×

NMB BANK
NIC ASIA

सर्वोच्चमा आएको त्यो फोन – झुक्किएर बम राखिएछ, ख्याल गर्नुहोला !

मंसिर ५, २०७४

NTC
Premier Steels

काठमाडौं, ५ मंसिर – ‘हेल्लो ! यो सर्वोच्च अदालत हो ?’

Muktinath Bank

सर्वोच्चका कर्मचारीले जवाफ फर्काउनै पाएका थिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोन गर्नेले फेरि बोले – ‘हेल्लो यो सर्वोच्च अदालत हो ? त्यहाँ झुक्किएर बम राखिएछ ।’


Advertisment
Nabil box
Kumari

बल्ल  सर्वोच्चका कर्मचारीले बोल्ने मौका पाए ।

Vianet communication

‘हो यो सर्वोच्च अदालत हो ।’

मध्यान्न १२ बजेर १० मिनेटमा सर्वोच्च अदालतमा फोन गर्ने ति व्यक्तिले अलिकति विस्तारमा भने – ‘अन्तै राख्ने बम झुक्किएर सर्वोच्च अदालतमा राखिएछ । साढे १२ बजेका लागि टाइम बम फिट गरिएको छ । होस गर्नुहोला है !’

फोन गर्नेले फोन गर्नुको कारण यसरी खुलाए ।

उक्त फोन सर्वोच्चका शाखा अधिकृत नितिज राइले उठाएका थिए ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको सचिवालयमा कार्यरत राईले त्यो फोन उठाएका थिए ।

भर्खरै १२ बज्दै थियो । ११ बजेतिर सर्वोच्चले दैनिक पेशी सूची निकाल्छ । १२ बजेतिर सर्वोच्च भिडभाडमा हुन्छ । किनकी त्यहाँ भर्खरै इजलासहरु बसेका हुन्छन् । वा इजलास वस्ने तयारी गरिएको हुन्छ ।

व्यस्त समयमा यस्तो फोन आएपछि राई अतालिए । अतालिएर पनि के गर्नु ? उनले आफ्ना सिनियरलाई यो कुरा बताउन ढिला गरेनन् ।

राइले तत्कालै सर्वोच्चका  रजिष्टारलाई फोन बारे खबर गरे । रजिष्टारले खबर पाउना साथ त्यो खबर प्रधान न्यायाधीशलाई रिले गरे ।

प्रधानन्यायाधीशले सम्पूर्ण इजलासहरु स्थगित गरेर प्राङगणमा झर्न सबै कर्मचारीलाई आग्रह गरे । अरु कर्मचारीलाई पनि भूइँमा आउन आग्रह गरियो ।

अहिले सर्वोच्चको प्रांगणमा कर्मचारी तथा अधिवक्ताहरु तितरबितर भएका छन् । साढे १२ बजे बम पड्किने सूचना आएको भएपनि बम चाहिँ पड्किएको छैन । रजिष्टारले उक्त कुराको जानकारी सर्वोच्चमै रहेको प्रहरीलाई गराएपछि प्रहरीले अहिले बम खोज्ने काम गरिरहेको छ ।

सर्वोच्च अदालतमा रहेको प्रहरी युनिटले सुँघेर बम पत्ता लगाउने दुईवटा कुकुर परिचालन गरी बम खोज्ने कोशिश गरिरहेको छ ।

बम अझै भेटिएको छैन । बमको बारेमा जानकारी गराउने व्यक्तिको परिचय समेत खुल्न सकेको छैन । उनले आफू विप्लव समूहको कार्यकर्ता भएको चाहिँ फोनमा बताएको सर्वोच्च अदालतले जनाएको छ ।
राइलाई फोन आउँदै गर्दा यस्तै प्रकृतिका थप दुई वटा फोन सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीलाई पनि आएका थिए । 

फोन आएपछि सर्वोच्चले सत्य तथ्य पत्ता लगाउने कोशिश गरिरहेको छ । अहिले इजलासहरु स्थगित गरिएको छ । सबै कर्मचारीहरु समेत प्रांगणमा निस्किएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x