१० साउन २०८३, आइतबार

खानेपानी संस्थानले माग्यो उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका पदमा कर्मचारी [सूचनासहित]

बैशाख ६, २०८३
काठमाडौं
खानेपानी संस्थानले माग्यो उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका पदमा कर्मचारी [सूचनासहित]

नेपाल खानेपानी संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थानले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

आइतबार संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरबाट प्रकाशित सूचना अनुसार लोक सेवा आयोगको सहमतिमा स्वीकृत दरबन्दीअन्तर्गत रिक्त रहेका विभिन्न सेवा तथा समूहका पदमा योग्य उम्मेदवारबाट आवेदन माग गरिएको छ।

दरखास्त दिन इच्छुक उम्मेदवारले तोकिएको शैक्षिक योग्यता, तालिम, अनुभव तथा नागरिकताको प्रमाणपत्रलगायत कागजातको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्नेछ। साथै परीक्षा दस्तुरबापत नबिल बैंकको खातामा रकम जम्मा गरेको भौचर वा रसिद पनि पेश गर्नुपर्नेछ।

सूचना पहिलोपटक प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। म्यादभित्र आवेदन दिन नसके दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ। रीत नपुगेको वा म्याद नाघी आएको दरखास्तमाथि कुनै कारबाही नहुने जनाइएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्