×

NMB BANK
NIC ASIA

मोतिसिंहको चुनावी अनुभव– टोपीदेखि प्लास्टिकको मतपेटिकासम्म

मंसिर ५, २०७४

NTC
Premier Steels

मगु, ५ मंसिर – मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने ग्रामिण क्षेत्रका जेष्ठ नागरिकहरु उत्साहित देखिएका छन् ।

Muktinath Bank


उनीहरूसँग ०३६ सालको निर्वाचनबाटै आफूले मतदान गरेको अनुभव छ । छायाँनाथ रारा नगरपालिका ३ का ७६ वर्षीय मोतिसिंह खड्काले बताए । उनी मंसिर १० को प्रतिनिधी सभा र प्रदेश सभा चुनावमा भोट हाल्न आतुर र उत्साहित भएको सुनाउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


खड्का भन्छन् ‘सकी नसकी लठ्ठी टेकेर पार्टीको कार्यक्रम हेर्न आएको छु । अहिले पनि चुनाव भने पछि जोस चल्छ तर बुढेसकालमा हिड्न सकिन्न ।’


Advertisment
Nabil box
Kumari


खड्काले आफूले सक्ने भए मन परेको दलको प्रचारमै उत्रने समेत बताउँछन् । उनले आफूलाई पञ्चायती शासन भन्दा अहिलेकै शासन राम्रो लाग्ने गरेको समेत सुनाए ।

Vianet communication


‘अहिले त आफूले रोजेको पार्टीमा इच्छा अनुसार भोट हाल्न पाइन्छ । मलाई आज भोलिका चुनावमा भोट हाल्न पनि सजिलो लाग्छ । पञ्चायतकोवेला शासन कडा हुन्थ्यो, आफूले रोजे खोजे अनुसार मत हाल्न पाइँदैनथ्यो ।’ 
सुरुमा टोपीमा भोट खसालेको र त्यसपछि टिनका बट्टामा भोट हालेको खड्काले सुनाए । त्यसपछि गाग्री हुँदै फलामको मत पेटिकामा मत खसालेको उनको अनुभव छ । २०७० सालमा आइपुग्ला प्लाष्टिकको मतपेटिकामा मत खसाल्दा आफूलाई अनौठो लागेको खत्याड गाउँपालिका वडा नं. ३ का ७० बर्षिय सिउराम बानियाँले वताए ।


निरदल, बौदल, प्रधान पञ्च, जिल्ला सदस्य, गाउँफर्क सदस्य,  माननीय, बौदल पछि सांसद, गाविस अध्यक्ष, संविधानसभा सदस्य, र अहिले पालिकाका प्रमुखदेखि सबै पदमा भोट हालेको अनुभव बानियाँसँग छ ।
आफूले पञ्चायतकाल देखिका सबै चुनावमा भोट हाल्दै आएको र  अहिले बुढेसकालमा भएपनि नयाँ संरचनाको चुनावमा भोटहाल्न पाइनेमा बानियाँले खुशी व्यक्त गरे ।


पञ्च्यातदेखि लोकतन्त्र सम्मका सबै चुनावमा भोट हालेको अनुभव  खत्याड गाउँपालिकाका वडा नं. ९ का ७४ बर्षिया सुनाम डाँगरले बताए । उनी भन्छन् ‘नयाँ खालको चुनावमा सकी–नसकी लठ्ठी टेकेर भएपनि मतदान गर्न जाने हो । मलाई पञ्चायतकालको चुनावमा भन्दा अहिलेको चुनावमा  भोट हाल्न सजिलो लाग्छ ।’


अर्का छायाँनाथ १ का ६६ बर्षीय ज्ञान बहादुर मल्लले आफूले पनि ०३६ सालदेखिका सवै चुनावमा भोट हाल्दै आएको सुनाए । उनले त्यो बेलाको सेना पुलिसको शासनको समेत स्मरण गरे ।


‘मनले चाहेर कुनै पार्टी भन्न नमिल्ने अवस्था थियो । यो समयका चुनावमा आफ्नो मनले रोजेको पार्टी रोजेको मान्छेलाई सजिलै भोट हाल्न पाइन्छ, खुल्ला प्रचार गर्न मिल्छ । त्यसैले आफूलाई  अहिलेको शासन राम्रो लाग्छ,’ मल्लले थपे । 


यतिबेला गाउँ वस्तीहरुका बुढा पाकाहरुमा चुनावी उत्साह छाएको छ । हरेकमा चुनावी जोड, घटाउ र भागको हिसाव किताब चल्ने गर्छ । फलानोले जित्ने, फलानोले हार्ने भनेर अनेक अडकलबाजीहरु हुन थालेका छन् । चुनावी उत्साह निकै बढ्दै गएको छ । २÷४ जनाको भेट हुनासाथ चुनावी हिसाव किताब चल्ने गरेको देखिन्छ । 


जिल्लाका विभिन्न भेगमा दलहरूले चुनाव प्रचार प्रसारलाई समेत तीव्र बनाएका छन् । यता जिल्ला निर्वाचन कार्यालयले पनि कर्मचारी छनोट, कर्मचारी तालीम, मत पत्र रुजु जस्ता सम्पूर्ण प्रक्रियाहरु पुरा गरिसकेको छ ।
निर्वाचनका सम्पूर्ण क्रियाकलाप अन्तिम चरणमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले जानकारी गराए ।


यतिवेला ग्रामिण क्षेत्रतिर सर्वसाधारणमा चुनावको माहोल निकै बढेको छ । बृद्ध, बृद्धा, युवा युवतीहरु चुनाव प्रति उत्साहित देखिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x