×

NMB BANK
NIC ASIA

महर्षि कश्यपको जीवनवृत्त

कात्तिक २०, २०७४

NTC
Premier Steels
kamalवैदिक मन्त्रद्रष्टा ऋषिहरूको चर्चा गर्दा महर्षि कश्यपलाई पनि बिर्सन हुँदैन । यद्यपि उनीद्वारा दृष्ट मन्त्रहरूको छुट्टै मण्डल छैन तर उनी र उनका गोत्रज तथा प्रवरभित्रका सदस्यहरूका समेत मन्त्र र सूक्त ऋग्वेदका विभिन्न मण्डलमा प्रशस्तै भेटिन्छन् । ऋग्वेद आठौं मण्डलको २९औं सूक्तका द्रष्टा ऋषि कश्यप नै मानिएका छन् ।

कुल १० वटा मन्त्र रहेको यस सूक्तमार्फत उनले सूर्य, अग्नि, त्वष्टा, इन्द्र, रुद्र, पूषा, विष्णु, अश्विनिकुमार, मित्रावरुण आदि देवताको विशेषता प्रस्तुत गर्दै उनीहरूको शक्ति र कार्यप्रकृतिबारे सम्यक् विवेचन गरेका छन् । पौराणिक दर्शनका अनुसार सूर्य त यसै पनि उनैबाट उत्पन्न भएका मानिन्छन् । यसबाहेक अन्य दैवी शक्ति र सत्ताबारे पनि उनी राम्रै जानकार देखिन्छन् ।

ऋग्वेदकै मण्डल नवौं सूक्त ६३ का केही मन्त्र तथा ऐ ऐ सूक्त ६४, एवं ९१–९२ र ११३–११४ का स्मरणकर्ता पनि उनै मानिएका छन् । सोम देवताको स्वरूप र शक्ति वर्णन गरिएका यी मन्त्रहरूमार्फत उनले सौर्यमण्डलदेखि मर्त्यमण्डलसम्म सबैको कल्याणको कामना गरेका छन् । त्यसमा पनि सूक्त ९२औंको चौथो मन्त्रमा जुन ३३ वटा विश्वेदेवको चर्चा गरेका छन् त्यसको महत्व झनै बढी रहेको देखिन्छ । यद्यपि यहाँ यी ३३ विश्वेदेव कुन कुन हुन् उनी प्रस्ट बोलेका त छैनन् तर उनले जसरी जीवन शोधनको प्रसङ्ग उठाएका छन् त्यसको आधारमा भन्नुपर्दा उनीहरू तिनै ३३ किसिमका देवता रहेका प्रस्टै अनुभूत गर्न सकिन्छ, जुन जीवन र जगतसित प्रत्यक्ष सम्बन्धित छन् ।

kashyap-rishi
हामीले ३३ कोटि देवता भनेका पनि ३३ करोड होइनन् । तिनै ३३ किसिमका देवता नै हुन्, जसमा अष्ट वसु, एकादश रुद्र, द्वादशादित्य, इन्द्र र प्रजापति पर्छन् । यीमध्ये अष्टवसु भनेका अग्नि, वायु, आकाश, अन्तरिक्ष, सूर्य, चन्द्रमा, नक्षत्र र पृथ्वी हुन्, जसले जगत् र जीवन बसाउने र बनाउने काम गर्छन् । एकादश रुद्रमा १० प्राण वायु र एक आत्मा गरी ११ वटा पर्छन् । कतिपय विद्वानले रुद्र शब्दलाई शरीरबाट निस्कँदा सबैलाई रुवाउने भएकाले उनीहरूलाई रुद्र भनिएको हो भन्ने अर्थमा पनि लिएका छन् । त्यस्तै द्वादशादित्य भनेका १२ महिनाको मालिक हुन् भने इन्द्र मेघ र प्रजापति यज्ञसित सम्बन्धित छन् ।

नवौं मण्डलकै ९९ औं र १०० औं सूक्त महर्षि कश्यपका संयुक्त रूपमा देखिएका सूक्त हुन् । यी सूक्तका द्रष्टा ऋषि उनी र रेभसूनु मानिएका छन् । उनीहरूले यी सूक्तमार्फत सोम देवतासित उच्च मनोबल र बुद्धिबलको कामना गरेका छन् । त्यस्तै नवौं मण्डलका ६३ औं सूक्तका द्रष्टा ऋषि पनि उनकै प्रवरभित्रका निध्रुव मानिएका छन् । कुल ३० मन्त्र रहेको यस सूक्तमार्फत सोम देवतासित लोकहितका लागि धनधान्य र ऐश्वर्यको प्रार्थना गरिएको छ । त्यस्तै पाँचौ मण्डलको ४४ आंै सूक्त र नवौं मण्डलको ५३–६०औं सूक्तका द्रष्टा पनि कश्यपकै सन्तान अवत्सार मानिका छन् । मण्डल पाँच सूक्त ४४ को १०आंै मन्त्र अनुसार यी अवत्सार जति ज्ञानी देखिएका छन् ऐ १३ का अनुसार त्यति नै परोपकरी समेत देखिएका छन् । गाईका परमभक्त मानिएका यी ऋषिले निःशुल्क दूध वितरण गरेर तत्कालीन समाजको यथेष्ट सेवा गरेको देखिन्छ ।

महर्षि कश्यप सप्तऋषिमध्येमा पनि पर्छन् । उनले त्यो पद कसैले दया र मायाले दिइएको नभई आफ्नै प्रज्ञाशक्तिद्वारा हासिल गरेका हुन् । वैदिक समाजमा सप्तऋषिको कति बढी सम्मानजनक स्थान छ भनिरहनुपर्दैन । यसको प्रमाण स्वयं वैदिक ग्रन्थहरूले नै दिइरहेका छन् । प्रत्येक कल्पमा समाजमा शान्ति, सदाचार र सुशासन कायम गर्ने काम यिनै सप्तऋषिको मानिन्छ ।

ऋग्वेद १ । २४ । १० ले यिनलाई नक्षत्रको संज्ञा दिँदै रातको समयमा चम्केर प्रकाश प्रदान गर्छन् भन्ने अर्थमा लिएको छ । यसको अर्थ पनि उनीहरूले ज्ञानको उज्यालोबाट अज्ञानको अन्धकार हटाउँथे भन्ने नै हुन्छ । वेदको तमसो मा ज्योतिर्गमय भन्ने शब्दलाई आगोको राँको लिएर जाऊ भन्ने अर्थमा लिन थालियो भन्ने सम्भवतः त्यसभन्दा बालापन अर्को हुने छैन । यसबाहेक सप्तऋषिहरू नवौं मण्डलको १०७ औं सूक्त र दशौं मण्डलको १३७ औं सूक्तको संयुक्त द्रष्टा समेत मानिएका छन् ।

कश्यपको स्थान गोत्रप्रवर्तक ऋषिमा समेत देखिएको छ । उनको गोत्रलाई काश्यप भनिन्छ । तर कतैकतै कश्यप भनिएको पनि पाइन्छ । कुन चाहिँ शुद्ध हो वा यी दुई अलगअलग पो हुन् कि यसलाई छुट्याउन जिम्मा भने तत्सम्बन्धी विद्वानहरूलाई नै छाडिदिनु मनासिब हुनेछ । काश्यप गोत्र हुनेहरूमा हाल अग्रहरि, अधिकारी, अवस्थी, ओझा, झा, बोगटी, भट्ट, कार्की, घिमिरे, घोडासैनी, चटौत, देउवा, भुजेल, मालाकार, माथेमा आदि सयौं थर देखिएका छन् । यी सबै उनका गोत्रीय परिवारभित्र पर्छन् । यसबाहेक जसको गोत्र पत्ता लागेको छैन वा जसको गोत्र छैन ती सबै काश्यप गोत्र नै मानिन्छन् भन्ने धार्मिक मान्यता छ । त्यसैले हाल विश्वमा उनको गोत्रीय परिवारसंख्या कति पुगेका होलान् सोझै अनुमान लगाउन सकिन्छ ।

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार उनी ब्रह्मपुत्र मरिचिका छोरा हुन् । उनको आमाको नाम कला हो । उनले दक्षप्रजापतिको १३ वटी कन्यालाई एकैसाथ विवाह गरेका थिए । यिनै माताजीहरूबाट देव, दानवहरूदेखि नाग, गरुड आदिसम्मका प्राणी समुदायको उत्पत्ति भएको मानिन्छ । वैदिक ग्रन्थले पनि इन्द्रलाई कश्यपका छोरा हुन् भनेको छ । ऋग्वेद ३ । ४८ । २ ले बढो कलात्मक ढङ्गले इन्द्रको बाबु कश्यप हुन् भन्ने प्रस्ट पारेको छ ।
वैदिक मन्त्र तथा सूक्तहरूबाहेक महर्षि कश्यपको धर्मसंहिता पनि फेला परेको छ, जसलाई कश्यपस्मृति भनिन्छ । कतैकतै कश्यप धर्मशास्त्र भन्ने गरिएको पनि पाइन्छ । यहाँ उनले गृहस्थीधर्म र संस्कारहरूबारे सम्यक् विवेचन गरेका छन् । यसै पनि उनी जुन घरमा अतिथिको सेवा हुँदैन, त्यो घर स्यालको ओडार ठान्थे र अरूलाई पनि त्यस्तै शिक्षा दिने गर्थे ।

सृष्टिबारे पूर्व र पश्चिमको आ–आफ्नै मान्यता छन् । हामी पूर्वीयहरू सृष्टिको स्रोत ब्रह्माजीलाई मान्छौं । अझ उनको पनि स्रोत खोज्न परे प्रकृतिको परम सत्ता परब्रह्म परमात्मासम्म पुग्न पनि सक्छौं तर पश्चिमाहरू सृष्टि कसैले गरेको नभई आफैं भएको हो भन्ने मान्यता राख्छन् । थाहा छैन, संसारको सृष्टि आफै भएको हो कि कसैले गरेका हुन् तर समग्र सभ्यताको सृष्टि भने यिनै कश्यपादि ऋषिहरूले गरेका हुन् ।

हामी मानौं नमानौं यतिबेला हामी जुन भूमण्डलीकरणको कुरा गरिरहेका छौं, त्यसको जग पनि उनीहरूले नै बसाएका थिए र विकासको जुन संसारमा खडा भएका छौं त्यसको शिलान्यास पनि उनीहरूले नै गरेका थिए । कदाचित् उनीहरूले सभ्यताको संसारमा ताते गर्न सिकाएका थिएनन् भने सम्भवतः मानव समाज आज पनि प्रकृतिको कुनै कुनामा बसेर ढुङ्गे औजार नै उध्याइरहेका हुने थिए । हामी अरू गरे गरौं, नगरे नगरौं तर कम्तीमा ऋषिहरूको योगदानलाई भने नबिर्सौं । अन्यथा अरू पहिचान खोज्ने क्रममा भएको पहिचान नै गुमाउन बेर लगाइरहेका हुने छैनौं ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x