०५ साउन २०८३, मंगलबार

असनको मौलिकता फिर्ता गराउन विशेष कार्यक्रम सञ्चालन गरिने, अब हरेक शनिबार ‘नो भेहिकल’

बैशाख ५, २०८३
काठमाडौं
असनको मौलिकता फिर्ता गराउन विशेष कार्यक्रम सञ्चालन गरिने, अब हरेक शनिबार ‘नो भेहिकल’
फाइल तस्वीर

काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता फिर्ता गराउन हरेक शनिवार विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । काठमाडौं महानगरपालिकाको वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लबसहित स्थानीय क्लब, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम शुरू हुने भएको हो । 

महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा सवारी साधन प्रवेश निषेध गरिनेछ । 

यसरी गरिने कामले काठमाडौंको सांस्कृतिक पहिचान, सहरभित्रका परम्परागत जीवनशैली, जात्रा पर्व, संस्कार संस्कृति पुस्तान्तरण हुँदै जाने महानगरको विश्वास छ । असनमा शनिबारबाट निःशुल्क वाटर एटिएम मेसिन सञ्चालन हुने छ।

salt training

कमेन्ट गर्नुहोस्