×

NMB BANK
NIC ASIA

विशेषमा महत र ढकालको बयान शुरु, चूडामणि शर्मा हाजिर हुनै आएनन्

कात्तिक ३०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३० कात्तिक– कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालमाथि विशेष अदालतमा बयान शुरु भएको छ । महत र ढकालले हिँजो विशेष अदालतले आफूहरुलाई म्याद जारी गरेकाले बयानका लागि उपस्थित भएको निवेदन दिएर अदालतमा उपस्थित भएका थिए ।

Muktinath Bank

बुधवार समय अपुग भएका कारणले उनीहरुको बयान हुन सकेको थिएन । बयान पछि अदालतले थुनछेक बहस गर्नेछ । बहसपछि अदालतले दिने आदेशको आधारमा मुद्दा अगाडि बढ्ने विशेषका प्रवक्ता नगेन्द्र पोख्रेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महत र ढकालका लागि असोज २३ गते अदालतले म्याद जारी  गरेको थियो । आयोगका सदस्य सचिव चूडामणि शर्माका नाममा विशेषले कात्तिक ६ गते म्याद जारी गरेको छ । उनी चाहिँ अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् ।


Advertisment
Nabil box
Kumari

शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाएपछि महत र ढकाल फरार थिए । फरार भएपछि अख्तियारले ७ दिन भित्र उपस्थित हुन भन्दै महत र ढकालका नाममा पत्रिकामा सूचना प्रकाशन गरेको थियो । उक्त सूचना पछि पनि उनीहरु अख्तियारमा हाजिर भएनन् ।

Vianet communication

अख्तियारले शर्मा सहित महत र ढकाल तीनै जनालाई विपक्षि बनाएर १० अर्व दुई करोड रुपैयाँ  विगो दावी  गर्दै विशेषमा भ्रटाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले महत र ढकाललाई फरार अभियुक्तको रुपमा मुद्दा चलाएको थियो ।

शर्मालाई पक्राउ गरेपछि अख्तियारले तीन साता लामो अनुसन्धान गरेर तीन अर्व धरौटी मागेको थियो । शर्माले उक्त धरौटी तिरेनन् । बरु शर्माकी पत्नीले आफ्ना पतिलाई गैर कानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा रिट हालेकी थिइन् । 

उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले शर्मालाई अख्तियारको कस्टडीबाट बाहिर निकाल्यो । मुद्दा चाहिँ विशेषकै कार्यक्षेमात्र पर्ने भन्दै थप आदेश दिन आवश्यक ठानेन ।
 
अख्तियारले महत र ढकाल फरार भएको भन्दै मुद्दा दायर गरेपछि विशेषले उनीहरुको नाममा म्याद जारी गरेको थियो । उनीहरुले विशेषले दिएको म्याद बुझेका थिएनन् । विशेषले म्याद नबुझेपछि उनीहरुको ठेगानामा म्याद तामेली गरेर बसेको थियो ।

अब बयान पछि  विशेषले महत र ढकालसँग धरौटी माग्ने कानूनी अभ्यास छ । धरौटी तिरेर बाहिर बसेर मुद्दामा सामेल हुने वा कस्टडीभित्रै बसेर मुद्दा लड्ने भन्ने कुरा महत र ढकाल स्वयंले निर्णय गर्नेछन् । उनीहरुलाई अहिले डिल्लीबजार स्थित सदरखोर कारागारमा राखिएको छ ।

विशेषले धरौटी मागेमा ठूलो रकम माग्ने सम्भावना हुन्छ ।

‘अब बयान सकिएपछि अदालतबाट आवश्यक निर्णय हुन्छ, त्यसपछि मुद्दा अघि बढ्छ,’ विशेष अदालतका प्रवक्ता पोख्रेलले भने, ‘शर्माको नाममा पनि म्याद जारी भएको हो तर उनी अझै आएका छैनन् ।’ शर्माको पनि विशेषमा अझै बयान नभएको पोख्रेलले बताए ।

ब्यानको समयमा सर्वोच्चले आदेश जारी गरेपछि उनी उतैबाट गएका थिए । म्याद जारी भएपछि मुद्दाको फैसला हुने अघिल्लो दिनसम्म पनि अभियुक्तले अदालतमा हाजिर भएर बयान दिन पाउने कानूनी व्यवस्था रहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x