×

NMB BANK
NIC ASIA

‘वैवाहिक प्रतिबद्धता’ र ‘शान्तिदूत’को नाममा ‘युनिफिकेशन चर्च’को जालो

कात्तिक २१, २०७४

NTC
Premier Steels

छोटकरीमा युपिएफ भनिने युनिभर्सल पिस फेडेरेसन नामक संस्थाको महँगो शुल्कमा पूर्वमा हुँदै आएका वैवाहिक प्रतिवद्धता कार्यक्रम र शान्तिदूत समारोह चर्चको प्रचारमा गरिएको पाइएको छ ।

Muktinath Bank


 नेपालका अन्य स्थानमा जस्तै पूर्वका धरान, इटहरी, विरानगर जस्ता मुख्य शहरहरुमा पटकपटक हुने यस्ता कार्यक्रमहरुमा धेरैको आकर्षण हुन्छ । दम्पत्तिहरु बोलाएर गरिने विशाल सभा, निशुल्क महँगो भोजन, अत्याधुनिक कार्यक्रम र विदेश (खाशगरि) कोरियाबाट आएका अतिथि हुने उक्त कार्यक्रमहरुमा समाजका टाढाबाठाहरुनै उपस्थित हुने हुनाले धेरैले शंका  गर्दैन थिए । तर, पछिल्ला मिडिया रिपोर्ट र विभिन्न अनलाइन सामाग्रिहरुबाट भने यस्ता कार्यक्रमको भित्री उदेस्य चर्चको संस्कारको प्रचार हो भनेर छताछुल्ल भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


‘युनिफिकेशन चर्च’का धर्मप्रचारको आतिथ्यमा कार्यक्रम 


Advertisment
Nabil box
Kumari


गत कार्तिक आठ गते इटहरीमा  अरुबेला हुनेजस्तै युफिएफ नामक संस्थाको वैवाहिक प्रतिवद्र्धता कार्यक्रम भयो । इटहरीका मेयर द्धारिकलाल चौधरी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममले कोरियाबाट पनि अतिथिहरु बोलाएको थियो । उक्त कार्यक्रममा कोरियाबाट आएका मुख्य अतिथिको रुममा रहेका डाक्टर नो हि पाक नै क्रिस्चियन मिसिनरी रहेको प्रमाण फेला परेको छ । 

Vianet communication

नो हि पाकको फेसबुकको प्रोफाइल जानकारीमै उनको व्याख्या, ‘मिसिनरी एट युनिफिकेसन चर्च’ लेखिएको छ । अर्थात उनी युनिफिकेशन चर्चका धर्मप्रचारक हुन् । मिसिनरी पाकको फेसबुकको टाइमलाइनमा हेर्दा पनि उनले विभिन्न गतिविधि मार्फत् आफ्नो चर्चका गतिविधिहरु प्रचार गरेको पाइन्छ । 


एफएफडब्लुपीयु नामक मिसिनरी संस्थाबाट उक्त कार्य गरेको देखिन्छ । इटहरीका पाकसँगै आएका अर्का अतिथी डाक्टर ह्युङ तेइ किम पनि कोरियाकै युनिफिकेशन चर्चाकै भएको पाइएको छ । 
युनिफिकेसन चर्चकै संस्कारमा वैवाहिक समारोह नवजोडि र धेरै समय अगाडि विवाह गरिएका जोडिहरु बोलाइएर गरिने वैवाहिक प्रतिवद्धता समारोह कुने नेपाली संस्कारसँग मिल्दैन । युनिफेसन चर्चमो समुह विवाह संस्कार भनेर युट्युबमा खोज्दा यि सबै चरणहरु पढ्न र देख्न सकिन्छ ।विभिन्न पाँच चरणमा गरिने यस्ता वैवाहिक प्रतिवद्धता समारोह यस्तो गरिन्छः


१. जोडिले एकअर्कालाइ सानो डण्डाले हिर्काएर पापको अन्त्य र नयाँ सुरुवातको तयारी गर्ने भनिन्छ 
२. जोडिलाइ ‘पवित्र जल’ सेवन गराइन्छ । एउटाको जुठो अर्कोलाइ सेवन गराइन्छ । 
३. आशिर्वाद सेसन आँउछ जहाँ जोडिलाइ ‘अफिसिएटर’ भनिने एक दम्पत्तिले प्रार्थाना गराँउछन् । प्रार्थाना सकाएर ‘पवित्र जल’ भनिएको पानी छर्किछ । 
४. पवित्र जल छर्किएपछि चालिस दिनको ‘सेपेरेसन परियड’ भनिने उक्त कार्यक्रमको लागी जोडिहरुलाइ चालिस दिन यौनव्रत गर्न आग्रह गरिन्छ । 
५. माथिका चार चरण सकाएपछि तीन दिने अर्को कार्यक्रम हुन्छ जहाँ दम्पत्तिहरुलाइ पुनः जिवन सुरु गर्ने चरण भनिन्छ । त्यसपछि बाइबलमा भनिएको प्रथम पुरुष आदम र प्रथम स्त्री इभको पुनरावलोकन भएको मानिन्छ । 


वैवाहिक प्रतिवद्र्धता भन्दै युनिफिकेसन चर्च संस्कारको विवाह


नेपाल र अन्य विभिन्न देशमा वैवाहिक प्रतिवद्धता कार्यक्रम गर्ने भनिएको युपिएफका वैवाहिक प्रतिवद्धता समारोह प्रतिवद्धता मात्रै नरहेको सोहि कार्यक्रममा सहभागी मोरङका एक शिक्षक बताँउछन् । ‘यदि वैवाहिक प्रतिवद्धता कार्यक्रम मात्रै हो भने किन विभिन्न होलि जुस र ब्लेसिङ सेरेमानि आदि इत्यादि गर्नु’, फोनमा बोल्दै उनले भने, ‘सिधासिधै यो त युनिफिकेसन चर्च संस्कारकै विवाह जस्तो लाग्छ ।’ नाम नछाप्ने सर्तमा बोलेका मोरङका त्यी शिक्षकको शंक इन्टरनेटमा उपलब्ध सामाग्रीहरुले समेत पुस्टी गरेका छन् । 

‘ब्लेसिङ सेरेमोनि अफ युनिफिकेशन चर्च’ अर्थात युनिफिकेशन चर्चको आशिर्वाद समारोह भनेर विकिपेडियामा खोज्दा मोरङका शिक्षको आरोप पुस्टि हुन्छ । इन्टरनेटमा उलपब्ध सामाग्रि अनुसार ब्लेसिङ सेरेमोनि जस्तै गरेर वैवाहिक प्रतिवद्धता गर्छ युपिएफले । ब्लेसिङ सेरेमोनिका पाँचै चरणका कार्यक्रमहरु गर्ने युफिएफले अस्ति कार्तिक ८ गते इटहरीमा गरेको कार्यक्रम चौथो चरणको अर्थात चालिस दिने यौनव्रतको अवस्थाको देखिएको थियो । 


विकिपेडियाका अनुसार वैवाहिक प्रतिवद्धता कार्यक्रमलाइ पवित्र आशिर्वाद कार्यक्रम र विशाल सामुहिक विवाह समारोहका रुपमा समेत चिनिन्छ । ‘मास विडिङ अफ युनिफिकेसन चर्च’ अर्थात युनिफिकेसन चर्चको सामुहिक विवाह भनेर युट्युवमा खोज्दा पनि धेरै तथ्य र उदाहरुणहरु भेटिन्छ । त्यहाँ उपलब्ध विभिन्न अन्तराष्ट्रिय मिडियाहरुका समाचार र विचारहरुमा यस्ता विवाह समारोहहरु कोरियामा रहेको युनिफिकेशन चर्चकै कार्यक्रम रहेको प्रमाणित हुन्छ । 


यनिफिकेशन चर्चको ब्लेसिङ सेरेमोनि बारेमा इन्टरनेटमा उपलब्ध एक व्याख्याले यस्ता कार्यक्रमहरु युनिफिकेशन चर्चकै हुन भन्ने प्रमाणित गर्छ । विकिपेडियाले लेख्छ, ‘ब्लेसिङ सेरेमोनि ह्याज विकम द मस्ट फेमस रिचुअल अफ द युनिफिकेशन चर्च’ अर्थात युनिफिकेशन चर्चको आशिर्वाद समारोह चाहि सबैभन्दा धेरै लोकप्रिय संस्कारमा पर्छ । उक्त वैवाहिक समारोहहरु सबै युनिफिकेशन चर्चकै प्रायोजनमै चल्ने समेत विकिपेडिमाले लेखेको छ ।


यसरी विवाह समारोह र वैवाहिक प्रतिवद्र्धता समारोह भन्दै गरिने कार्यक्रममहरुले जोडिहरुलाइ क्रमशः युनिफिकेशन चर्च संस्कारमा जोड्ने उदेस्य रहेको युपिएफमा निक्रिय रहेका इटहरीका एक व्याक्ति बताँउछन । उनी भन्छन, ‘हामीलाइ वैवाहिक प्रतिवद्र्धता भन्दै हाम्रै इच्छा विपरितका संस्काहरु गराएर जबरजस्ती युनिफिकेशन चर्चको संस्कार संजाल विस्तार गरेको बल्ल जानकारी पाएको छु ।’


पावर सेन्टरलाइ तान्न डकुमेन्ट्रि प्रदर्शन  र ‘शान्तिदूत’ उपाधी


युनिफिकेसन चर्चका यस्ता कार्यक्रमहरु व्यापक बढ्नुमा र समाजका पावर सेन्टरहरु काकर्षित हुनुमा विनाकुनै प्रक्रिया दिइने शान्तिदुत उपाधि भएको आलोचकहरुले बताएका छन । राजनिति, कर्मचारि, पत्रकार, पेशव्यवशायीहरुलाइ दिइने शन्तिदुत पनि विना कुनै प्रक्रिया प्रदान गरिन्छ । युपिएफकै कुनै सदस्यको सिफारिसमा शान्तिदुत भएको बताएका इटहरीका एक शिक्षासेवि भन्छन, ‘हचुवाको भरमा शान्तिदुत लिने भन्दै वायोडाटा दिए तर पछि बुझ्दका जोसुकै शान्तिदुत भएको देखेपछि  शंका गरेको हुँ ।’ शन्तिदुत दिदाँ पनि कोरियाकै युनिफिकेशन चर्चका नेताहरुको हस्तक्षरको प्रमाणपत्र दिइने गरिएको पनि उनले बताए । ‘मलाइ दिइएको शान्तिदुत प्रमाणपत्र दिइने कार्यक्रममा अतिथि र प्रमुख अतिथी अरुनै थिए’, शन्तिदुत भएका धरानका एक स्थानिय भन्छन ‘तर प्रमाणपत्र फोटोकपि गरिएको कुनै कागजजस्तो मात्रै थियो र यहाँ साइन गर्नेहरु मैले सुन्दैनसुनेका कोरियालीहरु थिए ।’


शन्तिदुत बनाँउनु अगाडि हुने वैवाहिक प्रतिवद्धता समामरोहकै विचमा सहभागीहरुलाइ आकर्षित गर्न एक डकुमेन्ट्रि देखाइन्छ । नेपालको राजधानी काठमाण्डौमा गरिएका त्यस्तै एक भव्य वैवाहिक समारोह र त्यहाँ उपस्थि देशका प्रधानमन्त्रि र अतिविशिष्ठ व्याक्तित्वहरु सरिक कार्यक्रम हेराउछन आयोजकहरु । यो भिडियोले औसत मान्छेहरुमा सस्थाको विश्वसनियता बढेर जाने र कार्यक्रम सहज हुने देखिएको छ । देशका मुख्य व्याक्तित्वहरु नै सरिक भएको कार्यक्रममका कारण प्रश्न गर्नेहरु पनि नहुने आलोचकहरु बताँउछन । 


यसरी बनाइएका शान्तिदुतहरुलाइ विभिन्न त्यस्तै कार्यक्रममा संसरका विभिन्न देशहरुमा भ्रमण पनि गराँउछन आयोजकहरु । त्यस्ता भ्रमणहरुको हवाइ यातायात शुल्क भने शान्तिदुत स्वयंले तिर्नुपर्छ । कार्यक्रममा जाने भन्दा सहज भिजा लाग्नाले पनि धेरैले विदेश समेत गएको पाइएको छ । 


बुद्धभुमिको शािन्त फैलाँउने कार्यक्रममा ‘कोरियाली’को पुजा


आफुलाइ संयुक्त रास्ट्र संघको सल्लाहका भन्ने जस्तो अपुस्ट तर्क गर्ने युपिएफका कार्यक्रममा सबैभरि शान्तिको कुरा हुन्छ । नेपालभरि शान्तिदुतहरु बनाउँदै हिड्ने युनिभर्सल पिस फेडेरेसन (युपिएफ)का संस्थापक सन म्युङ मुन हुन् । मुनले कोरियाली युद्वमा शान्ति स्थापना गर्न भुमिका खेलेको कुरा मात्रै व्याख्या गरेर उनको क्रिस्चियन मिसनको पक्ष भने लुकाउने गरिएको छ । शान्ति स्थापनाका असली मातापिता भनिने मुनको पदचाप पच्छ्याउने युपिएफले हरेक कार्यक्रम गर्दा उनै मुन दम्पत्तिको फोटो राखेर पुजा गर्ने गर्छन् । यसरी वैवाहिक प्रतिवद्र्धता कार्यक्रम र शान्तिदुत कार्यक्रममा आयोजकहरुले शान्तिको लागी कार्य गरेको भनिरहँदा पुजा भने कोरियाली दम्पत्तिको गर्छन । आलोचहरुले यस्ता कार्यक्रममा नेपाली मौलिकता र बुद्धको प्रशंग नभएको भन्दै आलोचना गर्दै आएका छन । इटहरीका एक व्यापारी भन्छन, ‘यसरी शान्तिको कार्यक्रमा बुद्धको गफ मात्रै गरिन्छ तर पुजा शान्दिुत भन्दै कोरियाली शन म्योङ मुन र उनकि पत्निको पुजा गरिन्छ ।’


शान्तिदूत भनिएका संस्थापक मुन नै युनिफिकेसन चर्चका संस्थापक


तर, यसरी सर्वपक्षिय बनाउने व्याख्या गरिएका सन म्योङ मुन भने कोरियाली युनिफिकेसन चर्चका संस्थापक हुन् । मुनले सन् १९५४ मा कोरियाको बुशानमा युनिफिकेसन चर्च खोलेका थिए । जसको ब्याख्या गर्दा नै ‘विश्व क्रिस्चियन एकताको लागी पवित्र आध्यात्मिक संघ’ भनिएको छ । 


यो कुराको पुष्टि नेपालमा प्रकाशित अंग्रेजी साप्ताहिक नेपाली टाइम्समा कोरियाली पत्रकारले नै लेखेको एक समाचारमा हुन्छ । सेउल्की ली नामक कोरियाली पत्रकारले सन् २०१६ मा लेखेको समाचारको शिर्षक ‘कोरियन मुभमेन्ट गेन्स पोलिटिकल फुटहोल्ड इन नेपाल’ रहेको छ । अर्थात् नेपालमा खुट्टा टेकेको कोरियाली अभियान शीर्षक समाचार अझै पनि गुगुलमा भेट्न सकिन्छ । 
सन २०१२ मा मृत्यु भएका फादर मुन आफुलाई जिजस पछिका भगवानले पठाएको पुत्र मान्ने गर्छन् । फादर मुन र उनकी श्रीमति हाक जा हानलाई विश्वव्यापी माता र पिता मान्ने प्रचलन पनि युनिफिकेशन चर्चले नै निर्धारण गरेको पनि उक्त समाचारले वर्णन गरेको छ । 

युनिफिकेशन चर्च प्रचारको प्रयोजनमा बनेको टोंगिल ग्रुप


आफुले खोलेको युनिफिकेशन चर्चका कुराहरु स्थापना गर्न विभिन्न मिसिनरी संस्थाहरु खोलिएको पाइएको छ । युफिएफ र एफएफडब्लु यसका मुख्य मिसिनरी संस्थाहरुमा पर्छन् । विश्वका १७० बढि मुलुकमा फैलिएको युनिफिकेसन चर्चको मिसिनरी संजालको सपोर्टका लागि भनेर टंगिल ग्रुप नामक व्यापारिक समुह पनि खोलिएको छ । 
टोंगिल ग्रुप डट ओआरजीमा यो संस्थाको विस्तृत विवरणसमेत प्राप्त गर्न सकिनछ । युनिफिकेशन चर्चको मिसन पुरा गर्न बनेको टंगिल ग्रुपले होटल, पानीजाहाज, मिडिया र अटोमोबाइलका समाग्रीको व्यापार गर्छ । यसको स्थापना सन् १०५९ मा फादर मुन स्वंयले गरेका थिए । 


आलोचकहरुका अनुसार हिन्दुत्वको प्रचारमा खोलिएको रामदेवको पतंजली र युनिफिकेशन चर्चको प्रचारमा बनाइएको टोंगिल ग्रुप समान हुन् । तर, गैर क्रिस्चियन बाहुल्य क्षेत्रमा अन्य धर्मगुरुहरुसमेत ल्याएर गर्ने विवाह प्रतिबद्वता समारोह गर्ने हुनाले झट्ट हेर्दा युनिफिकेशन चर्चको संस्था युपिएफ स्वतन्त्र जस्तो देखाउन खोजिएको विश्लेषण गरिएको छ । मोरङमा युपिएफबाट शान्तिदुत बनाइएका एक सामाजिक व्याक्तित्व भन्छन, ‘शान्तिदुत भनेर सुरुमा स्विकार गरेर गएको तर पछि बुझ्दै जाँदा त यो यनिफिकेसन चर्चको धार्मिक मिसन पो रै’छ ।’


एकनाथ ढकालको नेतृत्वमा चल्छ यो फैलिदो अभियान


युनिभर्सल पिस फेडिरेसन नामक संस्थाले युनिफिकेशन चर्चका संदेशमा मुलतः पारिवारिक एकतालाई जोड दिन्छन् । परिवारमा शान्ति कायम हुनुपर्ने र परिवार राम्रो भए मात्रै समाज अनि देश राम्रो भन्ने बाहिरी मिसन रहेको छ । 


यो मिसनका लागि नेपालका एउटा दलको स्थापना भएको थियो । नेपाल परिवार दल नामममा सञ्चालन रहेको दलको ससदमा समेत प्रतिनिधित्व रहेको थियो । एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल मंसिर १० र २१ मा चुनावको मिति घोषणा र संविधानमा थ्रेसहोल्डको व्यवस्था भएसँगै नेकपा एमालेमा गाभिएका छन् । 


उनको दल चर्चको प्रायोजनबाट चल्ने गरेको थियो उनै ढकालको पार्टी भने कोरियाको युनिफिकेशन चर्चकै प्रायोजनमा संचालनमा आएको पुष्टि भएको छ ।


शान्तिदूत बनाउने र वैवाहिक प्रतिबद्वता समारोह जस्ता कार्यक्रम गर्ने युपिएफका अध्यक्ष समेत रहेका ढकाल आफु हिन्दु भन्छन् । तर, आफू युनिफिकेशन चर्चको अभियानकर्मी भएको पनि स्वीकार्छन् । नेपाली टाइम्ससँगको एक अन्तरवार्तामा उनले यो कुराको पुष्टि गरेका छन् । 


उनले भनेका छन्, ‘म युनिफिकेशन अभियानमा लागेको हिन्दु हो ।’ कुनै एक धर्मको मान्छे अर्को धर्म प्रचारको अभियानमा नलाग्ने भन्दै आलोचकहरुले एकनाथ ढकालले परिवार दल र युपिएफ मार्फत युनिफिकेशन चर्चको नेपालमा सक्रियता र संजाल फैलाउने गरेको बताउँछन् । 


नेपालका धेरै जिल्लामा कार्यालय रहेको युपिएफ मात्रै हैन ढकालको पार्टी नेपाल परिवार दल पनि युनिफिकेशन चर्चबाटै प्रायोजनमा रहेको पाइएको छ । जसको स्विकारोक्ति उनले घुमाउरो भाषामा नेपाली टाइम्ससँगको अन्तरवार्तामै गरेका छन् । 


शान्तिदुत भइसकेर युनिफिकेशन चर्चको बारेमा जानकार मोरङको एकजना सामाजिक व्यक्तित्व भन्छन, ‘यो मिसनमा केहि गैर क्रिस्चियन होलान तर यो मिसनको मुल उदेस्य नै युनिफिकेशन चर्चकै संदेश छर्ने हो, नत्र यत्रा ठुलठुला कार्यक्रमको प्रायोजन के प्रायोजनमा भएका होलान् र ?’ उनले दक्षिण कोरियाजस्तो विकासशील देशमा स्थापना भएर सञ्चालन गरिएको संस्थाले प्रविधि तथा विकासको क्षेत्रमा काम गर्नुको साटो वैवाहिक बन्धनमा बाँधिइसकेका परिवारलाई क्रिश्चियन परम्पराअनुसारको विवाह गराउनुको अर्थ नरहेको तर्क गरे ।


युपिएफले युनिफिकेशन चर्चकै सन्देश बोक्ने दावा गर्दै उनी भन्छन्, ‘तीन धर्मका धर्मगुरु बोलाएर पानी छर्किन र केहिलाई शान्तिदुत मात्रै बनाउने काममा भएको त्यत्रो खर्च नै शंकाको पहिलो घेरा हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x