×

NMB BANK
NIC ASIA

पक्राउ पर्ने भेउ पाएका पाण्डेले भनेका थिए, कोही आए छैन भन्दिनू !

कात्तिक २९, २०७४

NTC
Premier Steels

काठमाडौं, २९ कात्तिक – वैदेशिक रोजगार विभागका महाप्रबन्धक विश्वराज पाण्डेलाई बुधवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष समूहले पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) नेतृत्वमा खटिएको अख्तियार प्रहरीले उनलाई काठमाडौं चावहिलको अम्बे अपार्टमेन्टबाट नियन्त्रणमा लिएको हो ।

Muktinath Bank


पाण्डे अपार्टमेन्टमा बस्दै आएका थिए । अख्तियार स्रोतका अनुसार पाण्डेले आफू पक्राउ पर्ने भेउ मंगलवार नै पाएका थिए । किनकी मंगलवार अख्तियारले घुस रकम बुझ्न जाने पाण्डेका दुई जना सहयोगीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


बुधवार पाण्डेले आफूलाई सबैभन्दा असुरक्षित महशुश गरे । पाण्डेले अपार्टमेन्टका गार्डलाई ‘कोही आए छैन भन्दिनू’ भन्ने आदेश दिएर अपार्टमेन्टमा ढोका थुनेर बसेका थिए । प्रहरीले खाज्दै जाँदा ढोका थुनेर बसेका पाण्डेलाई अपार्टमेन्टबाटै उठाएको हो ।


Advertisment
Nabil box
Kumari


‘हामीले पाण्डेलाई हिँजो नै समाउन खाजेका थियौं, तर मोबाइल स्वीच अफ गरेर बसेका थिए,’ अख्तियार स्रोतले लोकान्तरलाई भन्यो, ‘उनको मोबाइल स्वीच अफ भएपछि बिहानैदेखि अपार्टमेन्टमा निगरानी राखेका थियौं ।’
स्रोतले थप्यो, ‘गार्डलाई समेत कोही आए छैन भन्दिनू भनेर अपार्टमेन्टमा लुकेर बसेका रहेछन् । हामीले अपार्टमेन्टबाटै नियन्त्रणमा लियौं ।’

Vianet communication


पाण्डेलाई १० लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियारले समाएको हो । अख्तियारले मंगलवार विभागककै शाखा अधिकृत र नायब सुब्बालाई नियन्त्रणमा लिएको थियो ।


अख्तियारले मंगलवार शाखा अधिकृत कृतिबल्भ कोइराला र सुब्बा खड्ग केसीलाई १० लाख रुपैयाँ घुस लिँदै गर्दा समाएको थियो । हिँजोकै घुसकाण्डमा अनुसन्धानका क्रममा पाण्डे पक्राउ परेका हुन् ।
उक्त १० लाख घुसको कनेक्सन पाण्डेसँग पनि जोडिएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधिन मुद्दा मिलाइदिने प्रलोभनमा पारेर पाण्डेकै मतियारको रुपमा पौडेलले र केसीले हिजो घुस लिएको अख्तियारको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

अख्तियार स्रोतका अनुसार हिँजो पक्राउ परेका अधिकृत र सुब्बा पाण्डेका मतियार मात्रै हुन् । उनीहरु पाण्डेकै निर्देशनमा घुस लिन गएका थिए । पाण्डेले घुस लिन आफू नगएर दुई कर्मचारीलाई पठाएका थिए । घुसको सम्पूर्ण बार्गेनिङ पाण्डेले नै  गरेका थिए ।

उनले म्यानपावर व्यवसायीसँग १५ लाखको बार्गेनिङ गरेका थिए । तर अन्तिममा १० लाखमा कुरा मिलेको थियो । पाण्डेलाई म्याद थपेर थप अनुसन्धान गर्ने तयारी अख्तियारले गरेको छ । अख्तियारले पाण्डेलाई घुस बुझाउने म्यानपावर व्यवसायिको विवरण सार्वजनिक गरेको छैन ।

पाण्डेमाथि म्यानपावर दर्ता  गर्दा घुस खाएको, अबैध श्रम स्वीकृति दिएर मान्छेलाई विदेश पठाएको लगायतका आरोप समेत छन् । पाण्डेसँग अकुत सम्पत्ति रहेको गुनासा पनि छन् ।

उनले केही समय अघि काठमाडौं नक्साल नारायणचौरमा रहेको घर बेचेर हुण्डीबाट अमेरिका पैसा पठाएको समाचारहरू समेत सार्वजनिक भएका थिए । तीन वर्षसम्म विभागमा काम गरेका पाण्डेले अकुत पैसा कमाएको आरोप पनि छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक १० लाख घुस खाएको आरोपमा पक्राउ

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x