असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हुन्छ, तब सबै मानिसलाई फस्टाउने अवसर र स्वतन्त्रता प्राप्त हुन्छ । हरेक व्यक्तिको मौलिक स्वतन्त्रता र सुरक्षाको रक्षा गर्ने बलियो सामाजिक सम्झौतासहितको समावेशी समाजले समृद्धिलाई टेवा पुर्याउँछ ।
समृद्धि एक खुला अर्थव्यवस्थाद्वारा सञ्चालित हुन्छ, जसले विचार र प्रतिभालाई गरिबीबाट बाहिर निस्किने दिगो मार्ग सिर्जना गर्दछ । र, समृद्धि सशक्त व्यक्तिहरूद्वारा निर्माण गरिन्छ, जसले समाजको भलाइका लागि योगदान गर्दछ र समाज सिर्जना गर्न आफ्नो भूमिका खेल्छ । यतिखेर समृद्धिका यी सैद्धान्तिक पक्ष उठान गरिरहँदा सुशासन, समान पहुँच, समावेशिताका आधारहरू यसका मापन हुन् ।
समृद्धिको कोरा नारा मात्रै लगाइरहँदा नेपाल समृद्धिको कुन सूचीमा पर्छ त ? भन्ने एउटा तथ्यांक सार्वजनिक भएको छ । लेगातुम इन्स्टिच्युट बेलायतले फेब्रुअरी २०२३ मा प्रकाशित गरेको ‘प्रोस्परिटी इन्डेक्स– २०२३’ ले समृद्धिको हकमा नेपाललाई विश्वका १६७ देशमध्ये ११०औं स्थानमा सूचीकृत गरेको छ ।
सो सूचीको नम्बर १ मा डेनमार्क छ भने सबैभन्दा अन्तिममा साउथ सुडान छ । हाम्रो छिमेकी मुलुकमध्ये चीन ५४औं स्थानमा र भारत १०३औं स्थानमा छ । सूचीमा पहिचान गरिएका समृद्धिका महत्त्वपूर्ण १२ खम्बाको आधारमा जीविकाको अवस्थाबाहेक अन्य सबैमा हाम्रो देशको अवस्था कमजोर छ ।
त्यस अर्थमा हामीले समृद्धिका लागि गर्नुपर्ने धेरै काममध्ये सुशासन पहिलो शर्त हो । जसका लागि समावेशी समाज, सशक्त सचेत जनता, खुला अर्थतन्त्रको आधार तयार गर्न भ्रष्टाचार, अनियमितता र बेथितिका विरुद्ध उठ्न जरुरी छ ।
मुलुक सुशासनतिर बढ्दै हो ?
ललितपुर जिल्लाको एउटा पर्यावाचीजस्तै हो, गोदावरी नगरपालिका । पर्यटकीय सम्भावना, वनस्पति, हावापानीका कारण जो कोहीले नाम लिने गोदावरी नगरपालिका यतिखेर मेयरका कारण फरक चर्चाले चिनिएको छ । जेठ महिनाको २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्यो ।
नगर प्रमुख महर्जनसहित १४ जनामाथि राजस्व चुहावट गरी सरकारी रकम हानी नोक्सानी पुर्याएको अभियोग छ । आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पुर्याएको अभियोग उनीहरू माथि लागेको हो । सुन्दर नगरी गोदावरीमा रहेको खनीजजन्य ढुंगागिट्टी र बालुवाको टेन्डर लगाउँदा सरकारी दरभन्दा कम गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
दोस्रोपटक नगर प्रमुख बनेका महर्जनलाई अघिल्लो कार्यकालको निरन्तरतासँगै भ्रष्टाचारको आरोप लागेको छ ।
उस्तै प्रकृतिको अर्को उदाहरण हो, सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयरमाथिको मुद्दा । कृत्रिम ताल निर्माण गरेर वाहवाही कमाएका मेयर भरत थापामाथि जेठ २९ गते भ्रष्टाचार मुद्दा चलाइएको छ । थापा पनि दोस्रोपटक मेयर जितेका व्यक्ति हुन् । कृत्रिम ताल बनाएर पर्यटक भित्र्याएको भनी व्यापक प्रचार/प्रसार र चर्चा पाएका मेयर थापाले सोही ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । भ्रष्टाचारमा मेयर थापासहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख रुपैयाँ अनियमितता गरेको दाबी अख्तियारको छ । यसअघि गत चैतमा पनि थापाले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तबरले कमाएको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दा लागेका यी दुई मेयरलाई यहाँ प्रतिनिधि पात्रका रूपमा मात्रै लिइएको हो । स्थानीय तहदेखि संघका जनप्रतिनिधिहरूले गरेका भ्रष्टाचार, अनियमितताका मुद्दा दर्जनौं छन् । शरणार्थी काण्ड, सुन काण्डबाट यतिखेर दलका उच्च तहका नेता, उनका छोरा र आफन्तहरू समेत अहिले छानबिनमा परेका छन् ।
भ्रष्टाचार, अनियमितताले मुलुक दुर्गतिमा गएको भन्ने कुरा यी उदाहरणले पनि पुष्टि गर्छन् । माथि उल्लेखित २ मेयरको हकमा अघिल्लो कार्यकालदेखि नै भ्रष्टाचार गरिरहेको जिकिर अख्तियारको छ । तर, उनीहरू पुनः निर्वाचित भएर आएका थिए । जनताको मतबाट सत्तामा पुग्ने र त्यसलाई अवैध धन आर्जनको माध्यम बनाउने क्रमको शुरूआत स्थानीय तहका प्रमुखहरूबाटै भएको देखिन्छ ।
सत्तासँग नजिक भएका व्यक्तिहरू रातारात ‘नव धनाढ्य’ बनेर समाजको उच्च वर्गमा प्रवेश गरेको देखाउने पछिल्ला घटनाक्रमबाट देखिन्छ ।
अनियमितता, भ्रष्टाचार, बेथितिको मूल स्रोत दलका नेताहरू नै भएको भाष्य लगभग स्थापित छ । तर, पछिल्लोपटक उच्च नेतृत्व तहदेखि, नगरका प्रमुखहरूलाई लागेको मुद्दा, ठूला फाइलहरू खोलिनु सकारात्मक पक्ष हो ।
मुलुक समृद्धि नहुनुका मुख्य बाधक भ्रष्टाचार, अनियमितता र बेथिति हो । भ्रष्टाचार, अनियमितता र बेथितिलाई संस्थागत गर्न यो या त्यो अर्थले दलहरूको भूमिका देखिन्छ । जनता रुष्ट हुनु, व्यवस्थाविरोधी प्रतिआवाजहरू बक्लिनुमा दलका नेताहरूले गरेका कार्य जिम्मेवार देखिन्छन् । सत्ताको आडमा गरिएका कु–कार्यहरू ढिलो–चाँडो बाहिरिन्छन् भन्ने पछिल्ला घटनाले पुष्टि गरेका छन् ।
भ्रष्टाचार, अनियमितता र बेथितिका पात्र दलका नेता हुन् भन्ने आमबुझाइ छ । त्यसको धेरथोर जिम्मेवारी नेताहरूले लिनुपर्छ । ठूला काण्ड र फाइलहरू खोल्दा नेताहरूको कहीँ न कहीँ ‘कनेक्सन’ देखिनु, आरोपित भएर पद निलम्बनमा पर्नु, थुनामा बस्नुले अहिले धेरैको चेत खुलेको देखिन्छ । यद्यपि यसको पूर्ण निरुपण हुन सकेको छैन ।
नकारात्मक पक्षबाटै सकारात्मक पक्ष खोतल्दा ‘मुलुक के विस्तारै सुशासनतिर अघि बढ्दै गरेको हो ?’ भन्ने विषय जबर्जस्त स्थापित भएको छ । पछिल्लो समय धमाधम अगाडि बढिरहेका भ्रष्टाचार मुद्दा त्यसका उदाहरण हुन् ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अैँचोपैँचो, सर...
समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...
'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...