×

NMB BANK
NIC ASIA

भूकम्पले भत्किएका घर बनाउनेलाई मात्र भोट !

कात्तिक २१, २०७४

NTC
Premier Steels

सिन्धुपाल्चोक, २१ कात्तिक–बतासे–२ की ७८ वर्षीया मनकुमारी विक बेसहारा छिन् । परिवारको साथ त थिएन नै प्रकृतिले पनि ठग्यो । 

Muktinath Bank

विसं २०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदियो । तर, अझै आश मरेको छैन । घर ठडिने सपना बोकेकी छन् । त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारलाई मत दिने योजना छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घर बनाइदिए हुने थियो, बरु खाना मागेर पनि खाने थिएँ, चार पैसा छैन, भएको खेतीबाट जेनतेन छ महिना खान पुग्छ, बाँकी गाउँमै सामान्य काम गरेर खान्छु,’ उनले भनिन् । 


Advertisment
Nabil box
Kumari

भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका मतदातालाई विकासभन्दा पनि पहिला भत्केका घर बनाइदिने उम्मेदवारलाई जिताउने मनसाय छ । 

Vianet communication

नौबिसे–२ का ८१ वर्षीय भरतराज भण्डारी गाउँमा राम्रो विकास गर्नेलाई मतदान दिने बताउँछन् । काँग्रेसका पुराना मतदाता रहेका भण्डारी यसपटक मत कसलाई दिने भन्ने अन्योलमा छन् । उनी भन्छन्, ‘जित्ने उम्मेदवारबाट ज्येष्ठ नागरिकलाई भत्ता बढाइदिने र रोगब्याधीको औषधि उपचार गर्नेलाई मत दिन्छु ।’ 

बतासे–२ देवीडाँडाका मानबहादुर विक राम्रो उम्मेदवारले जितेमा गाउँमा विकास छाउने अभिलाषामा छन् । यता जलवीरे–२ का बाबुराम सापकोटाको अरुको भन्दा फरक मत छ । हिन्दू धर्मको संरक्षण गर्ने दलले जिते हुनेथियो भन्ने उनको आशा छ । 

जुगल गाउँपालिका बराम्चे–५ ढाँडेमा नेपाली काँग्रेस चुनाव प्रचारप्रसार समितिले आइतबार आयोजना गरेको चुनावी सभामा भेटिएका माथिका प्रतिनिधि जस्तै धेरैको मत विकासप्रेमी उम्मेदवारलाई दिने योजना छ । 

नेपाली काँग्रेसका स्थानीय नेता रेशम गिरी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता माङ्माया स्याङ्बोले जसले जिते पनि पहिला भूकम्पबाट भत्किएका घर निर्माण तथा जिल्लाको सडक, खानेपानी र जडीबुटीको व्यवस्थापनसँगै पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए । 

चुनावी सभालाई सम्बोधन गर्दै सूचना तथा सञ्चारमन्त्री बस्नेतले लोकतन्त्रको संरक्षण गरी विकासलाई तीव्रता दिन लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन मतदातालाई आग्रह गरे । 

प्रतिनिधि सभाको क्षेत्र नं १ मा नेपाली काँग्रसका तर्फबाट उम्मेदवार बनेका मन्त्री बस्नेतले ठूला सपना बाँड्नुभन्दा पनि जनताका आधारभूत आवश्यकता, सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी आदिको निर्माणलाई निश्चित समयभित्र सक्नेगरी योजना ल्याइने बताए । 

मन्त्री बस्नेतले जिल्लाका सबै गाउँमा मोटरबाटो, सूचना र प्रविधिको पहुँच विस्तार गर्ने तत्कालीन योजना पनि सुनाए । 

‘हामी भोट माग्न त्यसै आएका छैनौँ । भूकम्पबाट कुन बस्ती जोखिममा छ, कहाँ स्थानान्तरण गरी बस्ती विकास गर्नुपर्छ, त्यसको योजनाबद्ध कार्यक्रम ल्याएर गाउँमै रोजगारी सिर्जना गर्छौं,’ उनले भने । 

दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि क्षेत्र नं १ मा सञ्चारमन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेत र क्षेत्र नं २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबरा उम्मेदवार बनेका छन् । 

प्रदेश सभाअन्तर्गत क्षेत्र नं १ को (क) मा विष्णु खत्री र (ख) मा राजेन्द्र श्रेष्ठ तथा क्षेत्र नं २ को (क) मा विकास लामा र (ख) निमा लामा उम्मेदवार उठेका छन् । 

त्यस्तै, वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं १ बाट पूर्व सञ्चार मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटा र क्षेत्र नं २ मा नेकपा एमालेका नेता शेरबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ (क) मा एमालेको तर्फबाट अरुण नेपाल र (ख) मा सरेश नेपाल उम्मेदवार बनेका छन् । 

त्यसैगरी, क्षेत्र नं २ (क) मा माओवादी केन्द्रको तर्फबाट युवराज दुलाल र (ख) मा पूर्व सांसद दावा तामाङको उम्मेदवारी परेको छ । 

तीनवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको सिन्धुपाल्चोकमा करिब सवा दुईलाख मतदाता रहेका छन् । यहाँको कूल जनसंख्या तीन लाखभन्दा बढी छ । यसपटक क्षेत्र नं १ मा हालका सञ्चारमन्त्री र पूर्व सञ्चारमन्त्रीबीचको चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x