०३ साउन २०८३, आइतबार

प्रचण्डद्वारा उपाधि बिजेता क्रिकेट टोलीलाई बधाई

असार २१, २०८२
काठमाडौं
प्रचण्डद्वारा उपाधि बिजेता क्रिकेट टोलीलाई बधाई

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टोलीलाई बधाई दिएका छन् । 

सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले उक्त प्रतियोगिता उपाधि बिजेता टोली र जिताउन भूमिका खेल्ने व्यवस्थापन समूहलाई समेत बधाई दिएका हुन् । 

अध्यक्ष दाहालले भनेका छन्, “एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको रोमाञ्चक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको गर्विलो अवसरमा यू–१६ टोलीका सम्पूर्ण खेलाडी, टिम व्यवस्थापन तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

आज मलेसियामा भएको फाइनल प्रतियोगितामा नेपाली टोलीले सिङ्गापुरको टोलीलाई २ विकेटले पराजित गरेको हो । फाइनलमा सिङ्गापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्