
नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता र पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ।
बैठक आइतबार दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
छलफल प्रदेशका मन्त्रालय घटाउनेबारे केन्द्रित हुने बताइएको छ । प्रदेश सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा छलफल हुने एक नेताले बताए ।
बिहीबार बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको थियो ।
कांग्रेस मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम गरी चार प्रदेशमा सरकारको नेतृत्वमा छ ।