०१ साउन २०८३, शुक्रबार

एआई, ब्लकचेन र साइबर सुरक्षासम्बन्धी व्यवहारिक शिक्षा शुरू

बैशाख ३, २०८३
काठमाडौं
एआई, ब्लकचेन र साइबर सुरक्षासम्बन्धी व्यवहारिक शिक्षा शुरू

एसियन ई–लर्निङ प्रालि र ट्रान्सन्यूरोन टेक्नोलोजिजको साझेदारीमा नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रमाणपत्रसहितको एआई, ब्लकचेन र साइबर सुरक्षासम्बन्धित व्यवहारिक शिक्षा प्रदान गरिने भएको छ ।

आईबीएम स्कुल कार्यक्रम नेपालमा भित्र्याउँदै विद्यालयस्तरका विद्यार्थीको लागि भविष्य उन्मुख शिक्षा शुरू गरिएको एसियन ई–लर्निङ प्रालिले जनाएको छ । आईबीएमद्वारा विकसित र ट्रान्स टेक्नोलोजिज बैंगलोरमार्फत सञ्चालन हुने यो कार्यक्रम कक्षा ५ देखि १२ सम्मका विद्यार्थी लक्षित रहेको छ ।

यो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई कृत्रिम बुद्धिमता (एआई), ब्लकचेन र साइबर सुक्षाजस्ता महत्वपूर्ण विषयमा अध्ययन–अध्यापन गराइने छ । नेपालमा यो कार्यक्रमको औपचारिक शुरूआत अप्रिल १३ तारिखदेखि भएको एसियन ई–लर्निङ प्रालिले जनाएको छ ।

यस विषयमा सेन्ट जेभियर्स स्कुल गोदावरी र कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजीले एसियन ई–लर्निङ प्रालिसँग सम्झौता गरेको एसियन ई–लर्निङ प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता कार्यक्रममा सेन्ट जेभियर्स स्कुल गोदावरीका प्रिन्सिपल फादर विजय टोप्पो र एसियन ई–लर्निङ प्रालिका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले ज्ञान, सिप र आत्मविश्वासले भरिपूर्ण भावी पुस्ता तयार पार्ने यो कार्यक्रमको मुख्य उद्देश्य रहेको धारणा व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्