×

असम्बन्धित काममा खटाइँदै प्रहरी

गृह मन्त्रालयमा सुरक्षाकर्मीको चरम दुरुपयोग– ड्राइभरदेखि भान्सेसम्मको काम

काजमा ल्याइएका प्रहरीमा पनि टाँसिएर बस्न खोज्ने प्रवृत्ति, गृहमन्त्रीको मौनता

काठमाडाैं | असार २, २०८१

गृह मन्त्रालयमा वर्षौंदेखि काजमा खटिएका सुरक्षाकर्मीको चरम दुरुपयोग हुँदै आएको छ ।

मन्त्रालयमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई सुरक्षाको 'ड्युटी'भन्दा गाडी चालक र भान्सेको रूपमा लामो समयदेखि दुरुपयोग गरिँदै आएको पाइएको हो ।


Advertisment

सुरक्षाकर्मीलाई गाडी चालकका रूपमा खटाइनुका साथै चिया पकाउने काममा समेत लगाउने गरिएको गृह मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।


Advertisment

'खास गरेर सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई निजामतीतर्फका सहसचिव, उपसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको गाडी चालकका रूपमा खटाउने गरिएको छ,' स्रोतले लोकान्तरसँग भन्यो, 'निजामती कर्मचारीले प्रहरीको सलामी (जय नेपाल) पनि खाँदै आएका छन् । आफैंले दुरूपयोग गर्दै आएकाले हटाउन कसैको चासो हुँदैन ।'

गृह मन्त्रालयमातहत निकाय स्रोतबाट प्राप्त भएको सूचना अनुसार सशस्त्र प्रहरी बल एपीएफका वरिष्ठ हवल्दार टीकाराम पोखरेलले एक उपसचिवको गाडी चालकका रूपमा काम गर्छन् ।

एपीएफकै जवान भरत शाही एक सहसचिवका गाडी चालक हुन् । एपीएफका जवान प्रेम दर्लामी मगर पुल (जगेडा)का  गाडी चालकको भूमिकामा छन् भने एपीएफकै अर्का जवान कृष्ण भण्डारी सचिवालयका गाडी चालक हुन् ।

एपीएफकै जवान तिलक बस्नेत पुल र बालकृष्ण बस्नेतले सहसचिवको गाडी चलाउँदै आएका छन् ।

एपीएफकै अर्का जवान रुपेश काफ्ले एकीकृत परिवहन सेवा र वरिष्ठ हवलदार सीताराम न्यौपाने उपसचिवको गाडी चलाउँछन् । एपीएफकै सुमन केसी पनि चालककै रूपमा मन्त्रालयमा काम गर्छन् ।

माथि उल्लेख गरिएका नाम उदाहरण मात्र हुन् । अन्य धेरै सुरक्षाकर्मी मन्त्रालयमा गाडी चालक बनेर बसेका छन् ।

स्रोतका अनुसार गृहमन्त्री रवि लामिछानेको अगुवा, पछुवा र पीएसओबाहेक एपीएफका झन्डै ३३ जना र नेपाल प्रहरीका १२ जना सुरक्षाकर्मी यस खालका असम्बन्धित काममा खटाइएका छन् ।

मन्त्रालयमा कार्यरत नेपाल प्रहरीका जवानले चिया पकाउने भान्सेको काम समेत गर्छन् ।

गृहमन्त्रीको शाखा, जिन्सी शाखा, विपद् व्यवस्थापन शाखामा महिला तथा पुरुष दुवैथरि प्रहरी कर्मचारी चिया पकाउने भान्सेको काममा खटिएको मन्त्रालय स्रोतले जानकारी दियो । यी सबै सुरक्षाकर्मी काजमा खटिएका हुन् । ६/६ महिनामा काज फिर्ता हुनुपर्नेमा १०-१२ वर्षदेखि त्यहीँ खटाइँदै आएको देखिन्छ ।

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक भीमलाल श्रेष्ठ मेकानिकलका रूपमा गाडी मर्मत गर्ने प्रयोजनका लागि मन्त्रालयमा विगतमा ६-७ वर्षदेखि काजमा खटिएका छन् ।

'मर्मतको काम गर्नुको साटो उनले कुर्सीमा बसेर तेलको कुपन बाँडने काम गर्छन्,' स्रोतले लोकान्तरसँग भन्यो, 'लगातार एकै ठाउँमा वर्षौंसम्म काजमा खटिन खोज्ने प्रहरीको पनि प्रवृत्ति देखिन्छ । त्यसको पछाडि केही न केही रहस्य हुनुपर्छ ।'

स्रोतले थप्यो, 'गृह मन्त्रालयको मर्मत शाखामा सार्वजनिक जग्गाको विषय पनि हर्ने गरिन्छ । सार्वजनिक जग्गाको विषयमा मन्त्रालयले केही निर्णय गर्नुअघि बाहिर सूचना चुहिसकेको हुन्छ ।'

यस विषयमा गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख समेत रहेका सहसचिव झक्कप्रसाद आचार्यसँग जिज्ञासा राख्दा उनले अनभिज्ञता प्रकट गरे । 'यस विषयमा मलाई केही थाहा छैन । म आएको धेरै भएको छैन,' आचार्यले लोकान्तरसँग भने, 'अरू सहसचिव वा उपसचिवका गाडी कसले हाँकिरहेका छन्, त्यो मलाई जानकारी छैन । मेरो गाडी चालक प्रहरी होइन, मन्त्रालयकै कर्मचारी हो ।'

यस विषयमा प्रवक्ताले नै आधिकारिक कुरा बताउन सक्ने उनले बताए ।

गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव नारायणप्रसाद भट्टराईले भने अत्यावश्यक सेवाका लागि एपीएफदेखि नेपाल प्रहरीका सुरक्षाकर्मीलाई गाडी चालकको रूपमा प्रयोग गरिएको बताए ।

'अत्यावश्यक सेवाका लागि र सेक्युरिटीका लागि सुरक्षाकर्मीलाई पनि ड्राइभरको रूपमा मन्त्रालयमा प्रयोग गरिएको हो । तर, त्यो संख्या धेरै छैन । थोरै संख्यामा मात्र प्रयोग गरिएको हो,' प्रवक्ता भट्टराईले लोकान्तरसँग भने, 'यसअघि पनि अहिलेको गृहमन्त्रीज्यू पहिलोपटक गृहमन्त्री बन्दा त्यस्ता धेरै सुरक्षाकर्मीलाई फिर्ता गरिएको थियो ।'

लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा ड्राइभरको रूपमा कार्यरत सुरक्षाकर्मीको काज फिर्ता गरे पनि लामिछाने हटेलगत्तै पुनः फिर्ता बोलाइएको थियो । दोस्रो कार्यकालमा लामिछानेले पनि यस विषयमा मौन देखिएका छन् ।

प्रवक्ता स्वयं पनि काज फिर्ता भएकाहरूलाई पुन: ल्याइएको स्वीकार्छन् । 'सबै त फिर्ता आएका छैनन्, अत्यावश्यक भनिएका एक/दुईजना फिर्ता आएका हुन् । आएकाहरू मात्र प्रयोग भएका हुन् ।'

चिया पकाउने काममा प्रहरीको दुरुपयोग भएको विषयमा आफूलाई केही जानकारी नरहेको उनले बताए ।

मन्त्रालयमा रहेका सुरक्षाकर्मी प्रयोगका विषयमा आफूभन्दा आन्तरिक व्यवस्थापन शाखालाई बढी जानकारी हुने भन्दै उनी पन्छिए । आन्तरिक व्यवस्थापन शाखा हेर्ने सहसचिव गोगनबहादुर हमालसँग बुझ्न खोज्दा उनको फोन उठेन ।

यसरी असम्बन्धित काममा समेत सुरक्षाकर्मी राख्ने र राखिएकाहरू पनि वर्षौंसम्म टाँसिएर बस्ने प्रवृत्ति गम्भीर छ ।

'धेरैजसो संवेदनशील विषयमा गृह मन्त्रालयबाट मन्त्रीस्तरीय वा सचिवस्तरीय निर्णय हुनुअघि त्यहाँ कार्यरत ती सुरक्षाकर्मीले पहिले नै सूचना पाइसकेका हुन्छन्,' स्रोतले थप्यो, 'त्यसबाहेक सरुवा/बढुवाजस्तो काममा पनि उनीहरूले भूमिका खेल्ने गर्छन् ।'

चाकडी गरेर लाभ लिने प्रवृत्ति पनि यसमा जिम्मेवार देखिन्छ ।

'बाहिर काम गर्दा चुस्ता (युनिफर्म) लगाउनु पर्छ, हाकिमको हप्काइ खानुपर्छ,' गृह मन्त्रालयमा छोटोसमय काम गरी मन्त्रालय अन्तर्गतको निकायमा कार्यरत एक सुरक्षाकर्मीले लोकान्तरसँग भने, 'तर, गृह मन्त्रालयमा काम गर्दा निजामती कर्मचारीलाई जय नेपाल भनेर चाकडी गरे पुग्छ ।'

null

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

x