×

राउण्ड अप

सरसर्ती २४ घण्टा : बजेटमा तीव्र असन्तुष्टिदेखि मन्त्री हेरफेरको योजना अलपत्रसम्म

काठमाडाैं | असार ५, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको बजेटमाथि संसद्मा चर्को विरोध भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले वार्षिक विकास कार्यक्रम च्यात्ने, फिर्ता गर्ने, मौनधारण गर्नेलगायत शैलीमा बजेटमाथि असन्तुष्टि जनाए ।

 बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विनियोजित शीर्षकमाथि छलफल भएको थियो । विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा अधिकांश सांसदहरुले असन्तुष्टि पोखेका हुन् । असन्तुष्टि पोख्नेमा प्रतिपक्षीय मात्र नभई सत्तापक्षकै सांसदहरु पनि थिए । 


Advertisment

सांसदहरूले सरकारमा रहेका केही मन्त्रीको निर्वाचन क्षेत्रमा धेरै बजेट परेको तर अतिआवश्यक भएका क्षेत्रमा बजेट नपरेको, स्रोतको आँकलनविनै जथाभावी बजेट बाँडिएको, सरकार आफैँले तयार पारेको आयोजना वर्गीकरणका आधार तथा मापदण्ड २०८० विपरीत हुनेगरी सानो रकमका आयोजना पनि सङ्घीय बजेटमा परेकोलगायत विषय उठाए । यस्तै, शक्ति र पहुँचका आधारमा धेरै टुक्रे आयोजना राखिएका, आयोजना प्राथमिकीकरणविनै जथाभावी बजेट बाँडिएकालगायत विषयमा उठाउँदै सांसदहरुले असन्तुष्टि व्यक्त गरे ।
००००
बजेट विनियोजनमा चरम विभेद गरिएको भन्दै स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले संसदमा प्रधानमन्त्रीको जवाफ मागेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले लोकान्तर डट्कमले सोमबार प्रकाशित गरेको समाचार उद्धृत गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ मागेका हुन् ।
००००
यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेटमा चरम विभेद गरिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट समावेश भएको वार्षिक विकास कार्यक्रम पुस्तिका च्यातेका छन् ।
००००
सत्तारुढ दलभित्र कुरा नमिलेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजना अलपत्र परेको छ ।


Advertisment

सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति र जनमत पार्टीबाट १–१ जनालाई मन्त्री बनाउने तयारी प्रधानमन्त्रीले गरे पनि सत्ता साझेदार दल र स्वयं माओवादीभित्रै कुरा मिल्न सकेको छैन ।

स्रोतका अनुसार प्रमुख सत्ता साझेदार नेकपा एमाले आफ्नो दलका मन्त्री फिर्ता गर्न नसकिने अडानमा छ । रास्वपा र नेकपा एकीकृत समाजवादी पनि मन्त्री फिर्ता बोलाउन तयार देखिन्नन् ।

त्यसपछि प्रधानमन्त्रीले आफ्नै दलका नेतालाई मात्रै बोलाएर पहिले नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठलाई मन्त्री बनाउन खोजेका थिए । तर, चर्चा गरेको २ साता बित्न लाग्दा पनि मन्त्री हेरफेर हुन सकेको छैन ।

श्रेष्ठले दुई साताअघि नै आफू केही दिनमै मन्त्री बन्न लागेको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । पर्यटन मन्त्रालय पाउने उनको जिकिर थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले पनि मन्त्री हेरफेर हुने बताएका थिए । 
सत्तारुढ दल र माओवादीबाट क–कसलाई फिर्ता बोलाउने भन्नेमा कुरा नमिलेपछि प्रधानमन्त्रीले फेरि केही समय लगाउने संकेत गरेका छन् ।
००००
प्रधानमन्त्री प्रचण्ड र नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच मंगलबार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको बताइएको छ ।
००००
सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरूलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको निर्देशनमा सचिवालयले मंगलबार समितिका सचिव र सबै समितिलाई पत्र लेख्दै उक्त विषयमा ध्यानाकर्षण गराएको हो ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जिल्ला कार्यसमितिहरूलाई आकस्मिक परिपत्र गरेका छन् ।

कांग्रेसले जितेका स्थानीय तहको नीति कार्यक्रम र बजेट बनाउँदा पार्टीसँग समन्वय नभएको गुनासो आएको भन्दै थापाले जिल्लाहरूलाई आवश्यक संवाद र समन्वय गर्न परिपत्र गरेका हुन् ।
००००
सरकारले अन्ततः दुर्गा प्रसाईंको बीएण्डसीलाई सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार चिकित्सा शिक्षा आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई मेडिकल कलेजको रुपमा  सम्बन्धन दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको आयोगको बैठकको  मुख्य एजेण्डा नै बीएण्डसीलाई सम्बन्धन दिने विषय थियो ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताएकी छिन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय र प्रतिबद्धताबाट पछि नहट्ने उनले स्पष्ट पारिन् ।
००००
६० किलो सुन तस्करीमा जोडिएका थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

तिब्बतीयन मूलका चिनियाँ नागरिक गंगा टासीलाई बौद्धबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी  होविन्द्र बोगटीले जानकारी दिए ।
००००
ट्राफिक प्रहरीले सवारी चालकसँग ऐनले तोकेभन्दा बढी जरिवाना असुल्ने गरेको पाइएको छ ।

राजस्व बढाउने नाममा प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ मा उल्लेख भएभन्दा बढी जरिवाना असुलउपर गर्ने गरेको पाइएको हो ।

पटके हेरी ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गर्नुपर्नेमा २ हजार रुपैयाँसम्म तिराउने गरिएको छ । ऐनको दफा १६४ मा विभिन्न २० वटा कसूरमा पटके दण्डको व्यवस्था गरिएको छ ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीबाट प्रहरी प्रमुखमाथि वक्रदृष्टि राख्ने सुरक्षा कमान्डमा ‘चेन अफ कमान्ड’ तोड्ने काम भएको आरोप लगाएको छ । सीडीओ र प्रहरीमा सरुवा आतंक मच्चाइएको कांग्रेसको आरोप छ ।

विनियोजन विधेयक अन्तर्गत गृहमन्त्रालयको बजेटमाथि मंगलवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले नियमावलीविपरीत प्रहरीमा सरुवा आतंक भइरहेको बताएका हुन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ ।
मंगलबार  नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को विन्दुमा कायम भएको हो ।

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x