतदाता सूची प्रकाशन : जून ५, २०२४ बुधबार (inls.org) मा
• अन्तिम मतदातासूची प्रकाशन जून ६, २०२४ बिहीबार
• उम्मेदवारी दर्ता : जून २२ शनिवारदेखि जून २४, २०२४ सोमबारसम्म
• उम्मेदवारी फिर्ता लिनसक्ने जून २६, २०२४ बुधबार
• अन्तिम उम्मेदवारहरूको नामावली प्रकाशन जून २८, २०२४ शुक्रबार
• चुनावी अभियान र प्रचारप्रसार जून २८ शुक्रबारदेखि जूलाई ३, २०२४ बुधबारसम्म
• चुनावी मौन अवधि जुलाई ४ राति १२ बजेदेखि जूलाई ५ राति ११: ५९ बजेसम्म
• मतदान समयः जुलाई ६, १२ बजे देखि जुलाई ७ राति ११: ५९ सम्म
• चुनावी नतिजा घोषणा : जुलाई ८, २०२४ सोमबार
उम्मेदवारी घोषणा सँगसँगै आजीवन सदस्यहरूले बधाई शुभकामना व्यक्त गरेका छन् । मतदाताले घोषणा गरेका उम्मेदवारलाई बधाई तथा शुभकामना दिनु स्वाभाविक पनि हो र मतदाताले पक्ष विपक्षमा आआफ्नो धारण व्यक्त गर्नु स्वाभाविक पनि हो । तर उम्मेदवारबाहेकका वर्तमान केन्द्रीय कार्यसमितिका अन्य पदाधिकारी वा सल्लाहकारले नै खुलेर एकपक्षका विषयमा बोल्नुलाई चुनावको निष्पक्षतामा शंका गर्न थालेका छन् अनेसासका आजीवन सदस्यहरू ।

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x