×

NMB BANK
NIC ASIA

यसपटक हार्ने पालो विष्णु पौडेलको हो : युवराज गिरी [भिडियोसहित]

विष्णु पौडलको दाबी, जीतको घोषणा हुनमात्र बाँकी छ

मंसिर १४, २०७४

NTC
Premier Steels

रुपन्देही, १४ मंसिर – रुपन्देहीको क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका युवराज गिरीले यस पटक चुनाव हार्ने पालो एमाले नेता विष्णु पौडेलको भएको बताएका छन् । गिरीले मंसिर २१को चुनाव आफूले जित्ने दाबी गरे । 

Muktinath Bank

एमाले नेता विष्णु पौडेलले यो क्षेत्रबाट दुई पटकसम्म चुनाव जितेर बुटवलका जनताका लागि केही पनि गर्न नसकेको आरोप लगाउँदै गिरीले जनताले यसपटक आफूलाई रोज्नेमा विश्वस्त रहेको बताए । 
‘पौडेलजी कुनै पार्टीको ठूलो नेता हुँदै गर्दा बुटवलमा केही पनि काम भएको छैन,’ गिरीले भने ‘यसपटकको चुनाव मैले जित्छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पौडेलले रुपन्देहीमा दुई पटक जितेको भएपनि त्यो भन्दा अघि नेपाली कांग्रेसका बालकृष्ण खाँड र सूर्यप्रसाद प्रधानले चुनाव जितेको उल्लेख गर्दै कांग्रेसको परानो गढलाई स्थापित गर्ने दाबी गरे । 


Advertisment
Nabil box
Kumari

उनले आफू ०३६ सालदेखि बुटवलमा बसेर हरेक आन्दोलनको अग्रपंक्तिमा रहँदै काम गरेको समेत दावी गरे । गिरीले आफू यहाँका जनतासँग परिचित र समिपमै बसेर काम गरिरहेकोले यसपालीको चुनाव आफूले जित्ने उनको दावी गरे । 

Vianet communication

उनले चुनाव जितेसँगै जनतालाई सस्तो व्याजमा ऋण दिने, धागो कारखाना संचालन गरेर एक हजार युवाहरुलाई रोजगारी दिने लगायतका योजना समेत आफूसँग रहेको बताए । कांग्रेसले जे बोल्छ त्यहि गर्ने भएको कारणले पनि यसपालीको चुनाव आफूले जित्ने उनको दाबी छ ।

तर, एमाले उम्मेदवार रहेका वाम गठवन्धनका उम्मेदवारसमेत रहेका एमाले प्रभावशाली नेता विष्णु पौडेलले भने आफ्नो जीतको घोषणा हुन मात्रै बाँकीरहेको बताएका छन् । 
लोकान्तरसँगको कुराकानीमा उनले कसलाई मत दिने भनेर मतदाताले निश्चय गरिसकेकोले यसपटकको चुनावपनि आफूले जित्ने दाबी गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x