×

सरसर्ती २४ घण्टा

हुण्डीको रकम सुन तस्करीमा प्रयोगदेखि गृहमा सुरक्षाकर्मीको चरम दुरुपयोगसम्म

काठमाडाैं | असार ३, २०८१

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुपर्ने सरकारको निर्णयविरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । 


Advertisment

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता विमल पोखरेलले दायर गरेको रिट निवेदनमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नवीकरण हुन नसकी सामाजिक सुरक्षा भत्ताबाट ठूलो सङ्ख्यामा लक्षित समूह वञ्चित हुने उल्लेख गरिएको छ ।
००००
राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्नका लागि गृह मन्त्रालयले पाँच जना उपसचिवहरुको टोलीलाई देशका विभिन्न १८ जिल्लामा खटाउने निर्णय गरेको छ । 


Advertisment

मन्त्रालयमा हालै सरुवा भई आएसँगै पदस्थापनका क्रममा रहेका उपसचिवहरुलाई मन्त्रालयले राष्ट्रिय परिचपत्रलगायतका सेवा प्रवाहमा सहजीकरण गर्नका लागि भन्दै देशका विभिन्न १८ जिल्लामा खटाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
००००
मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पहिलो पटक मुद्दाको सुनुवाइ पूर्व छलफल गर्नका लागि पेसी तोकेको छ ।

सबै प्रतिवादी चुक्ता भइसकेपछि मुद्दाको गाम्भीर्यतालाई मध्यनजर गर्दै सुनुवाइ सुरु हुनुअघि छलफल गर्नका लागि असार १३ गते पेसी तोकेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए । 

अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठसहितको इजलासले आइतबार उक्त आदेश गरेको हो ।
००००
नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा उपसचिवसहित ५ जना पक्राउ परेका छन् ।
उपसचिव केशव अर्याल, शाखा अधिकृत पदमराज आचार्य, कम्प्युटर अपरेटर दिलिपकुमार शाह, राजेश लम्साल र सुवास पौडेल पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसपी होबिन्द्र बोगटीले आइतवार लोकान्तरलाई जानकारी दिए ।
००००
सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा उनीहरूको आइतवार  सरुवा गरिएको हो ।
गृह मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको छ ।
००००
यो सातामा कारोबारको पहिलो दिन आइवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।
    
आइतवार तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर ७१ हजार नौ सय ९७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
००००
गृह मन्त्रालयमा वर्षौंदेखि काजमा खटिएका सुरक्षाकर्मीको चरम दुरुपयोग हुँदै आएको छ ।

मन्त्रालयमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मीलाई सुरक्षाको ड्युटीभन्दा गाडी चालक र भान्सेको रूपमा लामो समयदेखि दुरुपयोग गरिँदै आएको पाइएको हो ।

सुरक्षाकर्मीलाई गाडी चालकका रूपमा खटाइनुका साथै चिया पकाउने काममा समेत लगाउने गरिएको गृह मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।

खास गरेर सशस्त्र प्रहरीका सुरक्षाकर्मीलाई निजामतीतर्फका सहसचिव, उपसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको गाडी चालकका रूपमा खटाउने गरिएको छ । निजामती कर्मचारीले प्रहरीको सलामी पनि खाँदै आएका छन् ।
००००
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह शाहले नगरसभा स्थगित भएपछि आक्रोश व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभा बैठक एमाले र कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर शाहले आक्रोश पोखेका हुन् ।
मेयर शाहले ३ नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन् भएको बताएका छन् । काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारे छलफल बन्द कोठामा नहुने उनको भनाइ छ ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल भित्रिने रेमिट्यान्सको रकम हुन्डीमार्फत् सुन तस्करीमा प्रयोग भइरहेका तथ्य फेला पारेको छ ।

सुन तस्करीसँग जोडेर हुन्डी कारोबारीको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले अष्ट्रेलिया, कोरिया र दुबईमा काम गर्न, पढ्न वा अन्य व्यापार गर्न जाने नेपालीले स्वदेश पठाउने रेमिट्यान्स सुन तस्करीमा प्रयोग हुने गरेको तथ्य फेला पारेको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी)को कमान्डमा सूक्ष्म अनुसन्धान गरिरहेको सीआईबीले ६० किलो ६१७ ग्राम सुन तस्करीमाथि थप अनुसन्धान गर्दा यो रहस्य फेला पारेको हो ।


 

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x