×

NMB BANK
NIC ASIA

भाइरल ज्वरोले मुगुमा ४ जनाको मृत्यु, तीन साता वितिसक्दा बिरामीले सिटामोल पाएनन्

कात्तिक २३, २०७४

NTC
Premier Steels

मुग, २३ कार्तिक –मुगुको पश्चिम खत्याड गाउँपालिकामा ३ साता अघिदेखि फैलिएको भाइरल ज्वरोको कारण ४ जनाको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा ४ जनाको मृत्यु भएको स्थानीयले बताए ।

Muktinath Bank


खत्याड गाउँपालीका वडा नं. १,२,३,४,५,६ र ७का बिभिन्न गाउँ वस्तीहरुमा ६ सय भन्दा बढी मानिस भाइरल ज्वरोका कारण थला परेका छन् । गाउँमा मानिसहरु सयौँको संख्यामा बिरामी परेको भएपनि अmझैसम्म औषधि उपचार पाएका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


बिरामीमा ज्वरो आउने, ढाड दुख्ने, टाउको दुख्ने,आँखा दुख्ने, नाकबाट सिगान जस्तो पानी बग्ने, औषधिले काम नगर्ने, खान मन नलाग्ने जस्ता रोगका लक्ष्यण रहेका छन् ।खत्याड ७ का वडा अध्यक्ष जयऋषी उपाध्ययको पहलमा जिल्ला स्वास्थ्य कार्यालयबाट केही औषधि ल्याइएको भएपनि बिरामीको संख्या धेरै भएकाले औषधि पर्याप्त छैन । 


Advertisment
Nabil box
Kumari


स्वास्थ्य चौकी गम्थामा बिरामीको चाप बढिरहेपनि स्वास्थ्य चौकीमा औषधि नहुँदा रोगले भयानक रुप लिन थालेको स्वास्थ्य चौकीका अहेब जयपृथ्वी डागरलले बताए ।

Vianet communication


रोग फैलिएको ३ साता भइसक्दा पनि रोगको एकिन हुन सकेको छैन । भाइलर ज्वरोका कारण गत कार्तिक ३ गते खत्याड १ साडबाडा गाउँका ५९ वर्षीय सिहं बुढाको मृत्यु भएको थियो । यस्तै कार्तिक १४ गते खत्याड ४ पैखु गाउँका ६५ वर्षीय धनसिहं थापा, कात्तिक २२  गते ८५ वर्षीया दलसुर थापा, ४४ वर्षीय मागी रोकायाको मृत्यु भएको स्थानीयले बताए ।


स्थानीय अमना थापाले आफूपनि ३, ४ दिन देखि थलापरेको तर अहिलेसम्म औषधि नपाएको बताइन् । 


सो क्षेत्रमा  बच्चाबच्ची, बुढाबुढी, गर्भवती तथा सुत्केरी महिलाहरुलाई बढी असर गरेको उनको भनाइ छ ।


गाउँमा रोग फैलीएकोले अधिकांश घरमा बिरामी छन् ।  तर अहिलेसम्म औषधि उपचारको लागि कुनै निकायबाट पहल नभएको स्थानीयले गुनासो गरेका छन् ।


 जिल्ला स्वास्थ्य कार्यालको औषधि स्टोरमा पनि औषधि सकिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारी गराए । २,३ भारी औषधी गम्था स्वास्थ्य चौकीमा पठाइसकिएको भन्दै उनले गाउँपालिकाले माथिल्लो निकायमा पहल गर्नुपर्ने बताए ।


देशमा संघ र प्रदेश सभाको चुनावी माहोलमा तातिइरहेको अवस्थामा  अवस्थामा दुर्गम मुगुका ग्रामीण गाउँ वस्तीहरुमा रोगको बिकराल अवस्थाले जनताहरुलाई त्रसित बनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x