×

NMB BANK
NIC ASIA

एमाले र माओवादी केन्द्रबीच जिल्लास्तरमा पार्टी एकीकरण प्रक्रिया शुरु

कात्तिक २०, २०७४

NTC
Premier Steels
कञ्चनपुर, १९ कात्तिक - मंसिर २१ गते दोस्रो चरणमा हुने प्रदेश र संघको निर्वाचनका लागि वाम गठबन्धनका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट जिल्लास्तरमा पनि पार्टी एकीकरणको प्रक्रिया शुरु भएको छ । 

दुवै राजनीतिक दलको संयुक्त बैठकले एमाले जिल्ला अध्यक्ष तारा लामाको संयोजकत्वमा सात सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरेको हो । 

सो समितिमा एमालेबाट उपाध्यक्ष जीवनराज थापा, सचिव सुरेन्द्र विष्ट र उपसचिव रणबहादुर महरा तथा माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर थापा, अमिन दहित (सूर्य) र गोपाल रसाइली (चिराग)लाई चयन गरिएको छ । 

वाम गठबन्धनको निर्देशनअनुसार गठित सो समितिले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका लागि जिम्मेवारीसमेत बाँडफाँट गरेको छ । 

वाम गठबन्धनको मर्र्म र भावनालाई कार्यकर्तामाझ पु¥याउनका लागि निर्वाचन क्षेत्र नं १ को बेलौरीमा कात्तिक २० गते र निर्वाचन क्षेत्र नं ३ को महेन्द्रनगरमा भेला गर्ने लगायतका कार्यक्रम तय भएको छ । 

निर्वाचन क्षेत्र नं २ को कलुवापुरमा कात्तिक १८ गते भेला सम्पन्न भइसकेको जिल्ला सदस्य हमालको भनाइ छ । संयुक्त वाम एकतालाई खलल पुग्ने गरी कुनै पनि गतिविधि, प्रतिक्रिया, समाजिक सञ्जाल तथा सञ्चारमाध्यमको दुरुपयोग नगर्न नगराउनसमेत दुवै पार्टीका कार्यकर्तालाई निर्देशित गरिएको एनेकपा(माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य टेकेन्द्रप्रसाद भट्टले बताउनुभयो । आजैदेखि गठबन्धनका उम्मेदवारले प्रचारप्रसारको कार्यसमेत शुरु गरेका छन् । 

नेपाली काँग्रेसद्वारा प्रचारप्रसार समिति गठन 

नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नं २ मा आज पाँच सय ५१ सदस्यीय मूल प्रचारप्रसार समिति गठन गरिएको छ । 
पार्टीका क्षेत्रीय सभापति दलबहादुर बोहराको संयोजकत्वमा गठित समितिले कात्तिक २२ गतेदेखि प्रचारप्रसार गर्न चिन्तामणि भट्टको संयोजकत्वमा अनुगमन समिति र महासमिति सदस्य हेमराज ओझाको संयोजकत्वमा अर्थसमिति गठन गरिएको महासमिति सदस्य लालबहादुर सिंहले बताउनुभयो । 
क्षेत्र नं १ मा पुराना प्रतिस्पर्धी चुनावी मैदानमा 

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा हुने निर्वाचनका लागि वाम गठबन्धन र काँग्रेसबाट पुराना प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । 

वाम गठबन्धनबाट माओवादी केन्द्रका नेत्री विना मगर उम्मेदवार हुनुभएको छ । सो स्थानमा काँग्रेसले दोस्रो संविधनसभा निर्वाचनका विजयी दिवानसिंह विष्टलाई उम्मेदवार बनाएको छ । 

संविधानसभा निर्वाचनमा विष्ट निर्वाचित हुँदा मगर थोरै मतले तेस्रो हुनुभएको थियो । एमालेका लालबहादुर विक दोस्रो हुनुभएको थियो । दोस्रो संविधासभा निर्वाचनका दुई प्रतिद्वन्द्वी विष्ट र मगर चार वर्षपछि फेरि आआफ्ना चुनावी एजेण्डासहित मैदानमा उत्रिनु भएको छ । 

वाम गठबन्धनकी उम्मेदवार मगरले रुपान्तरण र विकासको एजेण्डा लिएर वाम गठबन्धनबाट आफू साझा उम्मेदवार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र परिवर्तनको अभियानमा लाग्न र पछाडि परेको दक्षिणी क्षेत्रको विकास र राष्ट्रियस्तरमा चिनाउन उम्मेदवारी दिएको हँु ।” उहाँले दक्षिणी क्षेत्र हालसम्म पिछडिएको उल्लेख गर्दै राज्यबाट यस क्षेत्रका लागि साँवाब्याजसहित अशुल्ने गरी उम्मेदवारी दिएको बताउनुभयो । 

काँग्रेसका उम्मेदवार विष्टले दक्षिणी क्षेत्रका निर्माणाधीन विकास निर्माणका कार्यलाई पूरा गर्नका लागि उम्मेदवारी दिएको बताउनुभयो । “यस क्षेत्रमा कलुवापुर बेलौरी सडक, हुलाकी मार्ग लगायतका योजना छन्, तिनलाई निरन्तरता दिएर जनतामा विकासको अनुभूति गराउन फेरि उम्मेदवारी भएको छु”– उहाँले भन्नुभयो । 

काँग्रेसले निर्वाचन क्षेत्र नं १ को (क) बाट गोपाल गुरुङ र (ख) बाट रामलाल रानालाई उम्मेदवार बनाएको छ । राना स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको प्रमुख नपाएछि माओवादी केन्द्रमा प्रवेश गर्नुभएकामा केही दिनपछि उहाँ फेरि काँग्रेसका फर्किनुभएको थियो । 

क्षेत्र नं १ को प्रदेशसभाका दुवै क्षेत्रमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार छन् । प्रदेशसभा (क) बाट एमालेका अध्यक्ष तारालामा तामाङ र (ख) बाट एमालेका कुलवीर चौधरी उम्मेदवार हुनुहुन्छ । वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार विनामगर र एमाले अध्यक्ष तामाङको घर पुनर्वास नगरपालिका वडा नं ३ मा पर्छ । 

स्थानीय तहको निर्वाचन मतका आधारमा क्षेत्र नं १ मा वाम गठबन्धन अन्य दुई क्षेत्रभन्दा निकै बलियो देखिएको छ । यस क्षेत्रमा पुनर्वास, बेलौरी नगरपालिका तथा बेल्डाँडी र लालझाडी गाउँपालिका छन् । पुनर्वास नगरपालिकामा स्थानीय तहको निर्वाचनमा एमाले, बेलौरी र लालझाडी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएकाले वाम गठबन्धन बलियो देखिएको छ । 

दुई पूर्वगाविस अध्यक्ष प्रदेशसभामाको चुनावमा भिड्दै 

कञ्चनपुरको महाकाली नगरपालिकामा एउटै वडाका दुई पूर्वगाविस अध्यक्ष प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । 

आसन्न निर्वाचनमा प्रदेशसभाका लागि महाकाली नगरपालिका वडा नं ७ बाट वाम गठबन्धनबाट मानबहादुर सुनार र नेपाली काँग्रेसबाट बेलबहादुर राना चुनावी मैदानमा उत्रिनुभएको हो । दुवै दोधारा गाविसका पूर्वगाविस अध्यक्ष हुनुहुन्छ् । 

महाकाली नगरपालिका वडा नं ७ का बेलबहादुर राना कांग्रेसबाट र मानबहादुर सुनार वाम गठबन्धनबाट कञ्चपुर क्षेत्र नं ३ (ख) को प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फ भिड्दै हुनुहुन्छ । 
दुवै दलका उम्मेदवार बलिया प्रतिस्पर्धी भएकाले कस्को विजय सुनिश्चित हुन्छ भन्नेबारे बताउन नसकिने स्थानीय सञ्चारकर्मी पप्पु गुरुङ बताउनुहुन्छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x