×

सेबोन अध्यक्ष नियुक्ति प्रक्रिया नरोकिने, अनुपस्थित भएका स्वतः अयोग्य !

काठमाडाैं | असार ५, २०८१

धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति प्रक्रियाअन्तर्गत बुधवार पनि प्रस्तुतीकरणमा  ३ जना अनुपस्थित भएका छन् । तर अब प्रक्रिया नरोकिकन उपस्थितबाटै योग्य आवेदक छान्ने प्रक्रिया अघि बढेको जनाइएको छ । 

हाल नेप्सेको प्रमुख कार्यकारी अधिकृत रहेका कृष्णबहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं 'संगठित'रूपमै दोस्रोपटक पनि अनुपस्थित भएका थिए ।


Advertisment

गत असार २ गतेको प्रस्तुतीकरणमा अनुपस्थित भएका ३ जना आवेदक बुधवार पनि पुनः अनुपस्थित भएपछि प्रक्रिया रोक्ने या अघि बढाउने विषयमा समितिमा छलफल भएको थियो । 


Advertisment

सेबोन अध्यक्ष छनोटको सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले ५ मध्ये उपस्थित २ जना (सेबोनका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र अर्का आवेदक सन्तोषनारायण श्रेष्ठ)को प्रस्तुतीकरण हेरेको थियो ।

असार २ गतेको प्रस्तुतीकरणका लागि उपस्थित नभएका कृष्णबहादुर कार्कीले आफू उपत्यकाबाहिर भएकाले उपस्थित हुन नपाएको र बुधबार उपस्थित हुने लोकान्तरसँग बताएका थिए ।

'यो संयोग मात्र हो,' उनले लोकान्तरसँग भनेका थिए, 'म काजले बाहिर गएको थिएँ । प्रस्तुतीकरणका लागि दोस्रोपटक बुधवार तोकिएको छ । बुधवार म जान्छु र आफ्नो प्रस्तुति दिन्छु ।'

तर, कार्कीसहितका आवेदक बुधवार पनि अनुपस्थित भए । अर्थ मन्त्रालय स्रोतले 'कर्पोरेट स्वार्थ' बाझिएकाले समग्र प्रक्रिया नै असफल बनाउन संगठित अनुपस्थिति भएको हुन सक्ने बतायो ।

यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र अर्थमन्त्री वर्षमान पुनको नै स्वार्थ बाझिएको स्रोतको दाबी छ । 'अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूकै स्वार्थ बाझिएकोजस्तो देखिन्छ । प्रधानमन्त्रीले चाहेको आवेदक छानिन सक्ने भएपछि मन्त्रीज्यू नै समग्र प्रक्रियालाई असफल पार्न लाग्नुभएको हो कि ?' मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो ।

यसबारे महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको स्रोतको दाबी छ । 'प्रस्तुतीकरणमा अनुपस्थित स्वतः अयोग्य हुने गरी उपस्थितमध्येबाट मात्र नाम सिफारिस गराउने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग छलफल गरिएको छ,' अर्थ मन्त्रालय स्रोतले दाबी गर्‍यो । 

त्यस्तै कानून मन्त्रालयले प्रक्रिया रोक्न नमिल्ने जनाएको छ । 'जो अनुपस्थित भए, उनीहरू स्वतः अयोग्य भएका छन्,' कानून मन्त्रालयका एक उच्च अधिकारीले भने, 'अब कार्यविधि परिवर्तन गरेरै भएपनि जो प्रस्तुतीकरणमा आए उनीहरूलाई सिफारिस गर्नुपर्ने हुन्छ ।'

ऐनमा समितिले योग्यता पुगेका तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । ऐनको उक्त प्रावधानका कारण ५ महिनादेखि खाली रहेको सेबोन अध्यक्ष नियुक्तिमा जटिलता उत्पन्न भएको हो ।

अध्यक्षको नाम सिफारिस गर्दा समिति आफैंले कार्यविधि बनाउन सक्ने व्यवस्था छ ।

'अब त्यो कार्यविधि परिवर्तन गरेर भएपनि अहिले अध्यक्ष छनोटमा देखिएको जटिलता हल गर्नेतिर पनि छलफल गरिरहेका छौं,' अर्थ मन्त्रालय स्रोतले भन्यो ।

अध्यक्ष छनोटको प्रक्रियालाई लिएर प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि पटक-पटक छलफल भइसकेको छ ।

दुवै शीर्ष नेताले अर्थमन्त्री वर्षमान पुनलाई बोलाएर 'ब्रिफिङ' समेत लिइसकेको स्रोतको दाबी छ ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x