०७ साउन २०८३, बिहीबार

पलेशालाई काठमाडौं महानगरको ५ लाखसहित सम्मान

भदौ १९, २०८१
काठमाडौं
पलेशालाई काठमाडौं महानगरको ५ लाखसहित सम्मान

काठमाडौं महानगरले फ्रान्सको राजधानी पेरिसमा जारी पारालिम्पिक २०२४ मा इतिहास रच्दै कांस्य पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

बुधवार महानगरका मेयर (प्रमुख) बालेन शाह र उपमेयर (उपप्रमुख) सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशालाई नगद पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् ।

त्यस्तै पलेशाका प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । उनलाई महानगरले ३ लाख नगदसहित सम्मान गरेको हो ।

null

पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा बुधवार नेपाल​ आइपुगेकी हुन् । ऐतिहासिक पदक लिएर स्वदेश फर्किएकी उनलाई बुधवार काठमाडौंमा 'नगर परिक्रमा' गराइएको थियो । 

पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन् । पलेशाले पारा एसियाली खेलकुदमा पनि कास्य जितेकी थिइन् । 


 

salt training

कमेन्ट गर्नुहोस्