×

NMB BANK
NIC ASIA

वडाबाटै भत्ता पाउँदा ज्येष्ठ नागरिक खुशी

कात्तिक २०, २०७४

NTC
Premier Steels
पाल्पा, १७ कात्तिक- नेपाल सरकारको सामाजिक सुरक्षा भत्ता बापतको रकम रामपुर नगरपालिकाले वडा वडाबाट वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक उत्साहित बनेका छन् । 

रामपुर नगरपालिकाका धेरै वडा विकट र दुर्गममा रहेको हँुदा बैंकमा भत्ता लिन आउन जान निकै कठिन परेका बेला वडा वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको छ । 

बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्घभत्ता बुझ्दै आउनुभएका रामपुर नगरपालिका–४ का ९८ वर्षीय धनबहादुर श्रेष्ठ यस आर्थिक वर्षको पहिलो चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुनुभएको छ । उहाँले ज्येष्ठ नागरिक सामाजिक सुरक्षा बापतको भत्ता रकम बुझ्दै नगरपालिका र जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको छ । 

उहाँ भन्नुहुन्छ, “निर्वाचनका बेला भोट माग्न आउँदा वृद्ध भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धताअनुसार नै काम शुरु गरेकामा निकै खुशी लागेको छ ।” यसरी नै निर्वाचनका बेला गरेका प्रतिबद्धता जनप्रतिनिधिले बिस्तारै काम गर्दै गए देशले सही निकास पाउने उहाँको धारणा छ । 

त्यस्तैगरी, रामपुर नगरपालिका–३ की ९६ वर्षीय लीलादेवी बस्याल पनि वडा वडाबाट वृद्ध भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो लागेको बताउनुहुन्छ । “भत्ता बुझ्नका लागि दुई घण्टा हिँडेर रामपुरको बेझाड बजारमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या, अहिले त नगरपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाका विभिन्न गाउँ गाउँबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन्”, उहाँले भन्नुभयो । 

उहाँहरु जस्ता धेरै ज्येष्ठ नागरिकलाई वडा वडाबाटै भत्ता वितरण कार्यले ठूलो राहत मिलेको छ । बैंकमा भत्ता लिन जाँदा नागरिकको भीडले पालो नपाएर कहिलेकाहीँ त्यसै फर्किनु परेको रामपुर–५ की तेजमाया भण्डारीको भनाइ छ । “अहिले त वडामा गएपछि घण्टौँसम्म लाइनमा बस्नु परेन, आउन जान पनि सजिलो, घर नजिकैबाट भत्ता बुझ्न पाएपछि समय पनि बचत भएको छ”, उहाँले खुशी हुँदै भन्नुभयो । 

ज्येष्ठ नागरिकलाई मध्यनजर गर्दै नगरपालिकाले विकट र दुर्गम वडाका विभिन्न स्थानबाट उनीहरुलाई पायक पर्ने गरी सामाजिक सुरक्षा बापतको भत्ता वितरण कार्य सञ्चालन गरिरहेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । उहाँ आफँै पनि वडा वडामा पुगेर ज्येष्ठ नागरिकलाई भेटघाट गरी भत्ता वितरण कार्यमा सरिक हुनुभएको छ । उहाँको यो व्यवहारले पनि यतिबेला ज्येष्ठ नागरिकमा थप उत्साह बढेको पाइन्छ । 

रामपुर नगरपालिकाका विभिन्न वडामा अहिले क्रमैसँग भत्ता वितरण कार्य चलिरहेको छ । कर्मचारीको अभावका कारण भने नगरका दशवटै वडामा एकै साथ सामाजिक सुरक्षा बापतको भत्ता वितरण गर्न कठिनाइ परेको छ । यसले गर्दा नगरपालिकाले पालैपालोसँग वडा वडाका विभिन्न स्थानबाट सेवा दिँदै आएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x